जुम्लामा दुर्गा प्रसाईंको अभियान :झुटो आस्वासन र नेपाली झण्डाको दुरुपयाेग


जुम्ला :विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई र लघुवित्त तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने साँवा–ब्याज बुझाउन पर्दैन भन्दै भाषण गरे । तेति मात्रै होइन एक हप्ता अगाडीबाटै अटो ट्याकटर गाडीमा खर्च दिने बाँचाका साथ आफनो पोष्टर र नेपालको राष्ट्रिय झण्डा राखेका थिए ।

नेपालको झण्डा संवैधानिक निकायले प्रयोग गर्न पाउछ । तर यस पटकको दुर्गा प्रसाइले अभियानको क्रममा ट्याक्टर समेत झण्डाको प्रयोग गरिएको दिए । नेपालको झण्डा सहित २० लाख भन्दा मुनि उल्टै, ऋणीहरूलाई समेत ऋण नतिर्न भन्दै यातायातका साधन गाउँगाउ पुगे ।नेपालको झण्डा दुरुपयोग गर्दा समेत यहाका राजितिनिक दल र प्रशासन मौन बनेको थियो।
त्यस्तै यस बिषयमा संविधान सभाका सदस्य डिल्ली काफ्ले भन्छन यो कार्य गलत हो । यहाको प्रहरी प्रशासनले नेपालको झण्डा दुरुपयोग गरेको भन्ने बिषयमा ध्यान जानु पर्छ । यो दुर्गा प्रसाइ भ्रमको खेती गरेर अशान्ति फैलाउन आएका पुर्व राजाको एजेन्ट हुन । यसमा कुनै सत्यता छैन । हाम्रो संविधान बिरोधि गतिबिधि गर्ने अधिकार कसैलाई छैन । तर त्यही कार्य भइरहेको छ ।
प्रसाईको अभियानका सर्मथक
त्यस्तै मेडिकल ब्यवसायि प्रसाइले जुम्लामा पुगेर एक औपचारिक कार्यक्रम गरे । त्यहा पुर्व राज संस्था प्रति आस्था राख्ने केही नेताहरुको सहभागी थियो । उनको यो कार्यक्रमलाई खुलेर सहयोग गर्ने जुम्लाका बिपन्न वर्गको भने सहभागीता तेति थिएन । यस कारणले उनको अभियान बास्तबिक गरिब निमुखा संग नभइ जुम्लाका केही पहुजवाला ब्यक्तिहरु संमुह संलग्नता रहेको देखिएको छ ।
प्रसाइले जुम्लामा सम्बोधन गर्दै भने, म भोट दिनुहोस भनेर जुम्ला आएको होइन । तपाईहरुको लागी भनेर यो ३० लाख खर्च गरेर यो कार्यक्रम गरेका छौँ । यसको १५ लाख जन सभा संयोजक तथा अध्यक्ष (कर्णाली अंचल कार्यसमिती रहेकी चन्दननाथ नगरपालिका ५ की रेणु शाहीले दिएको बताए । प्रसाइको भनाईलाई सर्मथन जनाउर्दै शाहीले दिएकै, भन्न भ्याइन ।प्रसाइको यो अभिव्यक्तिपछि जुम्लाका नागरिकलाई हाँसो उठेको छ ।उनले १५ लाख दिएकी भनिएकी शाहीले यहाका केही ब्यक्ति संग सापटी दियको पैसा फिर्दा गरेकी छैनन ।

तेतिमात्रै नभई चन्दननाथ भैरब नाथ मन्दिरको टहरामा पसल राखेको को भाडा मन्दिरलाई नबुझाएको गुनासो वेला वेला गुठी ब्यवस्था समतिले सुनाउने गरेको पाइन्छ ।चन्दननाथ भैरब नाथ मन्दिर गुठी ब्यवस्थापन समितिका अनुसार मन्दिरलाई बुझाउनु पर्ने भडा मसिक १२ हाजार ३ सय रुपौया छ ।उनले पाँच महिनाको भडा मन्दिरलाई बुझाउन अझै बाँकी छ । मन्दिरका अनुसार त्यो टहरा रेणु शाहीकी सासु प्रभा शाहीको नाममा छ । पसल संचालन उनले नै गर्दै आएको गुठी ब्यवस्था समितिले जनाएको छ ।मन्दिर जस्तो पबित्र ठाउमा राखेको पसलको भडा तिर्न तयार नहुने उनले १५ लाख प्रसाइको कार्यक्रममा दिएकी होलिन त ?कसरी दिइन भन्दै कार्यक्रममा सहभागी भएका केही नागरिकले कानेखुसि गर्दै थिए ।


त्यस्तै शाहीलाई यस अघि चन्दननाथ नगरपालिका–९ का अन्दाजी २५ वर्षीय धनगिरी बेपत्ता पारेको मुद्दा लागेको थियो ।उनीहरुको परिवार अहिले पनी न्यायको पर्खाइमा छ। गिरीलाई २०७७ असोज १५ गते अपहरण गरी बेपत्ता बनाइएको थियो।

चन्दननाथ नगरपालिका–९, बयालकाटिया निवासी गिरी शाहीका ट्याक्टर चालक थिए । उनी २०७७ असोज १५ गते निर्माण सामाग्री लिएर गुठीचौर गाउँपालिकाको मणिसाँघुतिर लाग्दै थिए। निर्माण सामाग्री लिएर गएका उनी घर फर्केनन्।
उनकी श्रीमती मीना गिरी भन्छिन्,‘२०७७ असोज १५ गतेको राती १२ बजेतिर ट्याक्टरको साहुनीले फोन गरेर तिम्रो श्रीमान घर आयो कि नाइँ भनेर सोधेकी थिइन्, आउनुभएकै छैन भन्ने जवाफ दिन नपाउँदै रेणु शाहीले फोन राखिन ।आफ्नो श्रीमान बेपत्ता हुनुका पछाडि ट्याक्टर साहु रेणु शाहीको मिलेमतोे रहेको उनको आरोप छ।

अहिलेसम्म चालक गिरी न घर फर्किएका छन्, न त कुनै ठाउँमा रहेको खबर छ। बेपता याक्टर चलाकका आफन्तले भने, धनगरीकी श्रीमती अहिले भारत काम गरेर बच्चा पालिरहेकी छन । उनी सहि नियतको भए बेपत्ता चालककी श्रीमतीलाई १ ५लाख दिए हुन्थियो नि । कीन सस्तो लोकप्रियताका लागी दुर्गा प्रसाइको अभियानलाई १५ दिए भन्नु ।
शाहीलाई दुर्गा प्रसाइले देवी सरस्वती,आमा ,बुहारी छोरी जुम्ली जन्ताको लागी सबै यिनै हुन भनेर सार्वजानिक गरीदिए । धनगरीको परिवारले वर्षौ देखि पीडिमा छ ।तर उनको त्यो भाषणले दुर्गा प्रसाइ कति झुटो बोल्न सक्छन भन्ने कुराको पुष्टि हुन्छ। उसोत प्रसाईले थालेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानमा जुम्लाबाट सर्मथन गरेका केही ब्यक्ति लागु औषध ,ज्यान मुद्दा, बिभिन्न ब्यवसायका नाममा अरुलाई ठग्ने लगायत आरोप लाग्ने गरेको पाइएको छ ।
प्रसाइको ऋण?
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।
प्रसाईंले कूल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको देखिन्छ। उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायत क्षेत्रमा लगानी गर्न बैंकबाट ठूलो परिमाणमा ऋण लिएको यस अघि काठमाण्डौका बिभिन्न पत्र पत्रिकाले छाप्ने गरेका छन ।
प्रसाइ अराजक र उछृङ्खल अभिव्यक्ति
जुम्ला हरिबाबु चौलागाई भन्छन,‘आफूले लिएको ऋण जसले पनी तिर्नु पर्छ ।उनले तिर्न पदैन भनेर जुम्लाी जनतालाई एक अफबाह फैइलाई दिएका छन । यही भनाइलाई आधार मानेर ढुक्क भएको खण्डमा खेत बार बच्नु पर्ने बताए ।उनले सस्तो लोक प्रियको लागी जे पनी तयार हुनेका पछाडी नलाग्न अनुरोध गरे ।उनले भने,‘प्रसाईं नेकपा (माओवादी केन्द्र) बाट नेकपा (एमाले) हुँदै अहिले राजावादी खेमामा मिसिएका छन्। आफू जोगिने उद्देश्यले मात्र उनी विभिन्न राजनीतिक दल र खेमामा मिसिँदै आएको पाइन्छ ।
लघुवित्त तथा वित्तीय संस्थाहरुको भनाई
बैंक र लघुवित्त तथा वित्तीय संस्थालाइ प्रसाईंले व्यवसायीलाई भड्काउने,जस्तो अराजक अभिव्यक्ति दिँदै हिँडेको बताएका छन। प्रसाईले आफैं बैंकबाट ऋण लिने र पछि तिर्दिनँ भन्न सिस्टम बिरोध भएको बताएका छन ।उनीहरुका अनुसार एउटा व्यवसायीले निक्षेपकर्ताको पैसाबाट व्यावसायिक साम्राज्य खडा गरेको हुन्छ । यसरी खुल्लायाम रुपमा ऋण तिर्दिनँ भनेर अभियान चलाउँदा भोलिको देशको अर्थतन्त्र नै तहसनहस हुने उनीहरुको दाबी छ । बैंक तथा वित्तीय संस्थाको ऋण वित्तीय ‘सिस्टम’ को विश्वसनियतासँग जोडिएको हुने भन्दै जन्ताले यसलाई हलुका लिन नहुने बताएका छन ।

त्यस्तै जुम्लाका स्थानीय जयशंकार धिताल भन्छन ,‘लिने बेलामा बैंकबाट ऋण लिने तर तिर्ने बेलामा म तिर्दिनँ भन्न मिल्छ?,’यो अराजकता हो, वित्तीय अपराध हो। यस्ता कुरालाई कोही कसैले पनि प्रश्रय दिनु हुँदैन।
त्यस्तै प्रसाईंले राज्यले अत्याचार गरे पनि आफूले जुम्ली जनताको ऋण मिनाहा गर्ने बताए । उनले जुम्लाका ५ हजार नागरिकलाई रोजगारी दिने समेत दाबी गरे । उनले जुम्लाका आम नागरिकलाई ममेरो अभियान साथ दिनुहोस म गरिबलाई ऋणमुक्त गराउने आस्वासन दिएका छन ।

सम्बन्धित समाचार