जुम्ला : कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्च बर्षिय योजनाको सुझाव संकलन गरेको छ ।जुम्लामा आयोगले राजनैतिकदल,जनप्रतिनिधि, नागरिक समाज, संचार क्षेत्र, उद्योग बाणिज्य संघ, सामाजिक क्षेत्रका प्रमुख तथा प्रतिनिधि सँग सुझाब संकलन गरेको हो ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाह सहितको टोलीले जुम्लामा (२०८१÷०८२ – २०८५÷०८६ ) पञ्च बर्षिय योजनाको सुझावका लागि गरेको एक दिने परामर्श गोष्ठी कार्यक्रम गरी सुझाव संकलन गरेको छ । आयोगले वित्तिय क्षेत्र, आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक विकास क्षेत्र, शासकीय सुधार तथा सुशासन क्षेत्र, अन्तरसम्वन्धित बिषयगत क्षेत्र, योजना अनुगमन तथा मूल्यांकन क्षेत्र लगायतका सात समुह विभाजन गरि पञ्चबर्षिय योजनाको सुझाव संकलन गरिएको थियो ।
त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो आर्थिक तथा प्रशासनिक केन्द्र मानिने जुम्लाले यहाँको विकास समृद्धिका लागि जुम्ला सुर्खेत सड्क, सुर्खेत जुम्ला हिल्ला दुर्तमार्ग, नाग्म सिञ्जा गमगडि नाक्चेलाग्ना सड्क कालोपत्रे, ढलान, जुम्ला केन्द्र बनाएर डोल्पा, जाजरकोट, कालिकोट, बाजुरा, मुगुका सड्क विस्तारमा सुझाव योजना आयोगलाई दिएको छ ।
आयोगलाई प्रदान गरिएको सुझावमा जुम्ला विमानस्थलमा रिफ्यूलिङ सेन्टर, जग्गा अधिकरण तथा विमानस्थल विस्तार, जुम्ला, नाग्म, गुठिज्यूला वसपार्क व्यवस्थापन, यातायात व्यवस्था कार्यालय अधिकार प्राप्ति, महिला विकास कार्यालय स्थापना, कृषि र जडिबुडि सँग सम्वन्धित बृहत उद्योग स्थापना, कर्णाली प्रतिष्ठानमा निशुल्क स्वास्थ्य सेवाको लागि बर्षेनी अनुदान, निर्माणाधित सभाहलको सम्पन्न, बृहत धौलिगाड आयोजनाको बजेट सुनिश्चत, अन्य पालिका स्तरका खानेपानीको व्यवस्थापन, १ मेघावाटको चुकेनीलाई निरन्तर बत्ति व्यवस्थापन सहित केन्द्रले अघि सारेका जुम्लाका मेघावाट स्तरका बत्ति सुरुचारु गरिदिन अनुरोध गरिएको छ ।
त्यस्तै सामाजिक बिकास कार्यालयमा रहेको महिला विकास अधिकृतको दरवन्दी अनिवार्य कार्यान्वयनमा ल्याईनुपर्ने, मानव अधिकार र लैगिक समानताका कार्यक्रममा प्रथामिकता, हिंसा पिडित महिलाका लागि जिल्लामा बृहत कोष स्थापना गुर्नु पर्ने , बिद्यालय स्तरमा बालवविवाह , यौन दुब्यवहार, लागु औषध दुब्र्यसनी जस्ता बिषय पढाउनु पर्ने बताइएको छ । त्यस्तै दिर्गकालिन सेवा केन्द्र सञ्चालन गरिनुपर्ने छ । सुझावमा जुम्लाको सदरमुकामलाई विशेष आर्थिक प्रशासनिक शहर सहितको बस्ति विकाससहितको सफा शहर शहरीकरण प्याकेज, पालिकास्तरमा नक्शापास र लगत सहितका योजना समेटिनुपर्ने छन् ।
त्यस्तै आयोगमा सञ्चार तथा सुचना क्षेत्रमा जुम्लामा सरकारी स्तरको सुचना तथा प्रविधि विश्व विद्यालय स्थापना, कर्णाली प्रदेश सभामा रहेको आम सञ्चार प्रतिष्ठान पारित गरिनुपर्ने, कर्णालीका पत्रकार, सञ्चार माध्यामको क्षमता विकास, सुचना प्रचार प्रसार तथा विज्ञापनमा बृद्धिका बिषय सुझाव दिईएको छ ।
त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले पञ्च बर्षिय योजनामा कर्णालीमा गौरवका आयोजना बढाईनुपर्ने, पाँच बर्षमा उद्योगबाट रोजगारी सृजनाको बाताबरण कायम गरिनुपर्ने सुझाब दिएका छन । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णाली सरकारको तर्फबाट बर्षेनी २० करोड बढि रकम दिएर निशुल्क स्वास्थ्यको व्यवस्था गर्न अनुरोध गरे । उनका अनुसार जुम्ली जनताको लागी स्वास्थ्य शिक्षा निशुल्क हुनपर्ने माग छ ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले समुह मार्फत आएका सुझावका डायरी योजना आयोगका सदस्य जीतबहादुर शाहलाई हस्तान्तरण गरेका छन । उनले जुम्लाका आम नागरिकको माग लाई कार्यन्वयन गर्न अनुरोध गरे । सुझाव संकलन कार्यक्रममा जुम्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरुले सुझाव दिएका छन् ।
त्यस्तै सुझाव संकलनका टोलीनेता दानबहादुर बुढा, मनोज बुढाथोकी मगर, नेत्रबहादुर शाही, मानदत्त रावल, खडानन्द चौलागाई, खड्कलाल नेपाली, नरविर सुनारले समुहमा आएका सुझावको प्रस्तुतिकरण गरेका थिए ।
कर्णाली प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि आवश्यक काम अगाडि बढाएको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेशभित्रका सबै तहका विभिन्न सरोकारवालासँग सुझाव संकलनको अभियान सञ्चालन गरेको छ ।
योजनाको अवधारणापत्र तर्जुमाका लागि पहिलो चरणमा स्थानीय तह र जिल्ला तहका विभिन्न संघसंस्थाहरूसँग सुझाव संकलनका काम भइहरेको योजना आयोग कर्णाली प्रदेशले जनाएको छ । समग्रह कर्णाली प्रदेशवासीको सोचसहित अगाडि बढाई उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने दोस्रो पञ्चवर्षीय योजनाको लक्ष्य रहेको सदस्य तिज बहादुर शाहको भनाइछ । उनका अनुसार अर्थतन्त्रको सुदृढीकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, पर्यटन, कृषि, पूर्वाधार विकास, रोजगार वृद्धि, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलगायतका कुराहरू प्राथमिकतामा रहेका छन् ।