बुढ्थापाको ‘गिति नाटक प्रतिज्ञा’ विमोचन


जुम्ला : वि.सं २०३८ सालमा लेखिएको गिति नाटक प्रतिज्ञाको तेस्रो प्रकाशन विमोचन गरिएको छ ।जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायधीस कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट ७७ बर्षिय (मरिमल जुम्ली) रामकृष्ण बुढ्थापाद्धारा लिखित नाटकको विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा बुढ्थापाले तत्कालिन समयमा पञ्चायतले आफुलाई जेलहालेपछि प्रतिज्ञा नाटकको जन्म भएको बताए । लेखक बुढ्थापाका अनुसार गरिवि विरुद्ध जागरण दिने र पञ्चायत विरुद्धमा लेखिएको प्रतिज्ञा नाटका कारण आफुलाई पटक पटक जेल हालिएको थियो ।
उनलाई वि.सं २०३८ साल असोज महिनामा पक्राउ गरि नौ महिना कारागर चलान गरिएको थियो । जेलभित्र लेखिएको नाटकमा मुख्य पात्र श्रीमान् चैते, श्रीमति वैशाखी र छोरा गोपाल हुन्छन । श्रीमान् चैते साहुँको काम गरिरहेपनि छोराको उपचारमा आर्थिक सहयोग नहुदा जिल्ला प्रशासन कार्यालयमा जादा पनि न्याय पाउदैनन र उपचार नभएपछि छोरा गोपालको निधन हुन्छ । यसरी उपचार नपाएर छोराको निधन हुनु तर आर्थिक बटुलिरहेका समाजमा धनि व्यक्तिले भारी वोकेर श्रमको मुल्य समेत नदिनु समाजको चित्र देखाउने सो नाटकले कर्णालीको तत्कालिन समयको गरिविको झल्को पनि दिन्छ ।

पञ्चायतमा जेलभित्र लेखिएको नाटक वि.सं २०४९ आश्विनमा पहिलो सस्कारण, २०५२ साउनमा दोस्रो सस्करण प्रकाशन भएको थियो तर त्यो प्रकाशन नपाईएपछि नाटकका कलाकार तथा पाटकहरुको मागमा तेस्रो प्रकाशन गर्नु परेको लेखकले बताएका छन् । विमोचन कार्यक्रममा गिति नाटक गरिविको चक्र हटाउने सचेतना दिने रहेको सुझाव दिएका छन् ।

त्यस्तै सुर्खेत जुम्ला उच्च अदालतका न्यायधीस कैलास गुरुङले प्रतिज्ञा नाटक मुना मदन कविता भन्दा कम नभएको टिप्पणी गरे । उनले औषधी मुलो नपाएर गरिविको कथा बनेको बताए । उनको यो प्रकाशन राजधानी सँगको पुलको काम गर्न सक्ने बताए ।उनले भने, कणालीको जुम्ला भातरको सिम्ला जस्तो रहेको बताए । उनले भने, जुम्लामा अभाव र गरिबी होइन सम्भावना बोकेको जिल्ला रहेको बताए ।

त्यस्तै जिल्ला समन्य समितिका प्रमुख गौरीनन्द आचार्यले बुढ्थापा आदर्श राजनितिज्ञ रहेको बताए ।उनका अनुसार पञ्चायती ब्यवस्था उनीहरुको बिरुध बोल्न कोही कसैको अवस्था थिएन । तर बुढ्थापाले गाइजात्रा मार्फत उनीहरुको बिरुद्ध बोल्ने गरेका थिए । उनको गिती नाटक जुम्ला बासीको लागी प्ररेणा बन्ने बताए ।

त्यस्तै नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले नाटक मञ्चन गर्दै गर्दा जेल गएको प्रत्यक्षदर्शी भएको बताए । उनले बुढ्थापाको आदर्श राजनितिले आफुहरुलाई पनि राजनितिमा आउनका लागी हौसला मिलेको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले पढ्ने सस्कृतिको विकास घटिरहेको समयमा ७७ बर्षिय ज्येष्ठ नागरिकले प्रतिज्ञा नाटक पुन प्रकाशन गर्नु भएकोमा सवैलाई प्रेरणा दिएको छ । यस ्रतिज्ञा नाटकमा यहाको दुख ,पिडा समेटिएको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको गरिवि विरुद्धको विगुल फुक्ने गिति नाटक भएको बताए । उनले भने, ७७ बर्षिय ज्येष्ठ नागरिक बुढ्थापाले लेखेको गिति नाटकले आउने पुस्तालाई सक्रिय बनाउने बताए ।

त्यस्तै बुढ्थापाले पञ्चायतमा साविक चन्दननाथ गाविसको प्रथम प्रधानपञ्च निर्वाचित भएको २ बर्षमा पदबाट राजिनामा दिएपछि तत्कालिन सरकारले पुन जेल हालेको थियो । रामकृष्ण बुढ्थापा नेपाल मजदुर किसान पार्टीको तत्कालिन केन्द्रीय उपाध्यक्ष तथा बहुदलको पक्षको आन्दोलनका बाम मोर्चाका केन्द्रीय सदस्य पनि थिए । नाटकको विमोचन कार्यक्रममा आयोजक कर्णालीको पहिलो पत्रिका कर्णालीको सन्देस साप्ताहिक पत्रिकाका संस्थापक र सहयोगीलाई सम्मान समेत गरिएको थियो ।

 

सम्बन्धित समाचार