कानुन कार्यान्वयन र अपराध नियन्त्रणमा प्रहरीले पहिचान दिन सक्नु पर्छ:डिएसपी कार्की


जुम्ला: संघिय लोकतान्त्रिक  तथा  गणतन्त्रात्मक शासन  व्यवस्थामा मुख्यतया तीनवटा अंगहरुको परिकल्पना गरिएको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । शक्ति पृथकीकरणको सिद्धान्तले यी तीनवटै अंगलाई एकअर्कामा नियन्त्रित बनाएको हुन्छ । व्यवस्थापिका अर्थात संसदले कानुनको निर्माण गर्छ । उक्त कानुनको कार्यान्वयन कार्यपालिका अर्थात सरकारले गर्छ भने कानुनको व्याख्या गर्ने अधिकार न्यायपालिका अर्थात अदालतमा निहित रहेको हुन्छ ।

राज्यको नीति, मूल्य मान्यता, अन्तर्राष्ट्रिय अभ्यास, सन्धि सम्झौता लगायतमा आधारित रहेर राज्यले कानुनको निर्माण गरेको हुन्छ । मुलुकको फौजदारी न्याय प्रशासनलाई सफल(असफल तुल्याउन प्रहरीको पहिलो र महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
त्यस्तै नेपाल प्रहरी आमनागरिकको साझा संस्था हो भन्ने पहिचान प्रहरीले दिन सक्नु पर्ने जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत्त डिएसपी प्रल्हाद कार्कीले बताएका छन । उनको साढे १३ महिनाको यो कार्यकालमा गरेको कामले प्रहरी साँचिकै कानुन कार्यान्वयन गर्ने निकाय भएको महसुश जनमासमा भएको छ ।

बिगत्त केही समय देखी जिल्ला प्रहरी कार्यालयको इतिहास हेर्दा पहँज वालाहरुको भनसुनका कारण प्रहरीमा गएका मुद्दा प्रभाबकारी रुपमा कार्यान्वयन हुन नसेको जुम्लाका भुइमान्छेहरुले भोग्दै आएका थिए । तर उनको कार्यकालमा प्रहरीले कसैको भन्सुनमा लाग्दैन । सधै कानुनको पालना गर्छ , भन्ने एक प्रकारको छाप परेको छ । जिल्लामा डिएसपी सरुवा हुने नयाँ आउने प्रक्रिया हो । तर यसपटक केही पँहुजवालाहरुको मुखबाट जिल्लाको डिएसी हाम्रो फेगरको काम गरेन सरुवा भयो रे । भन्ने गरेको चियाचोकमा सुनिने गरेको छ ।उनको पालमा कर्तव्य ज्यान, आत्महत्या दुरुत्साहन ,करहाडनाताकरणी,  बाल यौन दुरुपयोग, डाँका चोरी, नकबजनी चोरी, लागु औषधरचरेश, सवारी ज्यान र सवारी बाट अंगभंग, बहुबिबाह, लगायतका मुद्दा दर्ता भएका थिए ।

त्यस्तै जुम्ला प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले आ।ब ०७९( फागुन एक गते देखि २० ८० को अहिले सम्म विभिन्न अपराधका १ सय ५७ वटा मुद्दा दर्ता भएको बताए । उनले,आफ्नो कार्याकालमा भए गरेका प्रगति बिवरण पत्रकार भेटघाट मार्फत सार्वजानिक गरेका छन ।सरुूवा काठमाण्डौँको रानी पोखरीमा भएको छ । उनले भने,‘प्रहरी ऐनले नेपाल प्रहरीलाई मुख्य गरी अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी दिएको छ । कानुनद्वारा निर्देशित आपराधिक कार्यको रोकथाम गर्ने, अपराधी पत्ता लगाउने, प्रमाण संकलन गर्ने र अपराधीलाई कानुनबमोजिम सजाय दिलाउने कार्यादेश नेपाल प्रहरीलाई दिइएको छ ।

त्यसै अनुरुप हामीले काम गर्दै आएका छौ । उनका अनुसार मानव बेचबिखनका दुई वटा भवितव्य र फुटकर ज्यानबाट कर्तव्यमा परिणत भएका १६ वटा झुआह १४, भवितव्य ज्यान ३२ र बिष सेवन ४ अन्य २ गरी ५२ वटा ,जजक २ वटा र अपहरण,शरिर बन्धक,जजक, व्यक्ति बेपत्ता र ज्यान मार्ने उद्योग का ३ वटा गरी जम्म ७५ वटाच मुद्दा पेन्डिङमा रहेका छन ।
अपराध नियन्त्रणका लागि गरिएका कार्यहरु
त्यस्तै प्रहरीले गुण्डागर्दि नियन्त्रण, निरन्तर ग्रामिण गस्ती परिचालन, अबैध मदिरा नियन्त्रण ,जनचेतनामुलक कार्यक्रम तथा नागरिक सुनुवाई कार्यक्रम सञ्चालन ,सादा पोसाकमा प्रहरी परिचालन गरी सुचना संकल, पेण्डिङ मुद्दाहरुको निरन्तर अनुसन्धान,महिला बालबालिका बिषयमा शुन्य सहनसिलता लिएर काम गरिएको ,फरार अपराधी तथा प्रतिवादी पक्राउ गरि कारवाहि गरेको  छ ।
नविनतम कार्यको शुरुवात र कार्यान्वयन
Institutional Memory राख्न प्रत्येक प्रहरी युनिटमा ऋग्न् मोवाईल फोनको व्यवस्था ।
नागरिक केन्द्रित छिटो प्रहरी सेवा प्रवाहका लागि सवै प्रहरी कार्यालयमा त्तच्त् को व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीको निम्ति प्रतिक्षालय र शुद्ध पिउने पानीको व्यवस्था गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रहरीका अनुसार बिगत वर्ष देखि यस कार्यालयमा खानेपानी तथा सरसफाईको लागि पानीको अभाव भई रहेको अवस्थामा स्थानीय जनसमुदायहरु सँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय सम्म खानेपानीको पाईपलाईन बिछ्याई खानेपानीको व्यवस्था मिलाईएको छ ।

कार्यालय हाता भित्र थप CCTv जडान गरिएको छ ।कार्यालयको दक्षिण तर्फको पर्खाल निर्माण गरिएको हो । प्रहरी नायब कार्कीले जुम्लामा सबै भन्दा बढी महिला र बालिका हिंसामा रहेको बताए । उनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा महिला र बालवालिकाका बिषयमा शुन्य सहनसिलता लिएर काम गरिएको बताए ।
जुम्लामा सबै भन्दा बढी महिलाहरुमा हिंसा बढेको त्यो पनी श्रीमानबाटै बढी देखिन्छ । उनका अनुसार महिलामा हिंसा बढुनुको कारण मधिरा रहेको छ । यहाका महिलामा भएको हिंसा न्युनिकरण गर्नका लागी मुधिरा नियन्त्रण गर्न जरुरी छ । फौजदारी कानुनको उल्लंघनबाट तत्कालीन अवस्थामा कुनै व्यक्ति पीडित हुन्छ । तर,त्यसको दीर्घकालीन असरबाट समग्र समाज नै पीडित बन्नुपर्ने अवस्था आइरहेको छ ।

त्यसैले राज्यले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन ठूलो लगानी गरिरहेको छ यसको लागी प्रहरीले एक्लैले सक्ने अवस्था छैन । नागरिक पनी तेतिकै जारुप हुन पर्छ । उनले जुम्लामा रहदाको आफ्नो कार्यकाल सहज र सफल रुपमा लिएको बताए ।

त्यस्तै जिल्ला प्रहरीस् कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी उमेश चन्दका अनुसार कालीका मन्दिर परिसरमा डेकोरेशन गरी रङरोगन गरीएको छ ।

उनले भने,‘नयाँ स्टोर रुम निर्माण समिक्षा हल निर्माण कार्य सुरु ,कार्यालयमा रहेको जिर्ण मनोग्रामको पुःन निर्माण (ढलान) गरी रङगरोगन कार्य सम्पन्न ,लागु औषध नियन्त्रण सम्बन्धि १६ दिने विशेष अभियान , विभिन्न मिति र समयमा समुदाय–प्रहरी साझेदारी अन्तगर्त स्कुल सचेतनामुलक कार्यक्रम (लागु औषध, साईबर, बाल बिवाह, बहु बिवाह, ट्राफिक नियम र घरेलु हिंसा) र साझेदारी कार्यक्रम अन्तर्गत गाँजा फडानी, घरेलु मदिरा नियन्त्रण, सडक नाटक जस्ता कार्यक्रम गरिएको छ ।त्यस्तै नियमित रुपमा समुदाय सम्म अगाडी बढाईएको छ भने यो अवधिमा जम्मा ३०४ वटा कार्यक्रम गरिएको छ । ब्यारेक भवनको अभाव भएको हुँदा १५ जना प्रहरी कर्मचारीहरु सुत्न मिल्ने ब्यारेक निर्माण गरिएको समेत गरिएको छ ।

सम्बन्धित समाचार