सरकारको नियमानुसार पारिश्रमिक दिन कर्णाली प्रतिष्ठानका सरसफाईकर्ताको माग

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत सरसफाईकर्ताले आफुहरुलाई नेपाल सरकारले तोकेको नियमानुसारको पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् ।प्रतिष्ठानका सरसफाई कर्ताले नेपाल सरकारले गत साउन १ गते देखी लागु हुने निर्णय अनुसार रु १७ हजार ३ सय उपलब्ध गराई दिन अनुरोध गरेका छन् । उनिहरुले यि माग प्रतिष्ठानलाई वुझाई सकिएको जानकारी दिनुभयो । सरसफाईकता संगिता महतले पारिश्रमिक बढाउन तथा नियूक्ति उपलब्ध गराईनुपर्नेमा जोड दिनुभयो । सरसफाईकर्ताहरुले हामीले लामो समय देखी सवैभन्दा कठन काम गर्दै आईरहेकोले पारिश्रमिक सहित अन्य सुविधाहरु बढाईनुपर्ने माग गरेका हुन ।

उनिहरुले पत्रकार भेटघाट गरि आफुहरुले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ऐन २०७४ को दफा १०६ बमोजिम २०८० साउन १ गते देखी लागु हुने गरि चिया बगान बाहेकका श्रमिक र चिया बगानका श्रमिकका लागि देहाय बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेकाले सो तलव पाउनु पर्ने बताएका छन् । सो व्यवस्थामा मन्त्रालयले पारिश्रमिकमा मासिक १७ हजार ३ सय रहेको छ ।

प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीका अनुसार आर्थिक ऐन अनुसार कर्णाली प्रतिष्ठानले घटिघटाउमा कम्पनीलाई जिम्मा दिईएको र सो कम्पनीले सरसफाईकर्ता तहका कर्मचारीको तलव मासिक १४ हजार एकसय ५० रुपैया पारिश्रमिक दिईरहेको बताउदै हरेक बर्ष १० प्रतिशतले बृद्धि हुने जानकारी दिनुभयो । उहाँका अनुसार वाँकेको नेपालगञ्जमा अवस्थित क्रिस सेक्यूरेटि सर्भिस एण्ड मेन पावर कम्पनी सँग चार बर्ष अगाडि सम्झौता भएको जानकारी दिनुभयो । उहाँको पारिश्रमिक बढाउने बिषयमा प्रतिष्ठान प्रशासन सकारात्क रहेको जानकारी दिनुभयो ।

यता क्रिस कम्पनीका सम्पर्क व्यक्ति प्रकाश थापाको फोन सम्पर्क गर्दा स्विच अफ गरिएको छ । सरसफाईकर्ताको माग अनुसार नियूक्तिपत्र समेतको माग समेत गरेका छन् ।

 

सम्बन्धित समाचार