नेकपा एमाले जुम्लाको नवौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ ।नेकपा एमाले जुम्लाले पत्रकार भेटघाट गरेर अधिवेशनको जानकारी गरेको हो । अधिवेशन सम्पन्न गर्न अधिवेशन मुल समारोह समितिका संयोजक जिल्ला अध्यक्ष शान्तिलाल महतको संयोजकत्वमा जिल्ला सचिवालय सदस्यहरु, सदस्यहरु,विभागका संयोजकहरु, जनवर्गिय संगठनका प्रमुखहरु गरि विभिन्न ५ वटा समिति गठन गरिएका छन् ।
जिल्ला अध्यक्ष शान्तिलाल महतले अधिवेशनलाई भब्य रुपले सफल पार्न वैठक बसेर निर्णय भएको बताए । उनले अधिवेशनको उद्घाटनमा नेकपा एमाले केन्द्रीय समितिका अध्यक्ष केपी शर्मा ओलीलाई जुम्लामा निमन्त्रणा गरिएको बताए ।
नेकपा एमालेका केन्द्रीय समितिका सदस्य रतननाथ योगीले अहिलेको गठवन्धन नेपालमा स्थायी शक्तिका लागि भएको बताए । उनका अनुसार नेकपा एमालेले २०८४मा हुने निर्वाचनमा एकल बहुमत ल्याउने अभ्यास गर्दै आएको दावी छ । उनले भने,जिल्ला अधिवेशन एकता, सर्वसहमति र सहकार्यको हुने बताइएको छ ।
सिमन ग्रासरुट अभियानबाट पार्टी बलियो, सुदृढ र व्यवस्थित बनाइने नेकपा एमालेका केन्द्रिय सदस्य रतन नाथ योगीको दाबी छ । उनले भने,नेकपा एमाले पार्टी लोकतान्त्रीक पार्टी भएकाले व्यक्तिले उम्मेदवारी दिन पाउने अधिकारलाई सम्मान गर्छ । तर, समूह निर्माण गर्न मिल्दैन् । समूह निर्माण गरी निर्वाचनमा जाँदा गुटउपगुट सृजना भई पार्टी आन्तरिक रुपमा कमजोर हुने महतले उनको भनाईछ ।
त्यस्तै नेपाली श्रमजिवि वर्गको राजनितिक प्रतिनिधीका रुपमा नेपाल कम्युनिष्ट पार्टिको स्थापना २००६ बैशाख १०मा भएको प्रचार प्रसार समितिका संयोजक सुमान आचार्यले बताए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टि (एकिकृत माक्सीिदी – लेलिनवादी) का रुपमा स्थापित रहेको छ । उनले भने ,नेकपा (एमाले) पार्टी नेपाली श्रमजिवी वर्गको राजनितिक अगुवा र प्रतिनिधि संस्था हो । यसले शारिरिक तथा मानसीक श्रम गर्ने श्रमीक, किसान, निम्न पुँजिपती, राष्ट्रिय पुजिपतीका साथै सम्पुर्ण जाती, भाष, सांस्कृतिक, भुगोल, पेशा र लौंगिक समुदायका जनताको हितको प्रतिनिधित्व गर्दै आएको छ । जीवन्त पार्टीमा विभिन्न पदको आकांक्षा हुनु स्वभाविक भएको छ । आन्तरिक प्रतिस्पर्धामा भाग लिन पार्टीले रोक्ने अवस्था हुँदैन् । एमालेले यति बेलाको अधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन गर्नेमा ढुक्क छौ ।
त्यस्तै नेकपा ऐमाले जिल्ला कमिटिका अनुसार जिल्ला अधिवेशनबाट ९० सदस्यीय कमिटी चयन हुने छन् । त्यसमा ७५ सदस्य भुगोल र १५ सदस्य प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउने छन । नेकपा एमालेले जिल्ला अधिवेशन भव्य रूपमा सफल पार्नका लागी पार्टी अध्यक्ष शान्तिलाल महतको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।