महिला दिवसको अबसरमा जुम्लामा भाषण प्रतियोगिता

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भाषण प्रतियोगिता सम्पन्न भएको छ । नगर भित्रका दश वडाका महिला हरु बिच महिला सशक्तिकरण भन्ने सिर्षकमा भाषण प्रतियोगिता गरेको हो । यस प्रतियोगिता संञ्चालक देखी प्रमुख अथिती सम्म सबै महिला रहेका थिए ।
त्यस्तै भाषण प्रतियोगितामा प्रथम स्थान हाँसिल चन्दननाथ नगरपालिकाका आठकी अञ्जली रोकायाले प्रप्त गरेकी छन । त्यस्तै दश वडाकी राज्यलक्ष्मी न्यौपाने द्धितिय ,चन्दननाथ ६कै सारदा सुनार तीतृय र ५ वडाकी टिका नगरकोटी सान्त्वना भएका छन ।


त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख माया थपा (शाही)का अनुसार भाषण प्रतियोगितामा नगरपालिकाका नौ वडामा महिला सहभागी भएका थिए । प्रथम आउने लाई आठ हजार ,द्धितिय आउने लाई ६ हजार ,तीतृयलाई ४ हजार र सन्त्वना आउने लाई दुइहजार पुरस्कार र प्रमाण पत्र दिइएको थियो । सहभागी हुने महिलालाई समेत हौसला स्वरुप पाँच सय र प्रमाण पत्र दिइएको थियो । उनले महिलाहरुलाई बोल्ने बानीको बिकास गर्नका लागी यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

त्यस्तै सबै झै नारा लगायर महिला सशक्त नहुने भन्दै यस पटक नगरपालिकाले भाषण प्रतियोगिता गरेको महिला दिवस कार्याक्रममा अध्यक्ष्य लक्ष्मी थापाले बताइन । उनले विश्वका महिलाले आफ्नो हकहितबारे जोडतोडले आवाज उठाएर महिला दिवस मनाउन थालेको १ सय १४ औ वर्ष भएको छ ।


त्यस्तै कार्याक्रममा खेलकुद बिकास समिति जुम्लाका सदस्य सचिब तथा प्रमुख अथिती संगिता आचार्यले दिवसका लागि तयार गरिएका नाराले महिला अधिकारका विषयमा बोकेको गहनताको थोरै मात्र व्यवहारमा लागू गर्न सक्ने हो भने हामी महिला सशक्तीकरणमा छलाङ मार्न सक्ने बताइन । उनले भनिन, हामी वर्षौंदेखि आकर्षक नारामा मात्रै केन्द्रित भइरहेका छौँ । दिवसका अवसरमा शहरबजारमा केही महिला जम्मा भएर गोष्ठी र सेमिनार गरेकै भरमा मात्र महिलाले भोगेका समस्या समाधान हुने अवस्था नरहेको बताइन । उनले आधाभन्दा बढी जनसंख्या चुलोचौकोमा मात्रै सीमित हुने अवस्था कायम रहँदासम्म हाम्रो विकासको गति तीव्र हुन नसक्ने बताइन ।


त्यस्तै महिला जारणका अध्यक्ष दिलमाया शाहीले शहरमा बसोबास गर्ने र पढेलेखेका महिलाले यो दिवसको महत्व बुझेपनी ग्रामिण भेगका अधिकांश महिलाले अहिले पनि वेदनामय जीवन बिताइरहेको बताइन ।उनले महिलालाई हरेक क्षेत्रमा पुरुष सरह हिस्सेदारी दिन पुरुषप्रधान मानसिकता अहिलेपनि अवरोधका रूपमा रहेको खडा रहेको छ । जुन काम महिलाले पुरुषको भन्दा पनि कुशलतापूर्वक गर्न सक्छे त्यस्ता काम पनि महिलालाई के दिनु ? महिलाले सक्दैनन् भन्ने गरिन्छ । उनले थपिन हामी वर्षौंदेखि आकर्षक नारा तय गर्न मात्र केन्द्रित भइरहेका छौँ । महिला दिवसका अवसरमा शहरबजारमा केही महिला जम्मा भएर गोष्ठी र सेमिनार गरेकै भरमा मात्र महिलाले भोगेका समस्या समाधान हुदैन त्यस्ता खालका कार्यक्रम नियमित संञ्चालन गर्न जरुरी छ ।उनका अनुसार ३ सय ६५ दिनै महिलाका अधिकारमा निरन्तर आवाज उठाउनुका लागी स्थानीय सरकारको ध्यान जान जरुरी छ ।


त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोग तथा समन्वय ,वल्ड भिजन ,किर्डाक नेपाल, आए एन एफ,प्रहरी साझेदारीमा भाषण प्रतिगिता गरिएको हो ।यस वर्षबको नारा महिलामा लगानी सभ्य रसमुन्नत समाजको थलनी भन्ने रहेको छ ।त्यस्तै समाजमा रहेका अन्धविश्वास र कुरीतिबाट महिलाहरू पीडित हुने क्रम बढ्दो छ । महिलामाथि हुने हिंसा र अत्याचारका घटना वृद्धि भइरहेका छन् । संघियता पछि महिला र बालबामलिकाका मुद्दाहरु झन ओझेलमा परेको महिला अधिकार कर्मीहरुले बताएका छन ।

सम्बन्धित समाचार