जुम्लामा आर्थिक क्रन्ति गर्न बिप्लवले रोप्यो स्याउ

जुम्लामा आर्थिक क्रन्ति गर्नका लागी नेपाल कम्यूनिष्ट पार्टी बिप्लवले स्याउ खेति गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध बिप्लव सहितका नेता कार्यकर्ताले जुम्लामा कृषि क्रन्ति गर्ने भन्दै स्याउ खेति गरेका हुन् ।
जुम्लाको हिमा गाउँपालिका ७ हाणुल्य भन्ने स्थानमा विप्लव आफै पुगेर स्याउ रोपेर स्याउखेतिको उद्घाटन गरेका छन । उनले स्याउ खेतिले जुम्लामा आर्थिक समृद्धि हुने निश्चित रहेको बताए । उनले भने,पछिल्लो समयमा कृषि उत्पादन बढाउनका लागी नेपाल कम्यूनिष्ट पार्टी खेती गर्न थालेको छ । उनका अनुसार पार्टीको नवौ महाधिवेशनले उत्पादनलाई जोड दिने निर्णय लिए अनुसार जुम्लामा स्याउ खेति शुरु गरेको हो ।उनले स्याउबाट जुम्लालाई समृद्धि बनाउन खोजेकन छौँ । उत्पादनको क्रममा यस अघि मुगुमा ५ सय विरुवा स्याउ रोपेको बताए । १० हजार विरुवा रोप्ने लक्ष्य जुम्लामा भएपनि अहिले सरकारी नितिगत व्यवस्थाले त्यो लक्ष्यमा पुग्न नसकेको बताए ।

आर्थिक समृद्धि उत्पादनबाट मात्रै सम्भव छ भन्दै, क्रान्ति उत्पादनबाट पनि हुने भएकाले अव फरक तरिकाले राजनैतिक दल जानुपर्नेमा आबश्यकता छ । राजनिति अर्थतन्त्रमा बदलिनुपर्ने भएकाले उत्पादन काम गरिएको हो । उनले अव उत्पादन, क्रान्ति आर्थिक संघर्षमा वदलिनु पर्छ, सिद्दान्त व्यवहारमा वदलिनु पर्छ भन्ने हो, अव आत्म निर्भर भएर अगाडि बढ्नुपर्छ ।

त्यस्तै महासचिव चन्द्धले भन्नुभयो, ३ बर्ष अव चन्द्धा नमाग्ने गरि हामी उत्पादन लाग्छौ । तर पार्टीलाई सहयोग त आवश्यक रहेकोमा छ । ३ बर्षमा पार्टीलाई आत्म निर्भर बनाउने लक्ष्य अनुसार काम भईरहेको दाबी गरे । अव आर्थिक उत्पादनले हाम्रो पार्टी २ बर्षमा आत्म निर्भर हुन्छौ । उनका अनुसार कृषि पछि उद्योगमा पनि अगाडि बढ्ने प्रथामिकतामा छौ । त्यस कारणले यो अभियान चलाएका हौ ।


नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय उत्पादन विभागले आयोजना गरेको स्याउ रोप्ने कार्यक्रममा जुम्लाले स्याउबाट भविश्व खोजिरहेको हुदा स्याउ र उत्पादनमा लाग्नेलाई सरकारले नितिगत संरचना बदलेर सहयोग गुर्ने पर्ने बताए । हामीले १० हजार विरुवा राप्नका लागि सरकारलाई माग गरेपनि नितिगत समस्याले वाधा भएकाले वाधा भएकाले यतिवेला समस्या भएको बताए । अहिले २ हजार विरुवा स्थानीय सरकार र शुभचिन्तकहरुले सहयोग गर्ने बताए ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रय सदस्य विर्खबहादुर शाही (प्रभाजित) ले जुम्लाको त्यस क्षेत्रमा २२ हजार वर्गमिटर जग्गामा स्याउ खेति गरिने बताए । उनले यो अभियानमा जुम्ला पुगेर स्याउ रोप्ने कार्यक्रममा सहभागि हुने महासचिव विप्लव, स्थायी कमिटि सदस्य रणविर, पोलिटव्यूरो सदस्य आर्दश, पोलिटव्यूरो सदस्य असल, केन्द्रीय कमिटि सदस्य, नेता कार्यकता, शुभचिन्तक, संचारकर्मी, स्थानीय सरकार सवैलाई धन्यवाद ब्यक्त गरेका छन ।

त्यस्तै स्याउ उत्पादन कार्यक्रममा सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जनतालाई उत्पादनमा लगाएर आर्थिक समृद्धि उत्पादन गर्ने कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय नेतृत्वलाई लागेकोमा खुसि ब्यक्त गरे । उनले यस्ता कार्यक्रममा स्थानीय सरकारले पनि बढाउनुपर्ने आबश्यकता छ ।उनले स्याउ उत्पादन मात्र नभई बजारीकरणको आधार र प्रशोधनका लागि आवश्यक छ ।

नेपाल कम्यूनिष्ट पार्टीले स्थानीय जनताको सहभागितामा फागुन २५ गते र २६ गते जुम्लामा स्याउ रोप्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमका लागि महासचिव विप्लव विहीवार देखी स्याउका विरुवा हिमा गाउँपालिकाको हाणुल्यमा रोपिरहेका छन् ।

\२७ गते कालिकोटको फोई महादेवको स्याउ रोप्ने र २८ गते नाग्म जुम्ला र कालिकोटको सिमा नाग्ममा बृहत जनसभा गर्ने नेपाल कम्यूनिष्ट पार्टीका सेक्रेटरी सफल सिले बताए । त्यस्तै स्याउ रोप्ने अभियानका लागि हुम्ला, मुगु, कालिकोट, अछाम सहित विभिन्न जिल्लाका नेताहरु जुम्ला पुगेका छन् । यो अभियानमा स्थानीय कृषक तथा विज्ञले पनि सहयोग गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर २ का हरि कामीले एकसय ५० विरुवा अभियानमा सहयोग गरेका हुन ।
त्यस्तै हरेक शासन व्यवस्थाका आ आफ्नै सवल र दुर्लब पक्ष हुन्छन् । देशलाई आत्मर्निभर बनाउँदै समृद्धीतिर लैजान, जनतालाई सुखी र खुशी बनाउनका आत्मनिर्भर मेरो देश आत्मर्निभर हाम्रो नारा हुने नेपाल कम्यूनिष्ट पार्टी बिप्लवले दाबी गर्दै आएको छ ।

सम्बन्धित समाचार