नेकपा एस पनि सरकारमा, भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् । सो पार्टीले आजै सचिवालयको बेठक बसेर सकारमा जाने निर्णय गरेको छ ।
यो पार्टीबकाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा शहरी विकासमन्त्री बन्ने भएका छन् ।

पार्टीको सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपाल उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीसँग कुरा मिलेपछि नेकपा एसले दुई जना मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । आजै सबै मन्त्रीहरुले शपथग्रहरण गर्ने छन् ।

सम्बन्धित समाचार