तातोपानी गाउँपालिकाका आठ जनालाई उद्धार गरिएको छ ।जटबुटी कोर्न गएका तातोपानी नम्बर ७ र ८ का आठ जना व्यक्तिलाई हेलिकोप्टरबाट शहकुसल उद्दार गरिएको छ । तातोपानी गाउँपालिका ४ स्थित गिडिदहको माथी बजेडी पाटनमा फसेका उनिहरुलाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारले हेलिकोप्टर नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरेको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार उनिहरुलाई सो पाटनबाट ३ चरणमा जुम्ला सदरमुकाम पुरयाई उद्दार गरिएको छ ।कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएर उनिहरुलाई हिउँमा फसेको क्षेत्र बजेडिपाटन देखी जुम्ला विमानस्थल ३ चरणमा हेलिकोप्टरले उद्दार गरेको छ ।
पहिलो चरणमा त्यस क्षेत्रबाट २ जना महिला र एक जना लोकेशन हेर्ने मानिस, दोस्रो चरणमा ३ जना महिला र तेस्रो चरणमा २ पुरुष र एक महिला गरि ८ जनाको उद्दार गरिएको छ । हिउमा फसेर उद्दार भएका व्यक्तिहरु तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ का रहेका छन् ।
त्यस्तै उद्दार गरिएका मध्य तातोपानी गाउँपालिका वडा नम्बर ७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत, रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्द्धले जानकारी दिए । उनका अनुसार सकुशल रुपमा उनिहरुलाई उद्दार गरेपछि स्वास्थ्य जाँचको लागि नेपाली सेनाको एम्बुलेन्समा स्वास्थ्य जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाईएको छ । उनीहरुको अवस्था सामान्य रहेको र एक दिन अस्पतालमा अवलोकनमा रहने छन् ।
त्यस्तै पाटनमा काम गर्न गएका उनिहरु हिउँमा फसेको खबर स्थानीय सरकार र स्थानीय प्रशासनले गरेपछि हेलिकप्टरबाट उद्दार गर्न सफल भएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री मन्त्री कृष्ण जिसीले बताए । सो क्षेत्रमा गत बर्ष पनि हिउँमा फसेका व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरेको थियो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले ३ दिन अघि आफुहरु सकुशल रहेको खबर आएपनि आज हिउँमा फसेर हिड्न नसकेको जानकारी भएपछि उद्धारका लागि पहल गरिएको छ। उनले भने, उनीहरु संग भएको खाना पनी सकिसकेको बताएपछि उद्धार गर्नु पर्ने अबस्था आएको हो ।
त्यस्तै जुम्लामा मौसम खराब देखिएका पनी उनीहरुलाई छिटो उद्धार गर्नु परेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उद्धारकार्यमा नन्दबक्स गणका गणपती सुमन श्रेष्ठ जिल्ला प्रहरीकार्यालय पत्रकार महासंघ लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै उद्धारगरीएका अत रावतका अनुसार गोरी रावत खुट्टामा सशिला रावतको आँखामा हिडने क्रममा सामान्य चोट लागेको छ । उनले भने, बिहाना देखी करिब ४ घण्टा हिउमा हिडेर हेलिकोप्टर आउने ठाउमा पुगेका हौँ । उनले उद्धार कार्यको लागी स्थानीय सरकार ,प्रेदेस सरकार , नेपाली सेना प्रशासन लगायत उद्धारकार्यमा सहयोग गर्नु हुने सम्पुर्णलाई आभार ब्यक्त गरेका छन ।