नवनियुक्त १६ मन्त्रीले शपथ लिएसँगै २० सदस्यीय बन्यो प्रचण्ड क्याबिनेट

काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १६ जना मन्त्रीलाई शपथ खुवाएका छन् ।

गठबन्धनका चार दल समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । क्याबिनेटका तीन मन्त्रीले भने सोमबारै शपथ लिएका थिए ।

चार दलबीच भएको आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको जसपाले भने तत्काल सरकारमा जाने निर्णय गरेको छैन । तर हस्ताक्षर नै नगरेको नेकपा एसले दुई जना मन्त्री सरकारमा पठाएको छ । जसपाले सरकारमा जाने विषयमा बिहीबार मात्रै निर्णय लिने बताइएको छ ।

यस्तो छ मन्त्रीहरूको सूची

एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२. पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३. हरि उप्रेती, रक्षा
४. भगवती चौधरी, महिला बालबालिका
५. राजेन्द्र राई, खानेपानी
६. दामोदर भण्डारी, उद्योग
७. ज्वालाकुमारी साह, कृषि
८. बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२. वर्षमान पुन, अर्थ
३. शक्ति बस्नेत, ऊर्जा
४. रेखा शर्मा, सञ्चार
५. हितबहादुर तामाङ, पर्यटन

रास्वपा

१. रवि लामिछाने, उपप्रधान तथा गृह
२. डीपी अर्याल, श्रम
३. विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४ सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादी

१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२. धनबहादुर बुढा, शहरी विकास

सम्बन्धित समाचार