जुम्ला : जुम्लामा पहिलो खड्का ह्युम पाईप उद्योग स्थापना भएको छ । एक करोड बढी लगानीको स्थापना गरिएको होम पाइप उद्योग पहिलो हो । अगामी दिनमा यसले जुम्लामै ह्युम पाईपको सेवा दिने भएको छ । यसले गर्दा व्यवसायीलाई सहज थप सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै जुम्लामा उद्योग नहुदा यस अघि ह्युम पाई पल्याउनका लागी यहाका ब्यवसायि ह्युम पाई ल्याउनका लागी सुर्खेत नेपालगञ्ज जाने गरेको खड्का ह्युम पाईपउद्योगका संचालक रामदेवि खड्काले बताइन । उनका अनुसार ह्युम पाईपल्याउनजका लागी बाहिर जिल्ला जानु पर्ने अवस्था यसले अन्त्ये गर्ने छ ।
बाहिरबाट जुम्लामा ल्याउनु पर्ने अवस्था हुदा ढुवानी भाडा नै धेरै खर्च हुने गरेको थियो ।अब यस समस्याको समाधान खड्का ह्युमपार्ईले गर्ने भएको छ । उनले भनिन,‘उद्योगमा सबै प्रकारका ह्युम पाईपहरु उत्पादन हुने छन । ह्युम पाईपको लम्बाई साढे दुई मिटर सम्मको हुने छ ।
त्यस्तै एक फिट देखि चार फिटसम्मका ह्युमपाईप हरु निमार्ण गर्ने ह्युम पाईप उद्योगको उद्धघाटने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बिसीले गरेका थिए । उनका अनुसार यस उद्योगले जुम्लालाई चाहिने गुणस्तरीय ह्युमपाईप जुम्लामै उत्पादन गर्ने छ । उनले भने,‘ह्युमपाईप सडकको ढल निकासमा बढी प्रयोग हुन्छ । यहि ह्युमपाईप पहिले जुम्लाका व्यवसायीले बाहिरी जिल्लाबाट ल्याउने गरेका थिए । अब, जुम्लामै उत्पादन हुने भएकाले सस्तो पर्ने र सहज हुने व्यवसायीहरुको भनाइ छ ।