जुम्ला : महिनावारीका कारण हुने विभेद नै महिला माथीको हिंसा भएको लेखक तथा सामाजिक अभियान्ता राधा पौडेलले बताइन । सबैले मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने सोचको बिकास नभए सम्म छोरी ,बुहारी ,माथी हुने हिंसा नरोकिने बताएकी हुन ।
नेपाल पत्रकार महासंघ जुम्लाको समन्वयमा र पेसा नेपाल जुम्लाको आयोजनामा मर्यादित महिनावारी सम्बन्धी पत्रकार बिच अन्तरक्रिया कार्याक्रममा अभियान्ता पौडेलले कतै सबैले देख्ने गरी महिनावारी विभेद छ भने कतै नदेखिने गरी रहेको बताइन ।उनले भनिन,‘यो आफैंमा यौनिक तथा लैंगिक हिंसा हो । यो मानव अधिकारको हनन् पनि हो।
महिनावारी विभेदले सानै उमेरदेखि नै असमान शक्ति वितरण तथा पितृसत्तालाई सबलीकरण गर्ने काम गर्ने भएकाले जुम्लाका पत्रकारले मर्यादिन महिनावारीका बिषयमा नागरिकलाई सचेता गराउन अनुरोध गरिन ।उनले महिनावारीका कारण छोरीहरु अपहेलित, कमजोर ठान्ने हाम्रो समाजमा महिनावारीको समयमा बगेको रगत स्वच्छ हो भन्न हरेक मानिसले सक्नुपर्ने छ ।
कर्णाली क्षेत्रमा महिनावारी हुदा छुई वा छाउपडि भन्ने शब्दनै गलत भएकाले पहिले पहिले मर्यादित महिनावारी भन्ने शब्दकाका लागि सचेतना जगाउनु पर्ने आबश्यकता रहेको बताइन । अभियान्ता पौडेलेले महिनावारी विभेदले संवैधानिक रुपमा महिलाहरुलाई प्रदान गरिएका करिब १ दर्जन भन्दा बढी अधिकारको हनन् भएको औल्याइन ।
एक दशक अघि जुम्लाबाट सामाजिक क्षेत्रमा काम गर्न थाल्नु भएको पौडेलले २०५८ साल कात्र्तिक २८ गते तत्कालिन नेकपामाओवादीबाट जुम्ला आक्रमण गर्दाको दिनको डायरीलाई खलंगामा हमला नामक पुस्तक समेत लेखर मदन पुरस्कार छ ।
त्यस्तै पौडेल सँगै क्यानडाका लागी उरुग्वेका पूर्व राजदुत जोवनी फ्रापियर, नेपालमा सामाजिक क्षेत्रको अध्ययन गर्न स्विजरल्याण्डका पिएचडि अध्ययनरत विद्यार्थी ईभा मार्टी सहितको टोलीले जुम्लामा महिनावारीको सामाजिक सोच र अवस्थाको विषयमा अन्तरक्रिया गरेको छ ।
त्यस्तै उरुग्वेका राजदुत तथा क्यानडा निवासी फ्रापियरले महिनावारीको विषयमा आफ्नो लगायता बिकास मुलुकमा पनि विभिन्न तरिकाले परिभाषित गरिदै आएको बताइन ।उनले भनिन,नेपालमा महिलाहरु आफै सचेत र सशक्त नहुदा सम्म कठिन भएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मर्यादित महिनावारीको बिषयमा सकारात्मक सचेतना दिन मिडियाको तर्फाबाट सधै भरी तयार भएको बताए । उनले महिनावारी नै महिलाको जीवन पर्यन्त नै असर गरिरहेको हुन्छ।अध्यक्ष शाहीले पौडेले नेपालमा मर्यादित महिनावारीको विषयमा चलाईरहेको अभियानको सफलताको शुभकामना दिए ।
त्यस्तै पेश नेपालका कार्यकारी निर्देशक किश्वर न्यौपानेले कर्णालीमा सामाजिक अभियानमा राधा पौडेलको योगदान महत्वपूर्ण रहेको बताए। उनले भने,जुम्लामा मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको छ ।तर महिनावारी विभेद महिलाहरुमाथि हुने एक प्रकारको हिंसा भएका कारण स्थानीय सरकारले नै अपनत्व लिनु पर्ने हो ।
त्यस्तै पछिल्लो समयमा सरकारले स्यानेटरी प्याड लगातका महिलाहरुलाई वितरण गरिएका सामग्रीहरु मर्यादित महिनावारी सामग्री हुन् की होइनन् भन्नेमा कुनै खोज भएको देखिदैंन । महिनावारीसँग जोडिएका कतिपय विषयहरु भौतिक संरचनासँग मात्रै जोडिएको अवस्था छ। यसमा पानी, शौचालय तथा प्रयोगगरिएका सामग्री व्यवस्थापन जस्ता कुराहरु रहेका कुनै निकायको ध्यान जान सकेको आवस्था छैन ।हाम्रो समाजमा अझै पनि प्याड बाँडेर नारा बाल दिवस मनायर बाल विवाह घट्छ भन्ने अवधारणा रहेको छ ।