स्वास्थ्य स्वयमसेविका लाई जडीबुटी र आयुर्वेद सेवा बारे सचेतना

जुम्ला :  आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले महिला स्वास्थ्य स्वयम सेविकालाई आयुर्देद सेवा र जडीबुटी बारे सचेतना दिएको छ । चन्दननाथ नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयम सेविकालाई आयुर्वेद सेवा र जडीबुटी सम्बन्धी अभिमुखी करण कार्यक्रम दिइएको हो ।


त्यस्तै हरेक वर्ष नेपालबाट अमूल्य र दुर्लभ जडीबुटी ठूलो आयतनमा बेचिने गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्द प्रसाद न्यौपानेले बताए । उनले भने,‘कर्णाली लगायत अन्य भु भागहरूमा पनि त्यहाँको वातावरणसुहाउँदा जडिबुटीहरू पर्याप्त छन् । तर यसको महत्व सबैले बुझ्न जरुरी छ । उनका अनुसार जडीबुटीको महत्व र आयुर्वेद सेवा केन्द्रले दिइने सेवाका बिषयमा स्वयम सेविका मार्फत जानकारी गराइएको छ । उनले भने,‘महिला स्वयम सेविकाले गाउँगाउ जाने भएकोले उनीहरु मार्फत योग अभ्यास जडीबुटी र आयुर्वेद सेवाका बारेमा सिकाइएको हो ।

उनले थपे,‘खासगरी जनशक्तिसँगै जंगल, जडिबुटी, जल र जमिनको उचित व्यवस्थापनको नारा दिए सरकारले नै यसलाई प्रबोधन गर्न सकेको हो । त्यसलाई व्यवस्थित गर्न सकेको खण्डमा समग्रह कर्णालीको हित हुने देखिन्छ ।


त्यस्तै आधुनिक शिक्षा पद्धति र नीतिले आयुर्वेद चिकित्सा विज्ञानलाई तुलनात्मक रूपमा अत्यन्त कम महत्त्व दिएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर प्रतिभा शर्माले बताइन । उनले भनिन,आयुर्वेदिक उपचार विधि यसले दिने सेवाका बारेमा स्वयम सेविकालाई अभिमुखि कारण कार्यक्रम गरिएको हो ।
त्यस्तै आयुर्वेद औषधालयमा सेवा लिन आउने मध्ये अधिकांश बिरामी पेट सम्बन्धी समस्या लिएर आउने गरेको डाक्टर सागर कुमार न्यौपानेले बताए । उनका अनुसार गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले नगरका महिला स्वास्थ्य स्वयम सेविकालाई जानकारी गराइएको हो ।


आयुर्वेद औषधिको नियमित रुपमा सेवन गरेको खण्डमा रोम्रो देखिएको छ । अहिले आयुर्वेद स्वास्थ्य सेवा केन्द्रबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, गाउँघर क्लिनिक, शिविर, घर घरमा आयुर्वेद सेवा कार्यक्रम सञ्चालन गरिएको छ। ’पहिले आयुर्वेद औषधि उपचार कमैले गराउने गर्थे भने पछिल्ला समयमा आयुर्वेद औषधिको उपचारमा सेवा लिने बढ्दो रहेको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार