नेपाली जनप्रगतिशिल मंच कतारको सचिबमा घर्ती चयन

जुम्ला :नेपाली जनप्रगतिशिल मंच कतार सचिब गजेन्द्र घर्ती चयन भएका छन । नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्रको (प्रबाश )संगठन नेपाली जनप्रगतिशिल मंच कतारको छटौँ महाधिबेशनबाट कणाली प्रदेशकै सचिब पदमा सर्बसम्मत निर्बाचित भएका हुन ।

राजेन्द्र देवकोटाको अध्यक्षतामा २० जना पदाधिकारी सहित २८ सदस्य नेपाली जनप्रगतिशिल मंच गठन गरिएको निर्बाचित सचिब घर्तीले बताए ।उनका अनुसार नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भएको हो ।

उनले भने,यसले समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोग सँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो ।

 

सम्बन्धित समाचार