जुम्ला : जुम्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको भवन शिलान्यास गरिएको छ । उक्त भवनको कर्णाली प्रदेस सरकारका पर्यटन, वन तथा बातावरण मन्त्री कृष्णबहादुर विसी गरेका हुन ।
कर्णाली प्रदेश सरकार उद्योग, वन तथा वातावरण मन्त्रालयको सहयोग तथा सघन सहरी विकास तथा भवन डिभिजन आयोजना जुम्लाको सहयोगमा एक करोड ९५ लाखको लागतमा ठेक्का सम्झौत भई काम शुरु भएको कार्यालय प्रमुख हिमालय साउदले बताए । उनका अनुसार प्रदेश सरकारको बहुवर्षिय कार्यक्रम अन्तरगत उक्त भवननिर्माण गरिने भएको छ ।
आफनै भवन बनेपछि दैनिक कार्यालयको काम गर्न सहज हुने भएको छ । उक्त भवन निर्माण कार्य भिजन निर्माण सेवा जुम्लाले लिएको छ ।शिलान्यास कार्यक्रममा विभागिय मन्त्री कृष्ण कुमार वि सि, प्रदेश सांसद देवेन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे लगायतको सहभागिता रहेको थियो ।