जुम्ला : जुम्लामा पहिलो पटक संञ्चालन भएको प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी जुम्लाले जितेको छ । जुम्लामा गत फागुन १६ गतेदेखि जारी प्रदेश स्तरीय फुटबलको शुक्रबार हुम्लालाई पराजित गर्दै जुम्ला बिजयी भएको हो ।
हुम्ला र जुम्ला बिचको फाइनल खेल निमार्ण धिन रंगशालामा भएको थयो । खेलको निर्धारित समयमा हुम्लालाई ४ गोल गर्दै जुम्ला उपाधी उचाल्न सफल भएको छ । जसमा खेल अवधिभर जुम्लाका रुविन भण्डारीले ३ गोल गर्दै ह्याट्रिक गरेका थिए ।
त्यस्तै महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा १ गोल गरेको आयोजकले बताएको छ । उक्त प्रतियोगिता अबधिमा ४ गोल जुम्लाले गरेको थियो । भने छिमेकी जिल्ला हुम्लाले खेल अवधिभर गोल फर्काउन नसकेको हो । उपाधी जितेको जुम्लाले प्रदेशस्तरीय फुटबलको कप,मेडल प्रमाण पत्र पाएको छ । जुम्लाका खेलाडीले घरेलु मैदानमा उपाधी जित्दा खुसी व्यक्त गरेका छन ।
त्यस्तै प्रतियोगिताका बिजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई,देवेन्द्र बहादुर शाही,प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले प्रमाणपत्र,मेडल र टफ्रि हस्तान्तरण गरेका छन ।
प्रदेशस्तरीय फुटबलमो जुम्ला मुगु,हुम्ला,कालिकोट,सुर्खेत र जाजरकोटको गरी ६ जिल्लाका खेलाडीका सहभागिता थियो । जसमा जाजरकोट र मुगु नकाउट चरणबाट बाहिरीएका हुन । भने सुुर्खेत र कालिकोट सेमिफाईनलबाट बाहिरिएका थिए । फाइनलमा जुम्ला र हुम्ला पुगेका थियो ।
आगामी दशौँ राष्ट्यि खेलकुद प्रतियोगिताको लागि प्रदेशको टिम छनौटका गर्न फुटलबको आयोजना गरिएको फुटबल संघका अध्यक्ष भरत बहादुर बुढथापाले बताए । उनका अनुसार दशौँ राष्ट्यि खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गते सम्म सुर्खेतमा हुने भनिएको छ । यो प्रतियोगिताबाट सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडी विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।