जुम्लाको रनवे विस्तारको लागी आएको रकम कार्यान्वयनमा समस्या

जुम्ला :  जुम्ला विमानस्थलको रनवे बढाउनको लागि बजेट आएपछि कार्यान्वयन गर्न समस्या देखा परेको छ । जग्गा प्रप्ति नहुँदै रनवे बिस्तारको लागी भन्दै गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ आइसकेको हो । रनवे बढाउनका लागि जग्गा प्राप्ति भइनसकेकाले बजेट कार्यान्वयन गर्न कठिन परेको नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुम्लाले बताएको छ ।

त्यस्तै प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्ला विमानस्थलको धावनमार्ग विस्तारमा रकम आयो तर त्यसको लागी गग्गा प्रप्त छैन । उनले भने, ‘रनवे बढाउनको लागि आएको बजेट अब कार्यान्वयन कसरी गर्ने चुनौती छ । रनवे बढाउन मिल्ने जग्गा आबश्यक हो ।त्यही भएर बजेट खर्च गर्न सकिरहेको अवस्था छैन । जग्गा प्राप्त भएपछि मात्र बजेट कार्यान्वयन गर्न सकिने देखिन्छ ।


उनका अनुसार जुम्ला विमानस्थलको विस्तारको लागि १८ हजार ३ सय ८० रोपनी जग्गा चाहिएको छ । अहिले सम्म जग्गा नै प्राप्त भइसकेको छैन । प्रमुख अधिकारीले जग्गाको मुआब्जाको लागि बजेट आउन नसकेकोले प्रक्रिया नै अघि बढ्न सकेको छैन । जग्गाको मुआब्जा र रनवे विस्तारको लागि ५० करोड भन्दा बढि बजेट लाग्ने अनुमान गरिएको छ ।

रनवे विस्तारको लागि आएको बजेट खर्च गर्न नसकिने अवस्था देखिएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बैठक बसेर विमानस्थलको विस्तार गर्न आवश्यक जग्गाको मुआब्जाको लागि चाहिने रकम यकिन गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको छ । जबसम्म मुआब्जा र विमानस्थलको विस्तारको लागि प्रयाप्त बजेट आउँदैन । तबसम्म विमानस्थलको विस्तार गर्ने कार्य अघि बढ्न सक्दैन ।
त्यस्तै बैठकमा चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नागरिक समाजका राजबहादुर महत, जिल्ला स्थित सुरक्षा प्रमुखहरु, वडाध्यक्ष, नापी र मालपोत कार्यालयका प्रतिनिधिहरु नेपाल पत्रकार महासंघको उपस्थिति रहेको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिक उड्ययन मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणमा पत्र पढाउने निर्णय बैठकले गरेको छ । तत्काल बजेट विनियोजन भएको खण्डमा दुई महिना भित्रै सबै प्रक्रिया अघि बढाइन सकिने देखिन्छ ।

जग्गाको मुआब्जा पाउने भन्दै किसानहरुद्धारा धमाधम स्याउ बगैंचा थपिएको र खेती विस्तार गरिरहेकोले महँगो पर्न जाने अनुमान समेत गरिएको छ । बैठकले रनवे तथा एप्रोन विस्तारका लागि विनियोजित रकम प्राप्ति नहुँदा सम्म प्रयोगमा नआउने भएकोले यो रकम जग्गा मुआब्जा प्रयोगमा ल्याउनका लागि खर्च हुने गरेर निर्णय गर्न आग्रह गरेको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले जग्गाको मुआब्जा नभइकन रनवे विस्तारका लागि वकालत गरिरहेको भन्दै जुम्लाबासीले आक्रोश व्यक्त गरेका छन ।

 

सम्बन्धित समाचार