मौसमका कारण हुम्ला जाजरकोट बिचको उद्घाटन खेल स्थागित


जुम्ला ः मौसमका कारण जुम्लामा मंगलबार हुने भनिएको खेल स्थागित भएको छ ।उद्घाटन खेल हुम्ला र जाजरकोटको बिचको थियो ।मौसम प्रतिकुलताका उद्घाटन खेल स्थगित भएको हो ।


त्यस्तै कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले उद्घाटन गरेका हुन ।उद्घघाटन गरे लगत्तै पानी र हिउँ पर्न थालेपछि उद्घाटन खेल स्थागित गरिएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले जानकारी दिएका छन ।

उनका अनुसार १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ –९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुनेछ । यसका लागी राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशको टिम बनाउनका लागि जुम्लामा छनोट खेल हुन लागेको छ । कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन जाजारकोट, हुम्ला , मुगु कालिकोट ,सुर्खेत र जुम्ला गरी छ वटा जिल्लाका टिम दर्ता भएका हुन ।

त्यस्तै उद्धघाटन कार्याक्रममा कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसकेको बताए ।उनले खेल र खेलाडीहरूको विकास हुन जरुरी छ ।

खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए । उनले जुम्लामा खेल क्षेत्रको बिकासको लागी कसैको ध्यान गएको छैन । उनले भने ,जुम्लामा खेल क्षेत्रको विकासका लागि संघिय सरकारले नै लगानी गरेको छैन ।

सम्बन्धित समाचार