फुटबल प्रतियोगिताको पहिलो दिन सुर्खेत र हुम्ला विजयी

जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल भएको छन । जसमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको थियो भने दोस्रो खेल जाजरकोट र हुम्ला बिच भएको थियो ।


त्यस्तै सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध चार गोल गरेर बिजयी भएको छ । आयोजक जुम्ला फुटवल संघका अनुसार सुर्खेतका ९ नम्बर जर्सी खेलाडी नविन वलीले ३१ मिनेटमा पहिलो गोल, ५७ मिनेटमा दोस्रो गोल हानेका थिए ।

यसैगरी दोस्रो हाफमा सुर्खेतका १७ नम्बर जर्सी खेलाडि भरत नगलले ६० मिनेटमा एक गोल र ६८ मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । सुर्खेत र मुगु विचको सो खेलमा मुगुले एक गोल गर्न सफल भएको छ । मुगुका मिसी शाहीले ४८ मिनेटमा उक्त गोल गरेका थिए ।


त्यस्तै हुम्ला र जाजरकोट दोस्रो खेलमा हुम्लाले २ गोलले बिजयी भएको हो । खेल अवधिमा गोल हान्न निकै प्रयास गरेको जाजरकोटले गोल गर्न सकेन । खेल शुरु भएको ३३ मिनेटमा हुम्लाका सागर शर्माले पेनाल्टी मार्फत गोल गर्न सफल भएका थिए । भने दोस्रो गोल हुम्लाकै सुनिल शाहीले ५३ मिनेटमा गरेका थिए ।

त्यस्तै जुल्ला जिल्ला फुटवल संघकाका महासचिव दिपेन्द्र बिक्रम हमालका अनुसार खेल नकाउट भएकाले विजेता जिल्लाले मात्रै अव अर्को खेल खेल्ने भएका छन् । जुम्ला र कालिकोट बाई परेकाले अव सुर्खेत–जुम्ला र हुम्ला र कालिकोट यहि फागुन १७ गते सेमिफाईनलका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेमिफाईनलबाट बिजय भएको दुईबटा टिम १८ गते फाईनलका लागि भिड्ने भएको छ ।
फागुन १५ गते उद्घाटन गरिएको प्रदेश स्तरीय पुरुष फुटवल खेल प्रतियोगिता हिउँ परेकाले मंगलबार स्थगित गरि वुधवार मात्रै खेल सूरु भएको थियो ।

त्यस्तै कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडिलाई बल हस्तान्तरण गरेर खेल शुरु भएको थियो । उनले बल हस्तारण गर्दै ६ वटै जिल्ला बाट खेलमा सहभागी भएको खेलाडीलाई अग्रीम शुभकामना दिएका थिए ।खेल प्रतियोगितामा घरेलु मैदानका खेलाडि जुम्ला सहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोट सहभागि भएका छन ।

सम्बन्धित समाचार