जुम्लाका केही तस्बीरहरु

जुम्लाको इतिहासमा कर्णाली अंचलको छुट्टै पहिचान र महत्व हुदाहुदै पनि एकात्मक राज्य सत्ताको कारणले हालको विकराल स्थितीबाट गुर्जीनु परको यथार्थ सबैको सामु प्रष्ट छ ।

जुम्ला जती विकट, अभाव र पछौटेपनको रुपमा परिचित छ, त्यो भन्दा बढी यहाँको स्वच्छ भूमी र जलसम्पदा , कृषि, पशुपालन, फलफूल, जडिबुटी, र जैविक विविधताको विशिष्ट प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।

 

विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी धानले यस जिल्लाको पहिचान छ ।  जुम्ला जिल्लाको प्रमुख अन्नवालीहरुमा मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर, उवा हुन भने फलफूलमा स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा पर्दछन् ।

सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर , गुच्चे च्याउ, मौरी पालन, भेडा बाख्रा पालन व्यवसाय नगद आय आर्जनका उत्कृष्ट वाली हुन् ।यतिवेलाको जुम्लाको केही तस्बीरहरु ।

 

सम्बन्धित समाचार