जुम्ला : जुम्लाको पातारासी गाउँपालिकामा आगलागी हुदा एक घर जलेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका २ तल्फि गाउँ निवासी कलसिंह सार्कीको दुईतले ८ कोठाको ढुंगामाटोले बनेको घर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फागुन ११ गते राति साढे ११ बजेको समयमा सो घरमा आगालागी हुदा प्रहरीका अनुसार अन्दाजी ४१ लाख १५ हजार क्षेति भएको छ । प्रहरीले मुचुल्का गर्नबाँकी रहेको हुदा क्षेतीको एकिन विवरण आउन बान्की छ । रातभरी गाउँले र स्थानीय प्रहरीले आगो अन्य स्थानमा नजान नियन्त्रण गरेका छन ।आगलागी के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
त्यस्तै घर आगलागी भएपछि गाउँका यूवाहरुले सुतिरहेका मानिसहरुको समयमै उद्दार गर्दा मानविय क्षेति भएको छैन ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार राति आगालागी भएको बताइन । उनले घरभित्र सुतिरहेका दुई जना ज्येष्ठ आमावुवा, वालवालिकालाई गाउँका यूवाहरुले उद्दार गरेका छन् ।अहिले आफु त्यस क्षेत्रमा रहेको र घर पूर्ण रुपमा नष्ट भइसकेको छ । घरमा धनलमाल, लत्ता, कपडा, अन्न क्षेति भएको छ ।