जुम्लामा दादुरा-रुबेलाविरुद्धकोे खोप अभियान सुरु

जुम्ला: जुम्लाको एक चन्दननाथ नगरपालिका सहित आठ वटा स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ। आइतबार चन्दननाथ नगरपालिकाको ४ वडामा एक औपचारीक कार्यक्रमको आयोजना गरी खोप अभियान सूरु गरिएको हो ।नगरपालिकाका मेयर राजुसिंह कठायतले दादुरा–रुबेला विरुद्धको खोप अभियान उद्घाटन गरेका हुन।


त्यस्तै राष्ट्रिय खोप कार्यक्रम अन्तरगत दादुरा– रुबेला खोप अभियान जुम्लामा सुरु हुन लागेको छ । आईतबारबाट जुम्लाको चन्दननाथ नगरपालिका, गुठीचौरगाउँपालिका तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकामा खोप दिइदैछ ।


त्यस्तै तिला ,हिमा,सिजा र कनकासुन्दरी गाउँपालिकामा यहि फागुन १९ गतेबाट उक्त खोप दिन सूरु गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णा सापकोटाले बताए । उनका अनुसार खोप सुरक्षित छ । उनले भने, ‘खोप लगाउने दौरानमा कुनै बालबालिकामा स्वास्थ्य समस्या देखिए जिल्ला र पालिकामा खोपबाट हुने अनुचित घटना न्यूनिकरणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका स्वास्थ्य कर्मीहरुको संयोजकत्वमा एईएफआई टिम गठन गरिएको छ ।उनका अनुसार उक्त टिमले खोप लगाएपछि बालबालिकामा आउने स्वास्थ्य समस्या समाधान गर्न उपचारमा खटिने छ ।

त्यस्तै खोप अभियान उद्घाटन कार्यक्रममा बोल्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष लिएको बताए ।उनले भने, “बालबालिकालाई दादुरा रुबेलाको महामारीबाट बचाउने नेपाल सरकारको हो । त्यसैले यस अभियान सफल बनाउनका लागी उनले सबैलाई अनुरोध गरे ।


त्यस्तै चन्दननाथ नगरपालिका चारका वडाध्यक्ष नवराज देवकोटाले दादुरा–रुवेला सवैभन्दा बढी सङ्क्रामक रोग भएको बताए ।उनले यो कार्यक्रम प्रभावकारी बनाउनका लागी पहिलो दायित्व सम्झेको बताए । उनले आफनो क्षेत्रमा बालबालिकाहरुको खोपको अवस्था बुझने जिम्मेवारी हामी सबैको हुने भएकाले कार्यक्रम सफल बनाउन सबै लागी पर्नु पर्ने बताए ।

खोप अभियान उद्धघाटन कार्याक्रमा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख लग्नमाया भण्डारी ,जिल्ला प्रहारी कार्यालयका प्रमुख प्रल्हाद कार्की ,स्वास्थ्यकर्मी, पत्रकार,सहभागिता रहेको थियो ।

त्यस्तै ९ महिना देखि पाँच वर्ष सम्माका दश हजार सात सय जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमा १ सय ६५ वटा खोप केन्द्र रहेका छन भने ९० जना स्वास्थ्य कर्मीले खोप सेवा दिने छन । समुदायमा रोग विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाई भविष्यमा हुन सक्ने दादुरा रुबेलाको महामारी रोक्न खोप अभियान सुरु गरिएको हो ।

 

सम्बन्धित समाचार