प्रजातान्त्र दिवस :जुम्लामा प्रभात फेरी,सिजामा सरसफाई

जुम्ला : प्रजातान्त्र दिवसको अवसरमा जुम्ला बजारमा पन्चेबजा सहित प्रभातफेरी ¥याली र तातोपानीमा वृक्षारोपण गरिएको छ । भने सिजा गाउपालिकाले बजार खोला र नराकोट बजार सरफाई गरी मनाएको हो । विसं २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक बर्ष मनाइन्छ ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको बताए ।उनका अनुसार सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निर्णय गरेको छ ।


त्यस्तै सिजा गाउपालिले पनी स्वाथ्य शाखाका प्रमुख ललित रोकायाको संयोजकत्वमा सात सदस्य समारो समिती गठन गरिएको थियो । ७४ औ प्रजातन्त्र तथा प्रथम निर्वाचन दिवसको अवसरमा सिजाले सरसफाइ कार्यक्रम गरि मनाएको छ ।स्वास्थ्य शाखाका प्रमुख रोकाया अनुसार बजार क्षेत्रमा सरसफाई गरिएको छ ।


त्यस्तै सिजागाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पबित्रा शाहीले बिहान तिर राष्ट्रिय झण्डा मर्यादित रुपमा समाउने काम गरेको बताइन । उनका अनुसार सभ्यता र वातावरणसंग जोडिएको बिषय भएकाले सरसफाई गरिएको बताईन ।उनले नराकोट बजारलाई अझै सुन्दर बनाउन सबै नागरिकलाई सरसफाईमा जुट्न आग्रह गरिन ।

उनका अनुसार सबै कर्मचारीलाई पोशाक शसहित प्रजातन्त्र दिवसमा आउन भनिएको थियो । उनले भनिन‘, नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ ।उनले भनिन,‘हामी सबै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र आबश्यक रहेको छ ।त्यस्तै जुम्लाका सबै पालिकाले प्रजातन्त्र दिवस भिबिन्न कार्यक्रम गरी मनाएका छन ।

सम्बन्धित समाचार