जुम्लाको आयुर्वेद सेवा प्रभावकारी बनाउन चन्दननाथले २० लाख दिने


जुम्ला : चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ स्थित आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । त्यहा दैनिक सयौं जनाले निःशुल्क उपचार लिन आइरहेका हुन्छन ।पछिल्लो समयमा आयुर्वेद स्वास्थ्य केन्द्रले जुम्लामा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन आयुर्वेदिक औषधिको फार्मेसी समेत स्थापना गरिएको थियो ।

जुम्लाको आयुर्वेद अस्पताल सदरमुकामभन्दा टाढा रहेकाले उनीहरूलाई जेष्ठनागरिक संघको हलमै निःशुल्क सेवा दिन फार्मेसी स्थापना गरिएको स्वास्थ्य केन्द्रका प्रमुख नन्द प्रसाद प्रसाद न्यौपानेले बताए । उनका अनुसार यस पटक चन्ददननाथ नगरपालिकाले आयुर्वेद स्वास्थ्य केन्द्र औषधी उपकरण, थेरापी फर्निचर ब्यववस्थापनको लागी २० लाख बजेट दिने निणर्य गरेको छ ।
उनले भने,चन्दननाथका दश वडालेनै आयुर्वेद सेवा प्रभाबकारी बनाउनका लागी सहयोग गरेको भन्दै नगरका सबै पदाधिकारी प्र्रति आभार ब्यक्त गरेका छन ।उनले आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको गरेको सेवालाई महत्वपुर्ण रुपमा बुझेको बताए । यसले गर्दा आयुर्वेद स्वास्थ्य केन्द्रले यस्ता खालका सेवालाई निरन्तरता दिने बताए । जेष्ठ नागरिकलाई बढी हाडजोर्नीको समस्या हुने गरेकाले यस्तो सेवा दिइएको हो। त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्रले अभ्यङ्ग (स्नेहन) स्वेदन (सेक्ने) पूर्वकर्म र त्यसपछि पञ्चकर्मका सेवा दिदै आएको छ ।उनका अनुसार आयुर्वेद स्वाथ्य केन्द्रमा ३० देखि ४० जना बिरामी दैनिक रुपमा आउने गरेका छन ।
जेष्ठ नागरिक लगायत धेरै जसो हाडजोर्नी दुख्ने समस्या समाधानका लागी आयुर्वेद स्वाथ्य केन्द्रले मुख्य मनिएको छ ।उनका अनुसार आगामी दिनमा यसलाई निरन्तरता दिन जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने हो चन्दनाथले यस पटक २० लाख दिने निणर्य गरेको छ ।

अरुपालिकाले सहयोग गरेको खण्डमा आयुर्वेद स्वास्थ्य केन्द्रका सेवा थप राम्रो हुने देखिएको छ ।
त्यस्तै नगरपालिकाका उपमेयर रामदेवी खड्काले आयुर्वेदको सेवा सहज बनाउनका लागी नगरपालिले २० लाख दिने निणर्य गरेको बताईन ।उनले भनिन,पछिल्लो समयमा उनलाई हाडजोर्नी दुख्ने समस्या धेरैमा छ ।स्वास्थ्य सुरक्षाका हिसावले पनी आयुर्वेद उपचार राम्रो मानिएको छ ।

त्यसैले केही औषधी उपकरण र थेरापीका फर्निचर ब्यवस्यथापन गर्नका लागी रकम दिने निणर्य भएको छ ।त्यस्तै चन्दननाथका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने आयुर्वेद स्वास्थ्य केन्द्रलाई थेरापीका समाग्री,औषधी उपकरण लगायतका समान खरिदका लागी कार्यपालिकाले निणर्य गरेको बताए ।उनका आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई थप राम्रो बनाउने उद्देश्यले उक्त रकम दिइएको बताए । उनले भने,‘अन्य औषधि आयुर्वेद तरिकाको उपचार राम्रो भएको पाइन्छ ।

त्यस्तै आयुर्वेद अस्पतालमा बाथ, अम्लपत्ति, दम, खोकी, पिनास, ग्याषटाईट्रिक, पाइलस, छाला रोग, स्त्री रोग, उच्च रक्तचाप लगायतका रोगहरुको उपचार हुने गरेको छ ।अझै स्थानिय स्तरमा यसको उपचारका बारेमा जानकारी दिने कार्यक्रम गर्ने आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले बताएको छ ।

 

सम्बन्धित समाचार