प्रजातान्त्र दिवसको अवसरमा तातोपानीमा वृक्षारोपण (फोटोफिचर )



जुम्ला : प्रजातान्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षारोपण गरिएको छ । विसं २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक बर्ष मनाइदै आएको छ । जुम्लामा पनी यसपटक राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।


यस अघि जुम्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा चन्दननाथ नगरपालिकाका नगर प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधीहरु, जिल्लास्थित सूरक्षा निकाय, कार्यालय तथा संघसंस्थाका प्रमुखहरु सदस्य रहने गरी राष्ट्रिय प्रजातन्त्र दिवस, जिल्ला समारोह समिति गठन गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० भव्यताकासाथ मनाउन फागुन ६, ७ र ८ गते तीन दिन सम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयहरुको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरु तथा घर–घरमा समेत दीप प्रज्ज्वलन गर्ने, भएको छ ।


त्यस्तै वृक्षारोपणमा चन्दननाथ नगरपालिकाका मेयर राजु सिहं कठायतले स्याउको बिरुवा रोपेर उद्वघाटन गरेका थिए। वृक्षारोपण गरेर मात्र नहुने भन्दै दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए। उनले घेराबन्दी,सिचाइँ र रेखदेखको उचित व्यवस्थापन गर्न अनुरोध समेत गरेका छन ।


त्यस्तै आईतबार तातोपानी गाउँपालिका लाम्रास्थित सशस्त्र प्रहरी बल नं. ३३ गण हे.क्वा.त्रिपुरा जुम्लाको परिसरमा वृक्षारोपण गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनका अनुसार एक सय ५० वटा रोपिएको छ । यसको लागि डिभिजन वन कार्यालय, वागवानी अनुसन्धान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कृषि विकास कार्यालय सहयोग तथा सहजीकरण करण रहको छ ।

त्यस्तै शशस्त्र प्रहरी बल जुम्लाका एसपी चेतराज जोसीले यस पटक १सय ५० स्याउका बिरुवा रोपिएको बताए । उनका अनुसार यस अघि १६ सय २५ गरी त्यहा १७ सय ७५ वटा बिरुवा रोपिएको हो । स्याउ, दातेँ ओखर, धुपी,देवदार र सलाका विरुवा रोपिएको छ ।

त्यस्तै तातोपानीका उपाध्यक्ष रेवती रावलले नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । उनले भनिन,हामी सबै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र आबश्यक रहेको छ ।उनका अनुसार वातावरण संरक्षणको जिम्मेवारी सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय तहको रहेको छ ।


त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत,तातोपानी उँपालिकाका उपाध्यक्ष रवती रावल जिल्ला प्रहरी कार्यालय डिभिजन वन कार्यालय, भु–जलाधार ब्यवस्थापन कार्यालय स्याउ सुपरजोन , नेपाल रेडक्रस , आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला ,नागरिक समाज , राजनितीक दल र नेपाल पत्रकार महासंघ लगायतको सहभागीता रहेको थियो।

सम्बन्धित समाचार