जुम्ला : यही माघ १५ गते पातारासी गाउँपालिका वडा नम्वर ३ की ११ वर्षकी बालिका आफ्नो भाउजु संग उचार गर्नका लागी कार्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको ओपिडिमा गएन । उनको यौनीबाट रगत र सेतोपानी बग्ने समस्या थियो । त्यहा उपचार गर्ने डाक्टरलाई संका लागेपछि ओपिटीबाट ओसिएमसीमा पठाइएको थियो । ओसिएमसीले बालिकालाई करणी भएको संका लागेर गरी सोधपुछ गरे पछि आफनो साँइलो बुवाको छोरा दाइले राती भतिजी नाता पर्ने संग संगै सुतेको अवस्थामा बलात्कार गरेको बताइन । उनले भनिन, बहाना रगत बगेको थियो ।
पिसाव फेर्न शौचालय जादा रगत पनी बगेको थियो । मैले आमा बुवालाई भन्छु भनेकी थए। उनलाई बलात्कार दाईले चक्कु देखायो तैले भनिस भने यसै चक्कुले हान्छु कि खानामा बिस मिसाएर मारिदिन्छु भनेपछि नभनेकी हुँ । त्यस एक महिना बढी भयो लगातार गरत बग्ने भइरहेको छ । धेरै गाहे भएपछि भाउजुलाई भनि उपचार गर्न आएकी हुँ ।
आफन्तबाटै तिरस्कृत
अन्जाजी ११ वर्षका पीडित पालिकाले रुदै भनिन, मलाई मेरा बाबाले गालीगर्नु हुन्छ । तो अलाछिनाले गर्दा हाम्रो सन्तानको बदनामी हुने भयो । तैले गर्दा मेरोपरिवारको इज्जेत फाल्नेभइस, तो मरेपनी पनी हुन्छ ,अब देखि मेरोघरमा आउनु पर्दैन जस्ता शब्द प्रयोग गरेर धम्काउने गरेको बताइन । बालिकाका अनुसार उनकी आमा यतिवेला पचारको लागी जिल्ला बाहिर जानु भएको छ ।
मेरो दाई पनी पढ्दै हुनुहुन्छ । घरपरिवारले आफूलाई हेला गर्लान् भन्ने डर पनी थियो त्यही दाईले मार्ने धम्की पनी दिएको थियो । दुखाइ बढ्दै जान थालेपछि आफूले भोग्नुपरेको पीडा सहन नसकेर भाउजुलाई सुनाएको बताइन । पीडित बालिका बाबा चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी हुन । उनले दाईको छोराबाट बलात्कार भएकाले छोरीको पीडा भन्दा आफ्नो परिवारको इज्जेत जान्छ भन्दै करणीमा परेकी सानी छोरीको यौनीबाट गरत बग्दै गरेको पीडा भन्दा पनी बलात्कार गर्ने दाइको छोराको पक्षपोषण गरेका छन ।
बालिकाको संरक्षण र रेखदेख गर्नुपर्ने परिवारका जिम्मेवार ब्यक्तिबाटै यस्तो लाज मदो हर्कत देखिएको छ । जसले बालिकाको संरक्षण तथा रेखदेख गर्नुपथ्र्याे। तर, तिनै परिवारका विकृत यौन मानसिकता भएका व्यक्तिकै कारणले कलिला उमेर समूहका बालिका बलात्कारजस्तो जघन्य अपराधको सिकार बनेको यो घटना जुम्लाको लागी नयाँ भने होइन ।
पछिल्लो समय अधिकांश बलात्कारका घटना चिनेजानेका आफन्त र आफ्नै परिवारकै सदस्यबाटै बालबालिका असुरक्षित देखिएका छन्। परिवारकै बुवा, हजुरबुबा, काका, छोरा, मामा, दाइभाईलगायतका हाडनाता सम्बन्ध पर्नेबाटै बालिका बलात्कारको सिकार भइरहेका छन्।
त्यस्तै पीडितकै दोष देखाएर परिवार पन्छिन खोज्ने गरेको छ एकद्वार संकट व्यवस्थापन केन्द्र जुम्लाले बताएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी उमेश चन्दका अनुसार बालिकालाई बलात्कार गर्ने पनी पातारासी गाउँपालिकाका ३ कै १५ वर्षका नबालक रहका छन । उनले भने, दुबै जना नाबालक रहेकाले पनी उनीहरुको परिचय गोप्य राखीएको छ । बालक र बालिका दुबै पक्षका अभिभावकबाट असहयोग भएको छ । हामीले अधिकारर्कीहरुको सहयोगमा अनुसन्धान अगाडी बढाएका छौँ ।
नेपाल सरकारका कर्मचारीहरुकै बालिकामाथी कारण भएको घटनामा असहयोग भएको छ । बालिकाको स्वास्थ्य परिक्षण गरी उपचार गरीएको छ ।उनका अनुसार जुम्लामा ‘इज्जत जाने र आफन्तलाई कारवाही हुने डर,एवं पीडकले दिने धम्की लगायतका विभिन्न सामाजिक मान्यताका कारण आफन्तबाट बलात्कृत भएका धेरै घटनामा महिला र बालिका नखुल्ने गरेको पाइन्छ । उनले थपे बलत्कार जस्तो जघन्य अपराधलाई पनि परिवारका सदस्य र आफन्तले ढाकछोपको प्रयास गर्दै मिलाउने कोसीष गर्ने गरेको पाइन्छ ।
समाजमा विभिन्न प्रभाव, राजनैतिक दवाव र आर्थिक प्रलोभनमा परेर पीडितका परिवारका सदस्य र आफन्त यस्ता घटना मिलाउन तर्फ केन्द्रीत भएको धेरै उदारण पनी छन ।कतिपय घटना गाउँमै मिलापत्र गरेर पनि टुङयाउने गरेको भेटिन्छ। उनले घटना भइसकेपछि दोषीलाई कारवाही गर्ने भन्दा पनि मिलापत्र गर्ने तर्फ केन्द्रीत हुनुले पनि आफन्तबाटै महिला र बालिकाहरु असुरक्षित छन् भन्ने कुराको पुष्टि गर्ने गरेको छ ।