जुम्लामा हिमपात, किसानहरु खुशी (फोटो फिचर)

जुम्ला : जुम्लामा यति बेलाको समय स्याउका बगैंचा व्यवस्थापन गर्ने र नया बिरुवा रोप्ने हो । यस कारण हिउँपरेपछि किसानहरु खुशी भएका छन् । भर्खर स्याउ बगैंचा व्यवस्थापन गरेका चन्दननाथ ८ का भैरवबहादुर धरालाले अब बगैंचा सप्रने आशा पलाएको बताउँछन् । उनले भने, यस वर्ष हिउँ पर्न ढिला गर्यो । म मात्रै नभइ हिउदेवाली बिग्रने भन्दै सबै किसान चिन्तीत थिए ।


कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालक राम देवकोटाका अनुसार किसानका लागी यो हिमपात उपयुक्त भएको बताए । उनले भने, स्याउ काँटछाँट गर्ने र नयाँ बिरुवा लगाउने समय पनि भएको छ ।जुम्लाको स्याउ र हिउदेवाली राम्रो हुने उनको भनाईछ ।

यस पटक हिमपात ढिला भएपछि हिउँदेबाली सुक्न थालेको भन्दै किसानले चिन्ता ब्यक्त गर्दै आएका थिए । अहिले झण्डै आधाफिट जती हिउँ जमेको छ । जुम्लामा यो वर्षको पहिलो पटक हिमपात सुरु भएको छ । बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।

सम्बन्धित समाचार