जुम्ला ः जुम्लामा एकजना बालिकालाई बेपत्ता बनाएको भन्दै वडा सदस्यविरुद्ध उजुरी परेको छ। यही माघ दश गते माघ दश गतेबाट १२ वर्षकी बालिका बेपत्ता बनाइएको भन्दै वडा सदस्य पाल्ती रावलको समुह बिरुद्ध उजुरी दर्ता भएको हो । ती बालिकाकी आमा बिस्नकली बुढाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन ।बेपत्ता हुनेमा सिंजा गाउँपालिका ६ जोडु गाउँकी १२ वर्षकी बालिका रमिशा बुढा रहको उनकी आमा बिस्नकली बुढाका अनुसार उनी भेडा चराउन गएको बेलादेखि नै बेपत्ता छिन्। उनका अनुसार रमिशालाई सिजा गाउँपालिका ५ गोरा गाउँकी महिला वडा सदस्य पाल्ती रावलको समुहले बेपत्ता पारेको आमाको आरोप छ । उनी भन्छिन्,‘आफ्नो वनमा भेडा चराउन किन ल्याएको भन्दै आरोप लगाएकाछन ।तीनवटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा विस्नकलीले बताइन्। उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी बताएकी हुन ।
त्यस्तै एउटा खसीको मूल्य १५ हजार रुपैयाँ पर्ने रमिशाका बाजे अम्रिते रावतले बताए। उनका अनुसार रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत बालिका हुन । शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेस प्रसाद भट्टले बालिकाकी आमाले दुई जनाको नाममा निवेदन दिएको बताए। मुनुकली रावल र पाल्ती रावलको नाममा पीडितकी आमाले निवेदन दिएको उनले बताए ।
जिल्लामा रहेको महिला तथा बालबालिका सेललाई खोजतलासका लागि पत्राचार गरेको पनि उनले जानकारी दिए। त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार बालिका बेपता भएको भन्ने पत्र आएको बताए । उनले भने, यसको लागी खोजतलासीको लागी प्रक्रिया अगाडी बढाइएको छ । यस बिषयमा समम्बन्धीत पक्षलाई समेत प्रहरीले पत्र काटी सकेको छ ।
त्यस्तै सिजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बालिका डरायर भागेकी हुन सक्ने बताए । उनले खोजकार्यको लागी सबै संग समन्वय भइरहेको छ । म जिल्ला बाहिर भयपनि प्रहरी लयातका सबै ठाउमा खवर गरेको छु । तिव्रगतीमा खोजीकार्य भइरहेको छ ।