जुम्ला ः सामाजिक कुरिती रोकनका लागी धार्मिक अगुवाहरु संग अन्तरक्रिया कार्याक्रम गरिएको छ । प्लान इन्टरेशनल नेपालको आर्थिक सहयोगमा पेस नेपालको साझेदारीमा संचालित सशक्तबालिका परियोजना र हिमागाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो ।
उक्त कार्याक्रममा यौन पहिचान भएका स्त्रीलिंग,पुलिंग र अन्र्तलिङ्गका आधारमा समुदायले लगाएको यौनिकताको व्यवाहार बारे छलफल भएको छ ।यौनिकताले छुटाएको महिला र पुरुष भएको कारणले यौनिक ब्यवहार गर्ने प्रचलनले गर्दा भएको लैङ्गिक बिभेदको अनुभव आदान प्रदान समेत गरिएक पेस नेपालका कर्यक्रम प्रमुख हेमराज भट्टले बताए ।उनले अनुसार समाजमा यौनिकताको आधारमा गरिने बिभेद न्युनिकरण गर्न जरुरी छ । लिङ्गकताका आधारमा गरिने परम्परागत हानिकारक अभ्यासले किशोरी र महिलाको जिवनमा असर गर्दै आएको देखिन्छ ।उनले भने, जब सम्म समाजका यस्ता समस्या रहिरहन्छन तब सम्म महिला तथा किशोरीले यस्ता कुरितीको समान गर्नु पर्ने देखिन्छ ।
त्यस्तै कार्यक्रममा सहभागी तथा कालिका देउताका धामी रत्नबहादुर शाहीले अबदेखि हामी छोरी बुहारी महिनावारी भएका वेला बिभेद नगर्ने बताए । उनले बिवाहको लगन हेर्दा हामी २० बर्ष पुगेको छ कीभनि जन्मदर्ता माग्ने गरेको बताए । उनले भने, समाजिक कुरितीका कारण हाम्रमो छोरी बुहारी हरुले दुख पाएका छन । हामी महिनावारी भएका महिलाहरुलाई घरभित्रबोलाउने छौँ,हाम्रो थान मात्रै ननछोए हुन्छ ,हाम्रो पुजागर्ने कोठामा नगए हुन्छ भनेर सिकाउने गरेका छौ ।अबका छोरी छोरीबुहारीलाई सधै जानदिनेछौँ,हामी देउदाको पुजामा महिला र पुरुषलाई समान रुपमा ब्यवहार गर्ने बताए ।
त्यस्तै महिला भएको कारण गरिने महिनावारी बिभेद, लगायतका विभिन्नप्रकारका अछुत प्रचलन,सभा समारोहमा अर्थपुर्ण सहभागीतामा छेकवार जस्ता परम्परागतहानिकारक अभ्यासको अन्त्ये गर्नका लागी सबै तयार भएको भन्छै हिमाका धार्मिक अगुवारुले सामुहिक प्रतिबद्धता जाहेर गरेका छन । उनीहरुले भनेका छन हामी महिनावारीलाई हेर्ने छैनौ छोरी र बुहारीको स्वास्थ्यलाई हेर्ने छौँ ।
हामी र धामि ,हाम्रो देउताका तर्फवाट बनाएका चलनहरुले बालबालिका,किशोरी र महिलाहरुको अधिकार हननभएको कुरा बल्ल बुझेका छौँ । यसलाई सबै मिलेर परिवर्तन गर्न तयार भएका छौँ । त्यस्तै कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारले किशोर किशोरी र युवा महिलाका लागी भएको ब्यवस्था र यसको कार्यन्वयनका बिषयमा जानकारी गराइएको थियो ।