जुम्लामा नवौँ राष्ट्रिय योग दिवस (फोटोफिचर )

जुम्ला :  योग शिक्षा स्वस्थकर जीवनको लागी माहत्पुर्ण मानिएको छ । नवौँ  राष्ट्रिय योग दिवस जुम्लामा पनि मनाइएको छ । यस दिवसका दिन मात्रै सिमित हुने योग अभ्यास यस पटक एक हप्ता सम्म संञ्चालन हुने भएको हो ।


मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । जसका कारण माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमिक्त प्रमुख नन्द प्रसाद न्यौपानेले बताए । उनका अनुसार योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने बिश्वास रहिआएको यस सम्बन्धी जानकार हरु बताउँछन । उनले भने,योग सबैका लागि सधैँका लागि आवश्यक छ ।


त्यस्तै जुम्लाका आयुर्वेद स्वाथ्य केनद्रका डाक्टर प्रतिभा शर्माले नियमित योग अभ्यासले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने बताइन । उनले शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । उनका अनुसार योगको महत्त्वबारे सबै नेपालीलाई थाहा दिने उद्देश्यले नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सूरु गरिएको छ। यो एक हप्ता सम्म नेपाली सेनाको टुडिखेल मौदानमा संञ्चालन गरिने छ ।


त्यस्तै जिल्ला समन्वय समितिका प्र्रमुख गौरी नन्द आचार्यले योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोध ,अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग भएको बताए । उनले भने,मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञान नै योग हो ।उनका अनुसार मनिस स्वाथ्य रहनको लागी योग आबश्यक छ । उनले जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग भएको बताए । उनले भने, हरेका नागरिकले योग र ध्यान जरुरी रहेको छ ।


त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतका अनुसार योगले गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ भन्ने बिश्वास छ ।
त्यस्तै स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा र आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा सोमबार पहिलो दिन र्याली सहित जुम्ला बजार परिक्रमा गरी योग दिवस मनाइएको छ ।


त्यस्तै योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।उसो त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको थियो । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पछिल्लो समयमा योगलाई मान्दै आएको पाइन्छ ।

 

सम्बन्धित समाचार