जुम्ला : पातारासी गाउँपालिकाको चार वडालाई छुईगोठ मुक्त घोषणा गरिएको छ । सर्वोदय नेपालको साझेदारी,पातारासी गाउँपालिकाको महिला तथा बालवालिका शाखा र चार वडाको आयोजनामा चार वडा छुईगोठ मुक्त घोषणा गरिएको हो ।
त्यस्तै चारवडाको छुइगोठ मुक्त कार्याक्रममा बोल्दै तिर्खु गाउँका महारुद्ध देवतका धामी जग बहादुर बोहोराले महिनावारी हुदा सरफाइ गरेर घरमा बस्न आग्रह गरेका छन । उनले भने ,देवता पनि मान्छेले नै मानेका हुन । उनका अनुसार घरमा बस्दा देवता रिसाउँछन्,पढाइ विग्रन्छ,विरामी परिन्छ कुरा गलत हो । धामी बोहोराका अनुसार पहिलेका मान्छे संग धेरै कपडा हुदैन थिए । फोहोरका कारणले अलगै बस भनिएको हो । अहिले महिला दिदि बैहीनी संग लगाउने कपडा धेरै हुन्छन । सरफाइ गरेर घरमा बस्दा फरक पदैन । म धामी भएपनि मेरा श्रीमती,छोरी र बुहारीलाई घरमा छु्रइ भएका वेला घरमा बसाल्ने गरेको छु ।
त्यस्तै पातारासीलाई गाउपालिकालाई छुईगोठ मुक्त पालिका बनाउने लक्ष्यका साथ सर्वोदय नेपालको साझेदारीमा सचेतना कार्याक्रम गरिएको महिला तथा बालवालिका शाखाका प्रमुख भगवती गरीले बताईन । उनका अनुसार पहिलेको तुलना भन्दा छुईप्रथाका क्षेत्रमा भएको सुधार र सामाजिक शसक्तिकरण राम्रो पक्ष भएको बताइन ।
त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णहिंस बोहोराले गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर छैन् । सबै महिला किशोरी घरमै बस्दै आएका छन् । धामि झाँक्रिहरुलाई पटक पटक अभिमुखिकरण गर्दै आएका थियौँ ।उनका अनुसार ४ नम्बर वडाका तिर्खु,लाम्री र डिल्लीचौ गरि तीन गाउँमा कुल पाँच सय घरधुरी रहेको छ । उनले भने,दुई हजार एक सय ९५ जनसंख्यामा रहेको छ । जसमा महिला एक हजार ७० जना र पुरुष एक हजास एक सय २५ जना रहेका छन् ।
त्यस्तै तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले समाजमा विकृतीका रुपमा जरा गाडेर बसेको छुइप्रथा न्युनीकरणका लागि छ्ईगोठ मुक्त अभियान कुशे ढुङगा सावित हुने बताए ।उनले भनिन्, ‘छुइप्रथा महिलाको वृत्ति विकासको बाधक हो। अब छुइप्रथालाई उन्मुलन गर्नु जरुरी छ।
त्यस्तै सर्वोदय नेपालका निर्देशक कमल खत्रीले छुईगोठ मुक्त घोषणा कार्यक्रममा गर्नु भन्दा पहिला वडाका विभिन्न गाउँका महिलाहरुले सचेतना दिइएको थियो । उनीअहरुलाई छुई प्रथा र छुईगोठमा बस्दा हुने असर घरमा बस्दा हुने फाईदाका विषयमा जानकारी गराइएको छ ।उनले भने,‘छुईप्रथा महिला शसक्तिकरणको मुख्य बाधक बनेको हो । महिला सक्षम नभए सम्म समाज रुपान्तरण सम्भव छैन् ।पातारासीको सरकारको मात्रै नभइ जुम्लाका सबै पालिकाको लगानी पनि महिला शसक्तिकरण केन्द्रित हुन जरुरी छ ।
छुईगोठ मुक्त कार्यक्रममा सर्वोदयलाई सम्मान
पातारासी गाउँपालिकाका ४ वडाका तिर्खु,लाम्री , लुमा ,भोटगाउ बौसेनी, गोल्काटी र डिल्लीचौ गरी साता गाउ कुल पाँच सय घरधुरी रहेकोलाई छुइएगोठ मुक्त गर्नका लागी योगदान दिएको भन्दै सर्वोदय नेपाललाई सम्मान गरिएको छ । बिगत्त लामो समस देखि महिला सामाजिक सशक्तिकरणका काममा प्रथामिकतमा दिएको भन्दै पातारासी गाउँपालिकाले सर्वोदय नेपालका अध्यक्ष नरायणी चौलागाईलामई प्रमाण पत्र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
त्यस्तै सम्मान पत्र बुझ्दै अध्यक्ष चौलागाईले छुईगोठ मुक्त घोषणाले महिलालाई हरेक हिसाबले सुरक्षित बनाउने र कार्यबोझ पनि कम हुने उनको अपेक्षा गरिएको बताइन । छुईगोठ मुक्त वडा घोषणाका लागि विभिन्न सुचक पूरा गर्नका लागी गाउँ देखि बस्ती हुदै विद्यालयहरुमा पनी सचेतनाका कार्यक्रम गरिएको बताईन् । उनका अनुसार यसअघि सर्वोदय नेपालको सहयोगमा पातारासीका वडा नं २ र ५ छुईगोठ मुक्त घोषणा भईसकेका छन ।
त्यस्तै गाउँगाउँमा पालिकाकालाई छुइगोठ मुक्त पालिका घोषणा गर्नका लागी त्यहाको महिला तथा बालबालिका शाखा,सर्वाेदय नेपाल,किर्डाक नेपाल, पातारासीमा गठम भएका क्लब,महिला समुह,विद्यालय र किशोरीहरुसंग सचेतनाका कार्यक्रम गरिरहेका छन ।
त्यस्तै छुइगोठ मुक्त वडा घोषण कार्यक्रममा सबैले छुइ भएको समयमा महिलालाई घरमै बस्ने प्रतिबद्धता गर्दै हस्तारक्षर गरेका छन । छुइ भएको समयमा पोषिलो खानेकुरा खुवाउने, अधिकतम आराम गर्न दिने र सम्मानजनक व्यवहार गर्ने लगायतका बिषयमा प्रतिबद्धता जाहेर गर्ने गरेका हुन ।