भेरीखोलाको थलालेडाँडामा टावर जडान : टोप्लाका नागरिक भन्छन,टावरले कामै गरेको छैन

जुम्ला : तातोपानी गाउँपालिका– ७ र ८ वडालाई लक्षित गरी फोरजी सहित टेलिफोन सेवा सञ्चालनमा भएको छ ।गाउँपालिकाको दुर्गम मानिने भेरीखोलाको थलालेडाँडामा टावर सञ्चालनमा आएपछि फोरजी सहितको सञ्चार सेवा सुचारु भएको हो ।वर्षौँदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाले बताएको छ ।
त्यस्तै टोप्लाका स्थानीय मान बहादुर शाहीका अनुसार टावर जडान भएको हो । यो टोप्ला र थलाले गाउँमा काम गरेको छैन ।उनले भने,फोन टावर पनी पहिले कै जस्तै छ ।फोरजी सेवा आउँछ भन्ने सुनेका थियौँ आएका छैन ।उनले भने,टोप्ला गाउका लागी आधारभूत सेवाभित्र पर्ने सञ्चार सेवाबाट वर्षौँदेखि वञ्चित छ । यस पटक टेलिकमले फोरसजी सेवा सहितको टावर जोडिएको छ । अब बिस्तारै यसको समस्या समाधान हुन्छ भन्ने आशा जागेको छ ।
त्यस्तै नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सूर्य प्रकाश यादवका अनुसार भेरीखोलाको थलाले टावरमा फोरजी सहित टेलिफोन सेवा सञ्चालन भएको छ । टुजीको काम भइसकेको छ फोरजीको काम भइसकेको छ । केही काम बाँकी छ,टोप्ला र थलालेगाउँमा काम नगरेको बिषयमा टोली खटिरहेको छ ।

त्यस्तै तातोपानी ८ नम्बर वडाध्यक्ष नर बहादुर रावतले ताम्ती बारागाउँ मुछालदेउ तिर राम्रो संग कामले गरेको भन्ने खवर आएको बताए ।उनले भने,‘थालालेगाउँ र टोप्ला गाउँमा टावरले काम नगरेको खवर आएको बताए ।उनका अनुसार ढिलै भए पनि अब भेरीखोलाका नागरिकले सञ्चार सेवाको पहुँचमा पुग्ने बताए ।
त्यस्तै जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङका अनुसार पहिलो पटक तातोपानी गाउँपालिका पुग्दा गाउँपालिकाका वडा नं ८ को थलालेमा टेलिकमको टावर निर्माण काम अलपत्र परेको भन्ने खवर गाउँपालिकाले सुनाएको थियो ।

त्यहाँ इन्टरनेट सेवा नहुँदा बैंकको एक्सटेन्सन काउन्टर राख्न नसकेको र सोही कारण वडा नं ७ र ८ का जनताले टेलिफोन सेवाबाट बन्चित भएको गुनासो आएपछि तत्काल बनाउन पहल गरिएको थियो । उनले भनिन,बैंकको काउन्टर नहुँदा सामाजिक सुरक्षा भत्ता लिन एकदिन पैदल हिँडेर लिताकोट आउनु पर्ने बाध्यता रहेको पनी गुनोस आएको छ । यसका लागी पनी पहल गर्ने बताइन । उनका अनुसार जुम्लाको गुनासो छिटो छरितो सुनाई गरेकोमा नेपाल सरकार सञ्चार तथा सुचना मन्त्रालय सहित सवैलाई आभार ब्यक्त गरेकी छन ।

त्यस्तै सूचना र प्रविधिको युगमा पनि भेरीखोलाका बासिन्दा टावर नहुँदा सूचना आदान–प्रदान गर्नबाटै वञ्चित भएका थिए । स्थानीय सरकारले संघ प्रदेश हुदै संघिय सरकार संग टावर संञ्चालनको लागी पहल गर्दै आएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाइले बताए । उनका अनुसार ढिलै भए पनि थलालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन जडान कार्य अगाडी बढेको छ । उनले भने,यसले गर्दा भेरीखोला क्षेत्र सञ्चार सेवाको पहुँचका पुगेको अध्यक्ष चौलागाईंले बताए। वर्षौँदेखि अलपत्र रहेको थलाले टावर सञ्चालनका लागि पालिकाले निरन्तर ताकेता गरिरहेको थियो।

 

 

सम्बन्धित समाचार