लागूऔषध प्रयोगकर्ताको पुनर्जीवन दिँदै कर्णाली टिन च्यालेन्ज ड्रग्क रिहाबिलेटेशन सन्टेर


जुम्ला: लागु औषध दुब्र्यसनीमा लागेर लठ्ठिएका युवा युवालाई सुधार गर्नका लागी कर्णाली टिन च्यालेन्स ड्रक रियाबिलेटेशन सन्टेर भराशा बनेको छ । पातारासी गाउँपालिका ७ पटमा गाउका सुबास बुढाले आफ्नो ब्यक्तिगत लगानीले संञ्चालनमा ल्याएको टिन च्यालेन्स ड्रग्क रियाबिलेटेशन सन्टेर लागुऔषधको लत्तमा फसेकाहरुको लागी भराशाको केन्द्र बन्दै गएको हो । संञ्चालक बुढाका अनुसार कर्णाली टिन च्यालेन्स ड्रक रियाबिलेटेशन सन्टेर खोलिएको झाण्डै ५ वर्ष भएको छ । यो अवधिमा उनले १५ जनालाई राखिसकेका छन । त्यहा आउनेहरु मधिरा सेवन सिरिन्ज, ट्याबलेट, एम्पुल, ह्वाइट, ब्राउन सुगर होस् वा अन्य कुनै प्रकारका ड्रग्स लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको आश बोकेको छ ।

त्यस्तै सुवास बुढा आफुनै पहिला लागु औषध दुर्व्यसनमा लागेर भारतको एक सुधार केन्द्र बसेर निको भएर आएका ब्यक्ति हुन । उनले भने,म आफु सुधार भएपछि अहिले जुम्लाका १४ जनालाई सेवा दिएका छौ । स्थापना देखि अहिलेसम्म झण्डै २० लाख जती आफ्नो लागानी लागेको छ । २ लाख ७६ हजार नगरपालिकाको दिएको थियो। आधा घेराबार भएको छ ।

त्यस्तै पातारासीका बिरामी राखीदिए बापत दुई लाख दिएको थियो । अहिले गुठीचौर गाउँपालिकाले एक लाख सहयोग गरेको छ । गुठीचौर गाउँपालिका र अध्यक्ष दान बहादुर बुढालाई हार्दिक आभार ब्यक्त गर्दछु । संञ्चालक सुबास बढाले भने, जुन उद्देश्यले संञ्चालन गरेको हुँ त्यही अनुसारको काम रकम अभावले सकेको छैन ।
कर्णाली टिन च्यालेन्स ड्रक रियाबिलेटेशन सन्टेरको सबै तिर घेराबार गर्न बाकी छ ।दुइ तला मात्रै भनाइएको छ । लत्ताकपडा र आबश्यक फनिर्चनर बनाउन सकिएको अवस्था छैन ।उनले भने, जुम्लाका युवा पुस्ता लागुऔषध तर्फ केन्द्रीत भयर आपराधिक गतिविधिमा संलग्न भएको भेटिन्छ । तर यस्ता बिषयमा स्थानीय सरकार जागुरुप हुनु पर्ने हो । तेतातर्फ कोही सकैको ध्यान नजादा चुनौती थपिएको छ । सुबासले संञ्चालन गरेको टिन च्यालेन्स ड्रक रियाबिलेटेशन सन्टेरमा अहिले पनी पतारासी गाउपालिका ४का कर्ण बहादुर रावत छन । उनलाई त्यहा राखेको १५ महिना भइसकेको छ । उनी पहिला धेरै मात्रमा मधिरा सेवन गरी मानसिक रोगी बनेका थिए। अहिले उनी समान्य अवस्था फर्किएका छन । सुवासको यो सेन्टरबाट १४ जनाले पुर्नजिवन पाएका छन ।


जुम्ला प्रहरीको तथ्याङ्क
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५ र २०७८÷०७९ मा ७ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९÷०८० मा १२ वटा मुद्दा दर्ता भएका प्रहरी निरिक्षक याम बहादुर सूचना अधिकारी बुढामगरले बताए । उनले भने,आर्थिक वर्ष २०७७÷०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषधका ५ वटा मुद्दा दता भएका थिए । पाँच वटा मुद्दा मध्ये ब्राउन सुगरका ४ र १ वटा चरेशको मुद्दा दर्ता भएका थिए ।जस मध्यबाट ६ सय ८० मिलि ग्राम ब्राउन सुगर र १ सय ४ ग्राम चरेश बरामद भएको थियो । उनका अनुसार लागु औषध सेवन तथा कारोबार गर्ने १८ देखि ४० वर्ष उमेर समूहका बढी रहेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ७ वटा मुद्दा दर्ता भएको उनले बताए। उक्त मुद्दामा १८ वर्ष मुनिका २ जना र १८ देखि ४० वर्ष सम्मका १२ जना थिए । जस मध्यबाट चरेश ७६.६ सय २० ग्राम, ब्राउन सुगर १ सय ५ मिलिग्राम र ट्रमाडोल र कोलोनोजेपाम २ सय ४१ पिस बरामद गरिएको बताए। यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा १२ वटा मुद्दा दर्ता भएका छन्। जस मध्येबाट चरेश २ ग्राम १ सय ९० मिलिग्राम, ब्राउन सुगर १३ ग्राम ९३ मिलिग्राम, गाँजा १५ ग्राम ८२ मिलि ग्राम र नाईट्राभेट ट्याब्लेट ३४ वटा बरामद भएको थियो । प्रहरी निरिक्षक बुढाका अनुसार यस चालु आवको हाल सम्म ९ वटा मुद्दा दर्ता भएका छन । उनका अनुसार पहिलेको र अहिलेको तथ्याङ्कलाई तुलना गर्दा लागु औषध प्रयोग कर्ताको संख्या दोब्बरले बढेको छ ।

त्यस्तै जुम्ला लागुऔषधको दुब्र्यसनीको लत्तमा युवा पुस्ता लिप्त भइपनि एक चन्दननाथ नगरपालिका सहित आठ वटा स्थानीय निकायले सुधारकेन्द्र बनाउने तर्फ ध्यान गएको छैन । सरकारले बिकासका रुपम सडक ,पुल, भवन जस्ता कार्यालाई प्रथामिकता दिएका कारण सुबास बुढाले जस्ता समाजिक क्षेत्रमा काम गर्ने ब्यक्तिलाई आर्थिक रुपमा असज भएको छ ।

सम्बन्धित समाचार