अध्ययन-अध्यापनसँगै सीप दिने उदाहरणीय स्कुल एशिया


जुम्ला । भनिन्छ नि बिद्यालय एक शिक्षा आर्जन गर्ने वा अध्यायन गर्ने थलो मात्रै हो । विद्यालयमा भर्ना भएका बालबालिकाहरूलाई कसरी टिकाउने, निजी विद्यालय र सामुदायिक विद्यालयहरू बीचको शिक्षण सिकाइमा कसरी एक रूपता ल्याउने ? सामुदायिक विद्यालयहरू कमजोर र बन्द हुँदै गए भने के हुन्छ ? निजी

विद्यालयहरूविरुद्ध आन्दोलन गर्न जरुरी छ कि छैन ? भन्ने विषय र सन्दर्भमा यतिवेला चर्र्चाको बिषय बन्ने गरेको पाइन्छ । तर जुम्लामा एक यस्तो निजि बिद्यालयमा किताब मात्रै होइन, सिप मुलक शिक्षा दिइदै आएको पाइएको छ ।

त्यो बिद्यालयको नाम हो एशिया इन्टरने शनल बोडिङ स्कुल । २०७२ साल देखि संञ्चालनमा आएको एसिया स्कुलले ८ सम्म पढाई रहेको चन्दननाथ नगरपालिका ५ वडामा अवस्ति छ । त्यो बिद्यालयले किताबी ज्ञान मात्रै नभइ, उद्योमसिल्ता, र साँस्कारमा अधारित शिक्षा दिर्दै उदाहरणीय बनेको छ ।


त्यो बिद्यालय संग बिभिन्न उद्योम सिल्तालाई पनि जोडिएको छ ।त्यहा पारिलो घाममा छरपष्ट ईटाहरु छन्,त्यस विचमा फलामका विभिन्न साना साना सामानहरुको विचमा उनि सामान मिलाउ छन,विगार्छन र फेरी बनाइन्छ । त्यहा अध्यायन गरेका एक बिद्यार्थी हुन १६ वर्षिया छक्क अधिकारी ।


जुम्ला गुठिचौर गाउँपालिका सात निवासी छक्क अधिकारी सिप,कला र बहुप्रतिभाका धनिको रुपमा अहिले उदाएका छन् । उनी बिद्यालय संग जोडिएको एम्स मल्टि म्यानिफ्या क्चरिङ कम्पनीमा छक्क अधिकारले विभिन्न प्रकारका मेशिन सामग्रहिरु बनाउदै आएका छन् ।

छक्कले आफुलाई त्यस स्कुलमा आश्रय सहित खाना बस्न निशुल्क सहयोग गरेपछि पढ्न सजिलो भएको बताउछन् । उनले भने,‘विस्तारै विद्यालयले अध्ययन सँगै शिप कलामा जोड दिएपछि आफ्नो जीवनमा निकै परिवर्तन महशुस भएको छ । छक्कले एसिया स्कुलमै बसेर ईन्टरलक ईटा बनाउने मेशिन आविश्कार गरेको बताए । उनी भन्छन,यहा पहिले ल्याएको मेसिन बिग्रेको थियो । आफैले नयाँ मेसिन बनाउने प्रयास गर्दा गर्दा सफल भए ।

अहिले त बिभिन्न प्रकारका धेरै मेसिन बनाएको छु । छक्क अधिकारी भन्छन, पढाई संगै सिप र कलालाई अगाडी बढाउने इच्छा थियो। एसिया स्कुलमा जोडिएपछि पुरा भएको छ । उनका अनुसार अहिले एम्स कम्पनीलाई आवश्यकता अनुसारको मेशिनहरु जस्तो भएपनि बनाउने गरेको छु । उनले भने,अहिले पनी म यहि एशिया स्कुलको आवासगृहमा बसेर विद्यालय समयमा रत्नचुडेश्वर मा.वि.मा कक्षा दशमा अध्ययन गरिरहेको छु ।

त्यस्तै छक्कको आधारभुत शिक्षा एशिया विद्यालयबाट पुरा गरेर माध्यामिक तहको शिक्षाको लागी रत्नचुडेश्वर मा.वि.मा पढ्दै गरेको एशिया स्कुलका संञ्चालक मनोज बुढाथोकी मगरले बताए ।उनका अनुसार छक्क एक बहुप्रतिभाशाली विद्याथी हुन ।उनले भने,छक्क शुरुमा विद्यालय आउदा गित गाईरहने हुदा संगितको क्षेत्रमा अगाडि बढाउनुपर्छ लागेको थियो ।

त्यस कारणले छक्कको उप नाम संगित पनि भन्ने गरिएको छ । तर पछि उनी सिपका पनी धनि निस्किए । उनले अहिले लाखौ मुल्यको भुकम्प प्रतिरोधी स्लाईडिङ ईन्टरलक मेशिन बनाईदिएका छन ।

त्यो मेशिनले अहिले जुम्लामै एम्स मल्टि म्यानिफ्याक्चरिङ कम्पनी मार्फत ईटा उत्पादन भई जुम्लामा भुकम्प प्रतिरोधी घरहरु निर्माण भईरहेका छन् । मनोजले थपे,‘छक्कको शिपपछि एशिया स्कुलले अहिले बालबालिकाका लागि एउटा शिप सिक्ने उद्योग अन्तरगत अनुसन्धान केन्द्र वनाईएको छ ।त्यहाँ पानी तान्ने मेशिन, बत्ति, विजुली उत्पादन गर्ने मेशिन, फलाम काटने मेशिन सहित विभिन्न मेशिनहरु नयाँ बनाउने र विग्रेका पनि वनाउने गरिएका छन । छक्कको वहुप्रतिभा देखेर एशिया स्कुलले उनलाई निशुल्क बसाई,अध्ययनमा लगानी पनि गरिरहेको छ ।

कसरी प्रतिभाशाली भए छक्क

त्यस्तै सवै क्षेत्रमा प्रतिभाशाली छक्क अधिकारी कसरी सफल भईरहेका छन् भन्ने बिषयमा छक्ककी आमा स्यानु अधिकारी वि.सं २०७२।०७३ सालमा छोरालाई कुन विद्यालयमा कसरी पढाउने चिन्ता लागेको थिए ।

जुम्ला सदरमुकाम देखी २ घण्टा टाढा गुठिचौर गाउँपालिका थामबाडाबाट अध्ययनका लागी छोरालाई सदरमुकाम खलंगा पठाएको थिए ।उनले भनिन, आज भन्दा सात वर्ष अगाडी चन्दननाथ नगरपालिका ५ मा रहेको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा ३ कक्षामा भर्ना गरिएको हो ।

तर अहिले छोरा छक्कले अहिलेनै गाडि चलाउन, टेक्टर तथा मोटरसाईकल चलाउने शिप पनि सिकिरहेका छन । छोराको विषयमा एशिया स्कुल अहिले अभिभावकत्व प्रदान गरेको छ । मलाई अहिले छोरा छक्कले गरिरहेको प्रगति हेर्दा खुशी लागेको छ ।

त्यस्तै श्री रत्तचुडेश्वर माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ बर्षिय छक्क अधिकारीले अध्ययन सँगै विभिन्न प्रकारका मेशिनहरु बनाउने, गित गाउँने, पेन्टिङ गर्ने, चित्र बनाउने विषयमा अग्रणी हुदै आएका छन् ।

विद्यालयमा आफना छोराछोरीलाई पढाउने सेना, प्रहरी, शिक्षक, कर्मचारी बनाउने भन्ने सबैको म नमस्तिकमा बस्दै आएको पाइन्छ । अबको शिक्षा जागृर खानाका लागी मात्रै नभइ सिप सिकाइ उनीहरुको दैनिकी परिवर्तन तर्फको हुन पर्छ भन्ने मख्य यद्देश्य सहित एशिया स्कुल स्थापना गरिएको हो ।

सम्बन्धित समाचार