जुम्ला ः जुम्लामा टाइफाइड खोप अभियान हुने भएको छ । यहि पुस ८ देखि १३ गतेसम्म जुम्लाका १६ वर्ष देखि ४५ वर्ष उम्मेर समुहका नागरिकलाइ टाइफाइड खोप लगाइने भएको हो ।जन स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार यस अघि जाजरकोट ,रुकुमपश्चिम भूकम्प प्रभावित जिल्लाहरूमा खोप अभियान चलाइएको छ । यस अन्तरगत्त जुम्लाका झण्र्डै ५४ हजार नागरिककलाई निशुल्क रुपमा टाइफाइड खोप लगाउने तयारी रहेको छ ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सपकोटाले जुम्लाको सिजा क्षेत्रमा पर्ने ,हिमा ,सिजा र कनका सुन्दरी गरी तिन पालिकामा ८,९,१० गते खोप अभियान चलाइने भएको छ । त्यस्तै ११ देखि १३ गते सम्म तातोपानीगाउँपालिका, तिला, पातारासी ,र गुठीचौर गाउँपालिकामा लगाइने छ । उनका अनुसार जुम्ला जाजरकोट, रुकुम (पश्चिम), दैलेख, जुम्ला, सल्यान, कालिकोट र सुर्खेत जिल्लामा खोप अभियान सञ्चालन गरिने छ । उनले भने, जुम्लाको हकमा १६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड खोप दिन लागिएको छ । भने,जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुवेलाको खोप पनि दिने कार्यक्रम रहेको छ।
त्यस्तै बिश्व स्वाथ्य संगठनबाट जुम्ला पुगेका डाक्टर पूरुषोत्तम सेडाईका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपान लगायतका कुराहरूबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान ल्याएको बताए । उनले टाइफाइड प्रमुख दिसाजन्य बस्तु, फोहोर पानीकै कारण हुने गर्दछ। पछिल्लो समय टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ। उनका अनुसार अहिले १६ देखि ४५ वर्षको लागी यो खोप लगाउनका लागी अध्यायन भएको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको बताए । उनले भने, जुम्लामा संञ्चालन हुने टाइफाइड खोप अभियानलाई प्रभावकारी रुपमा संञ्चालन गर्नका लागी सबै निकायलाई लाग्न अनुरोध गरे ।
यस्तो छ खोप अभियानको तयारी
त्यस्तै खोप अभियान संञ्चालनको लागी खोप अभियानको अनुगमन तथा सुपरीवेक्षण गरिने भएको छ । खोप अभियान सञ्चालनको सूक्ष्म योजना ठीकसँग तर्जुमा भए नभएको हेरिने छ । त्यस्तै खोपको पहुँच नभएकालाई पायक पर्ने स्थानमा समेत खोप केन्द्र स्थल भए नभएको अनुगमन गरिने छ ।त्यस्तै खोप, कोल्ड चेन सामाग्री, अन्य खोप सामग्रीको उपलब्धता र पर्याप्तता भए नभएको र स्वास्थ्यकर्मी र स्वयंसेवक पर्याप्त, जिम्मेवारी बाँडफाँड भए नभएको र कार्य सम्पादनको अवस्था भ्याक्सिन क्यारियरमा ४ वटा आइसप्याक भए नभएको भनि हेर्नको लागी तयरामी कमिटि गठन छ । कण्डिसनिङ्ग गरेको आईसप्याक प्रयोग भए नभएको, खोपको भिभिएम को अवस्था ठीक भए नभएको ,भ्याक्सिन क्यारियरलाई सिधा सूर्यको प्रकाश पर्ने ठाउँमा राखे नराखेको पनी हेरिन्छ ।त्यस्तै आवश्यक स्वास्थ्यकर्मी र स्वयंसेवक पर्याप्त, जिम्मेवारी बाँडफाँड भए नभएको हेरिन्छ ।
त्यस्तै जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला स्थित खोप समितिको बैठकले यो खोप अभियान वारे समुदायको धारणा र अभियानको व्यवस्थापनको अवस्था पहिचान र कभरेज अवस्थाको विश्लेषण गरिएको छ । प्रमुख आचार्यले स्थानीय स्वास्थ्य संस्थाबाट खटिने सुपरीवेक्षकबाट वडा तथा टोल बस्तीमा स्थानीय तह र स्वास्थ्य कार्यालयबाट खटिने स्वास्थ्यकर्मीलाई खोप कार्यक्रममा सहयोग गर्नका लागी अनुरोध गरेका छन ।