सामाजिक अपराध रोक्न बालवालिका पढाउँदै जुम्ला प्रहरी

जुम्ला ःजुम्ला प्रहरीले बालविवाह ,लागुऔषध दुव्र्यसन र साइबर अपराध र न्युनिकारण गर्नका लागी बालवालिका पढाउन थालेको छ ।समाजमा बढ्दै गएको बालविवाह ,लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध बालवालिकालाई सचेत गराउनका लागी पढाउन थालिएको हो ।
चन्दननाथ नगरपालिकाको महिला तथा बालवालिका शाखाको आयोजना , युनिसेफको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी साझेदारी कार्याक्रम अन्तरगत्त १८ वर्ष मुनिका बालवालिकालाई सचेतना दिइएको हो । नगरपालिकाका दशै वडाका बालक्लब र संञ्जालमा अबद्ध भएका बालवालिकालाई बालविवाह ,लागुऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धीको प्रशिक्षण दिइएको छ ।


त्यस्तै जिल्ल प्रहरी कार्यालयका प्रमुख प्रल्हाद कार्कीले नेपाल प्रहरीले यस अघि शिक्षक शिक्षिका एवं विद्यार्थीहरु बिचमा लागु औषध तथा दुर्व्यसनी, लैगिङक हिंसा र बाल विवाह विरुद्ध कसुरका विषयमा सचेतनाका कार्यक्रम गर्दै आएको बताए ।उनका अनुसार जिल्ला प्रहरीले प्रत्येक महिना कुनै न कुनै विद्यालयका विद्यार्थीका लागि प्रहरी के हो?, प्रहरीले दिने सेवा कस्तो हो?, प्रहरीबाट कसरी सहयोग लिन सकिन्छ भन्नेजस्ता विषयमा कक्षा सञ्चालन गर्ने गरेको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका असई बिवेक खनालले पछिल्लो समयमा १८ वर्ष भन्दा कम उम्मेरका बालवालिका नै लागुऔषध दुब्यसनमा बढी लागेकाले उनिहरुलाई सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताए । उनका अनुसार घरेलु हिंसा, लागु औषध दुव्यर्सनविरुद्ध सचेतना, बालविवाह,अपराध नियन्त्रण,कानुनी प्रभावधानका बारेमा सचेतना दिइएको छ ।


त्यस्तै चन्दनाथ नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत पृथ्बी नाथ यौगीले बालविवाह र लागुऔषध जस्ता कुरिती बिरुद्ध बालवालिकालाई नै सचेत गागराउनु पर्ने अबस्था आइपरेको बताए । उनले भने, नगरपालिकाले सबैको सहयोगमा बालविवाह रोक्नको लागी अभियान चलाउन थालेको छ । समाजमा हुने बिकृती रोकनका लागी बालक्लबहरु सक्रिय हुनु पर्ने बताए ।


त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले बालवालिकालाई लागु पदार्थ सेवनको असर, प्रभाव र रोकथामबारे सहजीकरण गरेको प्रति जुम्ला प्रहरीलाई अभार ब्यक्त गरे । उनले भने, लागु पदार्थले मानसिक, शारीरिक, आर्थिक, पारिवारिक र सामुदायिक रूपमा असरको बारेमा सबैले सचेत हुन जरुरी छ । उनका अनुसार अहिले बढ्दो क्रममा रहेको बालविवाह र लागुऔषधको सेवन रोक्नका लागी प्रहरीले दिएको सचतेना बालवालिकाका लागी महत्वपुण हुने बताए ।

त्यस्तै चन्ददननाथ नगरपालिका महलिा तथाच बालवालिका शाखाका महिला बिकास साहयक निरीक्षक तथा नगर बालकल्यान अधिकारी पुस्पा थापाले साइबर अपराध एवं लागुऔषध र बालविवाह न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो । उनका अनुसार जिल्लास्थित विभिन्न विद्यालयबाट एसइइको ट्युसन पढ्न आएका बालवालिकालाई लागुपदार्थबाट हुने हानी र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा पढाउन थालिएको छ ।

उनका अनुसार समाजमा हुने कुरीति रोक्नका लागी नगरपालिकाको एक्लो प्रयासले सकिदैन । यसको लागी यहका सारोकारवाला र बालक्लबहरुको पनी यत्तिकै आबश्यक छ ।
त्यस्तै लागु औधषले जीवन, परिवार तथा समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पुयाइरहेकोले यसको नियन्त्रणका लागि सबै जुट्नु पर्ने बेला आएको छ ।

सम्बन्धित समाचार