जुम्ला ः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर झै जुम्लामा पनि शुरु भएको छ ।‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’भन्ने नाराका साथ अभियान शुरु भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिन अभियान चलाइन्छ ।
सन् १९८०को दशक देखि नै विभिन्न मुलुकले महिला माथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो। खयस पटक जुम्लाको चन्दननाथ नगरपालिका यहाको सरोकार वाला निकायले बिभिन्न अन्तरक्रिया कार्यक्रमा माइने भएको छन ।
चन्दननाथका महिला बालबालिका शाखामा कार्यरक्त पुस्पा थापा अनुसार महिला हिंसा विरुद्धको हिंसा न्युनिकारण गर्नका लागी सबैको हातेमालो आवश्यक रहेको बताइन । उनका अनुसार शनिवार पहिलो दिन कृष्ण मन्दिर अगाडी दिप प्रज्वलन गरी उद्धघाटन गरीएको छ । साथै अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा नगरपालिकाका सबै वडामा कार्यक्रम गरिने छ ।