जुम्ला ः जुम्लामा नवौ उद्योग दिवश मनाईएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुला नाराका साथ जिल्लामा उद्योग दिवस मनाईएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा दिवशको अवसरमा २२ जना उद्यमीलाई सम्मान गरिएको छ । राडिापाखी, नर्सरी, अचार उद्योग, जडिवुटि सहित विभिन्न क्षेत्रका उद्योगीलाई सम्मान गरिएको हो ।
दिवशको अवसरमा कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी सन्तोष कार्कीलाई सम्मान गरिएको छ । कार्कीले सेवा अवधिमा कार्यालयमा उत्कृष्ट काम गरेको बताईएको छ । उद्यमीहरुले कच्चा पदार्थको लगानीको बिषय, बजार र गर्न सक्ने उद्यमीलाई सरकारको लगानी प्रथामिकतामा राख्न अनुरोध गरेका छन् ।
उद्यमी कुञ्जाङ लामाले आफुले राडिपाखिबाट कर्णालीमै नमूना बनाउन खोजेपनि प्राप्त लगानी नहुदा समस्या भएको बताइन । त्यस्तै उद्यमी नारायणी चौलागाईले उद्योग दिवशलाई व्यापक रुपमा बृहत मनाएर जनचेतना फैलाउन आवश्यक रहेको बताइन । उद्यमी तथा सफल होटल व्यवसायी पदमबहादुर महतले जिल्लाका उद्यमीको आवश्यकता अनुसार सरकारका कार्यक्रमले प्रथामिकता दिनुपर्ने बताए ।
अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तालिम र लिएर उपयोग गर्नु, व्यवसायी वन्नका लागी उद्यमीलाई धन्यवाद दिए । उनका अनुसार अनुदान लिने तर छोडिदिने कामको निगरानी हुन आवश्यक छ । त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जिल्लामा फरक प्रकृतिका उद्योगहरु संचालन गर्न सुझाव बताए । त्यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार वाँनियाले सम्भावनमा भएका उद्योगमा लगानी गर्दै आएको बताए । उनले कार्यालयमा आएको कार्याक्रममा विषयमा जानकारी दिएका छन ।