रत्नचुडेश्वर विद्यालयमा वेथिति : स्थायी अध्यापन अनुमति पत्र नभएका शिक्षक नियुक्ति देखि १५ दिने सूचना एक दिन मात्रै सार्वजनिक

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका १० को श्री रत्नचुडेश्वर माध्यमिक विद्यालय बोहोरागाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा कानून मिचेर शिक्षक भर्ना गरेको पाइएको छ ।विद्यालय सरस्वतीको मन्दिर भनिन्छ तर यही मन्दिरमा समाजका केही मुठ्ठीभर पहुँचवालाहरुले आफ्नो स्वार्थपूर्ति गर्ने थलोको रुपमा प्रयोग गरेको पाइएको छ । विसं.२०७९ चैत्र १५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेकोे अध्यक्षतामा बैठक बसी शिक्षक महेशकुमार नेपाली ,जगदीश न्यौपाने र कविन्द्र रोकायाले विभिन्न समयमा दिएका राजीनामा स्वीकृत भएको छ । पहिलो निर्णय २०७९ चैत १५ गते गरेको छ ।


त्यही दिनको बैठकमा राजीनामा स्वीकृत भएको जानकारी शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा गराउने निर्णय पनि गरेको छ ।

तीन रिक्त अनुदान दरबन्दीमा विद्यालयको आवश्यकता अनुसार लेखा, अर्थशास्त्र र शिक्षशास्त्रमा शिक्षक नियुक्तिका लागि अनुमति माग गरी पठाउने निर्णय गरेको छ । उक्त निर्णय सो समितिले २०८० जेठ ८ गते पनि गरेको माइन्युटमा छ। एउटै निर्णय त्यही व्यवस्थापन समितिले दुई पटक गरेको छ । दोस्रो निणर्य २०८० जेठ ८ गते गरेको छ ।


तीन जना शिक्षकको नियुक्ति २०८०।०३ ।०८गते गरेको पाइएको छ । जब कि विद्यालयले मिति २०८०।०२ । २३ गते को मिति राखेर २०८०।०३।०५ गते एक सूचना सार्वजनिक गरेको पाइएको छ । सो सूचनाको प.सं २०८० ।०८१ च.नं. १२३ राखेको शिक्षक रिक्त दरबन्दीमा पदपूर्तिको सूचना टाँस गरिएको थियोे ।त्यो सूचनासार्वजनकि भएको (भोलिपल्ट) २०८०।०३।०५ गते इच्छुक उम्मेदवारले आवेदन दिने मिति सकियो ।अभिभावकहरुले एक दिनको लागि सूचना टाँस गरेको थाह पाएपछि चर्को विरोध गदै ध्यानआकषर्ण पत्र विद्यालयमा बुझाए ।

त्यस्तै ध्यानआर्कषण पत्रमा हस्ताक्षर गर्नेमा खड्क देवकोटा, प्रवेश देवकोटा, उत्तम देवकोटा, बमबहादुर बिष्ट, बमबहादुर रावल, डिल्ली महत,बिवेक महत,दिपेन्द्र कार्की, सुशील बिष्ट, अभिराज खनाल, प्रयागराज आचार्य, धर्मराज खनाल,तीर्थ आचार्य,ज्ञानबहादुर महत,बखत कार्की,शारदा देवकोटा, गोविन्द नेपाली, र महेन्द्र बिष्ट रहेका छन् ।

अभिभावकहरुले दिएको ध्यानआकर्षण पत्र विद्यालयका सहायक प्रधानाध्यापक कुलराज देवकोटाले दर्ता गरे।सहायक प्रधानाध्यपकले भने,‘सुचना सार्वजानिक २०८०।०३।०५ गते किन गरियो भनेर अभिभमवाकले पत्र ल्याएर आएका थिए । विद्यालयका प्रधानाध्यापक जिल्ला बाहिर जानु भएको थियो । मैले त्यो पत्र दर्ता गराएको हुँ ।तर तीन जना शिक्षक नियुक्तिको विषयमा मलाई कुनै जानकारी छैन ।

एक दिनको लागि सार्वजानिक गरेको सूचना यस्तो छ
सूचना प्रकाशित भएको १५ दिनभित्रमा आवेदन दिन सकिने जानकारी दिइएको छ ।तर सूचना अन्तिम दिनमात्र सार्वजनिक गरेको भन्दै स्थानीयले विरोध गदै ध्यानाकर्षण पत्रनै बुझाएका थिए ।

१५ दिन भनेर विज्ञापन एक दिनमात्र किन टाँसेको भनेर बुझ्न खोज्दा ठोस जवाफ नआएको स्थानीय बताउछन् ।प्रधानाध्यापक कृष्णबहादुर रोकाया र यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री देवीप्रसाद न्यौपानेको मिलोमतोमा सुनियोजित ढंगले एक दिनको लागि विज्ञापन टाँस गरी शिक्षकको पदपूर्ति गरेको स्थानीय बताउछन् ।

विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षको कार्यशैलीप्रति स्थानीयले असहमति जनाउँदै ध्यानार्कषण पत्र नै दर्ता गराए।उनीहरुले दिएको ध्यानाकर्षण पत्रको बोधार्थ शिक्षा विकास तथा समन्वय इकाइ जुम्ला, युवा शिक्षा तथा खेलकुद शाखा चन्दननाथ नगरपालिका जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाई दिएका थिए ।

स्थायी अनुमति पत्र नभएका शिक्षक नियुक्ति

विज्ञापनमा आवेदन दिँदा आवेदकको स्थायी अनुमतिपत्र बिज्ञान विषयको लागि मात्रै माग गरिएको छ । तर अरु तीन विषयका शिक्षक पदका लागि स्थायी अनुमति पत्र नभएका शिक्षकलाई आवेदन माग गरेको छ ।

परीक्षामा सहभागी गराएको छ । तर शिक्षा सेबा आयोग नियमावली २०५७ को पाँचौं संशोधन २०६६÷१०÷०९ को ६ (च) मा शिक्षक अभाव भएमा दुर्गम क्षेत्रमा विज्ञान, गणित र अग्रेजी विषयमा मात्र आयोगले अस्थायी अनुमती पत्र दिन सक्ने छ । तर अरुको विषयको हकमा स्थायी अनुमति पत्र अनिबार्य गरेको छ ।

कतिसम्म बेइमानी गरेको पाइएको छ भने विज्ञापनमा विज्ञान विषयको स्थायी अध्यापन अनुमति पत्र अनिवार्य गरेको छ भने अन्य विषयमा अध्यापन अनुमति पत्र भनेर तोकेको छैन । वि.व्य.स.अध्यक्ष देवीप्रसाद न्यौपानेको अध्यक्षतामा २०८० आसर ७ गते बैठक बसी स्थायी अध्यापन अनुमति पत्र अनिवार्य नगर्ने निणर्य गरेको छ ।यस्तो निणर्य गरेको दिन शिक्षक नियुक्तिका लागि नगरपालिकाको हलमा शिक्षकको लागि परीक्षा हुदै थियो ।


त्यसमा पनि उच्च माध्यमिक तहमा शिक्षक नियुक्ति गर्दा स्थायी अनुमती पत्र आवश्यक नपर्ने भएको र सामुदायिक उच्च माध्यामिक तह शिक्षक ब्यवस्थापन निर्देशिका २०७१ संशोधनसहितको परिच्छेद ३ को शिक्षक नियुक्ति प्रक्रियाको दफा ३.३ लाई उल्लेख गरिएको छ ।

जहाँ सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यावस्थापन निर्देशिकाको परिच्छेद ३ को उपनियम ३.४ मा योग्य व्यक्तिलाई प्रतिस्पर्धाको आधारमा नियुक्ति गराउनु पर्ने र नियम ३.१० मा यसरी नियुक्त शिक्षकले कक्षा ९–१२ अध्यापन गर्नु पर्ने कुरा उल्लेख गरेको छ ।

यो विद्यालयले परीक्षा चलिरहदा नै स्थायी अध्यापन अनुमति पत्र नभएकालाई परीक्षामा सामेल गराउने निणर्य गरेको छ । तर शिक्षा ऐन २०२८ को दफा २१ को उपदफा (घ )को १ बमोजिम यस ऐन को २०७३÷३÷१५ को संशोधन अनुसार उच्च माध्यामिक शिक्षा ऐन २०४६ खारेज गरिएको छ । कक्षा नौ देखि १२ लाई माध्यामिक शिक्षा भनिएको छ ।यसको लागि स्थायी अनुमती पत्र नभएका शिक्षकले उम्मेदवार सम्मेत हुन नपाउने व्यवस्था छ ।

त्यस्तै स्थानीय धर्मराज खत्रीका अनुसार गत असार ४ गते साँझ ६ बजे पछि विद्यालयमा विज्ञापनको सूचना सार्वजानिक गरेको रहेछ । हामीले ५ गते थाहा पाएका थियौ । ५ गते आवेदन दिने अन्तिम मिति थियो । हामीले विद्यालयमा गएर सोधखोज गर्यौँ । शिक्षा विकास तथा समन्वय एकाई, चन्दनाथको शिक्षा शाखा र जिल्ला प्रशासनलाई समेत बोधार्थ दिएका हौँ । हाम्रो कुनै सुनुवाई भएन । शिक्षक नयाँ राख्दा प्रतिस्पर्धाबाट आउनुपर्छ भन्ने हाम्रो माग हो ।

तर विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष र केही पहुँचवाला व्यक्तिको मिलोमतोमा लाइसेन्स नभएका शिक्षक भाडबण्डामा नियुक्ति गरेका छन् ।उनले भने, ‘यहाँ धेरैको मिलोमतो छ । एक दिन मात्रै बाँकी रहने गरी निकालिएको सूचनामा १० जनाले कसरी आवेदन दिए ? विज्ञान विषयमा कसैको आवेदन नपरेको भन्ने छ ।विज्ञापनमा स्थायी अध्यापन अनुमतिपत्र मागेको छ । अरु बिषयमा मागेको पाईदैन ।सेटिङमा मिलाएर परीक्षा गरियो स्थायी अध्यापन अनुमतिपत्र नभएका शिक्षक राखियो ।उनीहरुको स्थायी अनुमति पत्र नभएकोले अनुमति पत्र आवश्यक नपर्ने भनेर विद्यालयले निर्णय गरेर गलत गरेको छ ।

अभिभावकले बिरोध गर्दा पनि नियुक्ति

विद्यालयले सिजा गाउँपालिका वडा नम्बर ३ नराकोटका इश्वरीराज खत्रीलाई विद्यालयलको शिक्षक छनोट समितिले लिएको परीक्षामा सफल भएको भन्दै २०८०।०३।०८ गतेदेखि अनुदान कोटाबाट इपीएम विषयमा अध्यापन गर्ने गरी नियुक्ति दिएको छ ।खत्रीको स्थायी अध्यापन अनुमति पत्र छ । उनी अहिले कक्षा ९ देखि १२ सम्म पढाउने गरी नियुक्त भएका छन् ।

अभिभावकका अनुसार खत्रीलाई यस अघि विद्यालयको शिक्षक नहुँदा पनि प्रधानाध्यापक रोकायाले विद्यालयको आर्थिक कारोबार सम्बन्धीको जिम्म लागाएका थिए । खत्रीलाई कक्षा ११ र १२ का बिद्यार्थी भर्ना गर्ने जिम्म दिएको र त्यसबाट उठेको शुल्क ब्यक्ति प्रयोजन लागी खर्च गरिएको जन गुनासो रहेको छ । विद्यालय भन्दा बाहिरको मान्छेलाई विद्यालयका जिम्मेवार व्यक्तिबाट खत्रीका नाममा आर्थिक क्रियाकलाप गर्दै आएको आरोप समेत स्थानीयले लगाएका हुन ।

त्यस्तै विज्ञापन नं.००३ –२०८०।८१को अनुदान कोटामा नेपाली विषयमा अध्ययन गराउने गरी चन्दननाथ नगरपालिका १० बोहोरागाउँकै पुष्पाकुमारी बिष्टलाई सोही मितिमा नियुक्ति दिइएको छ । तर उनलाई शिक्षक नियुक्ति दिँदा उनको स्थायी अध्यापन अनुमति पत्र थिएन । उनलाई विद्यालयले नियुक्ति २०८०।०३।०८गते लागु हुने गरी दिइएको छ ।

तर उनले स्थायी अध्यापन अनुमति पत्र धेरै पछि पास गरेकी छन् । जुन कुरा उनका श्रीमान् महेश नेपालीले सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी मिति अक्टोवर ५ तारिख अर्थात् २०८० असोज १८ गते राखेका थिए ।


पुष्पाकुमारी बिष्ट नियुक्ति भएको कोटा लेखा विषयको थियो ।शिक्षा विकास तथा समन्वय इकाई चन्दननाथको शिक्षा शाखा र विद्यालयको मिलोमतोमा लेखा विषयलाई नेपालीमा परिणत गरेर उनलाई नियुक्ति दिएको एक स्थानीयले बताए । उनका अनुसार यस अघि पहँच भएकाले जे गरेपनि हुदो रहेछ भन्दै एक स्थानीयले भने, ‘लेखा विषयको शिक्षक आवश्यक थियो तर विष्टले नेपाली विषय पढेको भएकाले उनको लागि लेखा विषयलाई बदलेर नेपाली बनाइयो र आवेदन मागियो । उनका श्रीमानलाई बहुमुखी क्याम्पसमा तलव खाने शिक्षक भएपनि श्रीमतीलाई शिक्षक बनाएको स्वार्थमा सो बिद्यालयमा लेखा विषयको एक कक्षा लिने गरेका छन् ।


खासगरी त्यहाँ विद्यार्थी र विद्यालयका लागि लेखा विषय आवश्यक हुनुपर्ने हो तर वि.व्य.स. र उम्मेदवारको आवश्यकतामा विषय बदलिनु कहाँसम्मको मनोमानी हो । यस विषयमा स्थानीयले आवाज उठाएपनि त्यसको सुनुवाई सम्बन्धित निकायबाट नभएको उनीहरुको गुनासो छ ।

स्थानीयले विद्यालयमा मिलोमतो गरेर शिक्षक नियुक्ति गरेको भन्दै विरोध गरेपछि नेपालीले पत्रकारीताको आडमा आफ्नो श्रीमतीको लागि विद्यालयमाा नेपाली विषयको कोटा आफूले श्रीमतीको लागि ल्याएको बताउने गरेका एक स्थानीयले बताए ।

उनले भने, ‘हामीले विद्यालयमा भएको गलत कामको विरोध गर्दा नेपालीले विद्यालयमा शिक्षकको कोटा मैले मागेर ल्याएको हुँ । मेरो श्रीमती शिक्षक नभए फिर्ता गरिदिने धम्की दिन्छन् ।

यस अघि महेश नेपाली आफैले सो बिद्यालयमा लेखा पढाउँथे ।उनी लेखा पढाउँदासम्म सो विषय रहने तर त्यसपछि जुम्ला बहुमुखी क्यामपसमा नियुक्ति पाएपछि उक्त विषय बदलिने कसरी हुन सक्छ ।आफूले पढाउँदै गरेको लेखा विषय आफ्नै श्रीमाती राख्नका लागि नेपाली विषयमा बदल्नु वि.व्य.स.को असक्षमता र उनको स्वार्थ सिद्ध गर्न बाहेक अरु के हुन सक्छ ?
त्यो बिद्यालय हो या महेश नेपालीको घर ?एक स्थानीले भने, उनीले पढाउदा लेखा बिषय बनाउन मिल्ने अनी उनले श्रीमती राख्दा खोज्दा नेपाली बिषय बदल्ल तयार हुन्छ भने त्यो बिद्यालय हो की घर हो तपाइ आफै बुझ्नुहोस ।शिक्षा विकास तथा समन्वय इकाईमा अनुमति लिनका लागि पत्रकार महेश नेपाली र व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपाने गएको उनी बताउछन् ।

त्यस्तै यस बिषयमा जानकारी लिन खोज्दा पत्रकार तथा जुम्ला बहुमुखी क्याम्पसका शिक्षक महेश नेपालीले यो सबै बिद्यालयको काम हो,त्यसलाई अनावश्यक मुद्दा बनाएको हो भन्ने जवाफदिए । उनले भने, ‘ शिक्षा समन्वय इकाइमा अनुमति पत्र लिने काम पनि बिद्यालयको हो म गएको होइन ।

अर्को कुरा लेखा विषय पढाउने कि नेपाली त्यो विद्यालयले गर्ने हो मेरो यसमा केही छैन ।मलाई केही व्यक्तिले रिस फेर्नका लागि यस्तो आरोप लगाइएको हो । बिद्यालयले गरेकोे विज्ञापनको विरुद्ध नागरिकले विरोध गरेको पनि थाहा पाइन ।उनले उल्टै हप्काउदै तिमीले बिद्यालयको समाचार लेखेको खण्डमा मैले पनि तिम्रो समाचार लेख्छु भनेर धम्की दिए ।

यस धम्कीले पनि स्पष्ट हुन्छ कि विद्यालयको बेथितिमा नेपालीको हात छ । अन्यथा विद्यालयले अनावश्यक मुद्दा बनाएको हो भनेर उल्टै आरोप लगाउने नेपालीले विद्यालयको समाचार लेखेको खण्डमा तिम्रो विरुद्ध समाचार लेख्छु भनेर धम्की दिनुपर्ने कारण नै थिएन ।
त्यस्तै अर्थशास्त्र विषय अध्यापनका लागि नियुक्त भएका चन्दननाथ नगरपालिका २ खोलीकोटका जीवन बुढथापाको पनि स्थायी अध्यापन अनुमतीपत्र छैन ।उनलाई पनि पहुचका आधारमा राखिएको स्थानीय बताउछन् ।


त्यस्तै  शिक्षकको लागि आवेदन दिएकी चन्दननाथ नगरपालिका १० कि पवित्रा शाहीको फाइल दर्ता १० नम्वरमा भएको थियो ।शाहीले आवेदन दिएको २०८०।३।०५ गते हो । सोही दिनको साँझ बिद्यालयका प्रधानाध्यापक रोकायालाई उनले परीक्षा कहिले हुन्छ भनेर सोधीन ।उनलाई प्रधाना ध्यापक रोकायाले तपाइ कहाँ हुनुहुन्छ भनेर सोधेका थिए ।  पबित्राले म सिजा छु भने पछि प्रअले भोलि बिहान ८ बजेबाट पीक्षा हुने जानकारी दिए । उनले भनिन, ‘प्रधानाध्यापक रोकायाले मलाई भोलि बिहान ८ बजे परीक्षा हुन्छ । परीक्षा दिन भोलि बिहान सात बजे पुग्नुहोस् । नत्र तपाई त्यतै पढाई रहनु भएको छ । छोड्दिनुहोस ।’

शाहीको बसाइ परीक्षा हुने विद्यालय भन्दा टाढा हो । प्रअलाई थाह थियो उनी भोलि बिहानै परीक्षा दिन आउन सक्दिनन् भनेर ।उनले भनिन् ,‘मैले परीक्षा दिन पाइन कुनै गुनासो छैन । तर त्यो सूचना एक दिन मात्रै प्रकाशित गरियो ।मलाई ६ गते परीक्षा हुन्छ भनि खवर गरियो तर बिद्यालयले उत्तीर्ण भएका शिक्षकहरुको नियुक्तिमा सात गते लिइएको परीक्षामा सफल भएको भनेर नियुक्ति दिएको छ ।मलाई अघिल्लो दिन परीक्षा हुन्छ भनियो म टाढा बाट बिहान पुग्न सम्भव थिएन । तर एक दिन पछि मात्रै परीक्षा गराएर विद्यालयले आफैलाई गलत सावित गरेको छ । विद्यालयले गैरकानूनी तरिकाले परीक्षा गरेको प्रष्ट देखिन्छ ।

 


यता बिद्यालयका प्रधानाध्यापक कृष्णबहादुर रोकायाले नागरिकले गुनसो गरे जस्तो कुनै काम विद्यालयले नगरेको बताए ।विद्यालयले ४ वटा विषयका शिक्षकको लागि विज्ञापन गरेको बताए । उनले विज्ञान विषयको लागि कसैको पनि आवेदन नपरेको जनाए ।

तर अरु तीन विषयको लागि १० जनाको आवेदन परेको बताए ।उनले आवेदन दिएका १०जनालाई परीक्षामा आउनका लागि खवर गरेको तर तीनजना बाहेक अरु नआएको प्रतिक्रिया दिए ।उनले भने,‘आवेदन दस्तुर शुल्क एक जना बराबर ३ हजार लिइएको छ तर शुल्क बिद्यालयको खातामा जम्मा गरिएको छैन ।नगद लिदा बिद्यालयले रसिद काट्नुपर्ने हो त्यो पनि गरिएको छैन ।

सूचना दिन इन्कार

यो विषयमा प्रधानाध्यापक राेकाया सँग लिखित सूचना माग्दा सूचना नदिनसक्ने भन्दै पन्छिए । शिक्षक भर्नाको विषयमा अख्तियारबाट चिठ्ठी आएको भन्दै सूचना दिन नसक्ने बताए । उनले भने, ‘अहिले यो विषयमा सबै सूचना दिन सक्दैन । अख्तियारबाट पनि पत्र आएको छ । यस विषयमा म सम्बन्धित निकायमा जाफाव दिनेछु ।


प्रधानाध्यापक रोकायाले बारम्बारको अनुरोधमा पनि सूचना दिन इन्कार गरे । उनले भने, तपाइले सूचनाको हक प्रयोग गरी लिखित रुपमा दिईएको पत्र अनुसार म सूचना दिन सक्दैन । ’सूचना दिनु त परकै कुरा हो, सूचना माग गरिएको लेटर समेत विद्यालय प्रशासनमा दर्ता गरेनन् ।


जिल्ला बाहिरका आवेदनका फाइल प्रधानाध्यापक रोकाया र जुम्लाका केही परीक्षार्थीको मिलोमतोमा आवेदन दर्ता गराएको विद्यालय स्रोत बताउछ । स्रोतका अनुसार, ‘उनीहरुले परिचय भएको आधारमा डकुमेन्ट मागेर औपचारिकता निभाउनका लागि दर्ता गराएका हुन् ।
उनीहरुको योजना अनुसार परीक्षामा तीन जना मात्रै सहभागी गराउनु थियो । सबै कुरा पहिला नै मिलाएर ठिक्क पारीएको थियो ।पछिल्लो समयमा नियुक्ति दिइएका शिक्षकहरुको माइन्युटसहित प्रधानाध्यापक रोकायाले विद्यालयमा नराखेर आफ्नो कोठामा राखेको विद्यालय स्रोतले बताएको छ । अख्तियारले समेत चिठ्ठी पठाएपछि उनीहरुले रातारात केही कागजात बनाउने काम गरेका स्रोतको भनाई छ ।

त्यस्तै वि.व्य.स.अध्यक्ष देवीप्रसाद न्यौपानेले परीक्षा सञ्चालन गर्दा नगरपालिकाको शिक्षा शाखाले विषय विज्ञ कलेजबाट बोलाएको बताए ।उनका अनुसार परीक्षा नगरपालिकाको हलमै भएको हो । ‘अरु कसले के गरे थाहा भएन सबै प्रक्रिया पुगेको छ भनेपछि मैले परीक्षा सञ्चालन गरेको हुँ । अख्तियारमा मुद्दा परेको विषयमा दुःख लागेको छ, उनले भने ।

विद्यालयको निम्ति धेरै राम्रो काम गरेका छौँ ।केही शिक्षकहरुको व्यक्तिगत्त स्वार्थका कारण यस्तो समस्या आएको हो । गैरकानूनी तरिकाले शिक्षक राखेको भए मुद्दा परेको छ खारेज होला । यसमा मेरो कुनै स्वार्थ छैन । नगरका मेयर, उपमेयर, शिक्षा शाखाका सबै बसेर गरेका छन् । अवैधानिक काम गरेनन् होला भन्ने लाग्छ ।

उनले शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षक पदपूर्तिको लागि अनुमित पत्र लिनका आफु र महेश नेपाली गएको स्वीकारे । उनले भने ‘महेश बाटोमा भेटिएकोले सँगै गएका हौँ । शिक्षा समन्वय इकाइमा अरु पनि थिए ।एक स्थानीयका अनुसार प्रधानाध्यापक कृष्ण रोकायाले सबै डकुमेन्ट बनाएपछि महेश नेपालीलाई पठाएका थिए। उनीहरु गत जेष्ठ ८ गते अनुमति पत्र लिन गएका थिए । शिक्षा समन्वय इकाइले ९ गते अनुमतपित्र दिएको थियो । २०८०।०२।०९ गते ल्याएको अनुमति विद्यालयको दर्ता किताबमा २२ गते दर्ता गरिएको छ भने दर्ता नम्बर २८ रहेको छ ।


त्यस्तै चन्दननाथ नगरपालिका शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईले परीक्षा नगरपालिकाको हलमा भएको स्वीकारे । उनले भने ‘परीक्षा दिन तीन जना परीक्षार्थी मात्रै आएका थिए । विद्यालयलाई सोध्दा १० जनाको आवेदन परेको तर परीक्षा दिन नआएको जवाफ दियो । हामीले परीक्षा गरेका हौँ ।’

उनले १५ दिने सूचना एक दिनमात्रै टाँस गरेको विषयमा आफूलाई जानकारी नभएको र सबै अधिकार विद्यालयलाई भएको प्रतिक्रिया दिए । उनले भने,‘विद्यालयले रेडियो पत्रपत्रिका र अनलाइन जस्ता संञ्चार माध्यममा शिक्षक पदपूर्तिका लागि विज्ञापन प्रकाशित गर्नु पर्ने हो । तर त्यो देखिएको छैन । नगर शिक्षा शाखाको केही क्षेत्राधिकार छ, हामी त्यसैमा टेकेर काम गरी रहेका छौ ।’

त्यस्तै नेपाली विषयका विज्ञ प्रकाशचन्द्र खत्रीलाई सोध्दा नगरपालिकाले नै बोलाएर गएको बताए । उनले भने, हामीले कुनै विवाद भए परीक्षामा नबस्ने बताएका थियौँ । विद्यालयले सबै प्रक्रिया मिलाएको दाबी गरेपछि परीक्षामा बसेका हौँ । उनले भने, माध्यमिक तहमा पढाउने शिक्षकको लागि स्थायी अध्यापन अनुमति पत्र अनिवार्य हो ।

यी शिक्षक नियुक्ति गर्दा नगरको शिक्षा शाखाले पछिल्लो माथिबाट आएको परिपत्रमा लाइसेन्स नभएकालाई राख्न मिल्छ भन्दै राखिएको हो । उनीहरुको आन्तरिक सेटिङ के थियो थाहा भएन । उनीहरु तीनजना बाहेक अरु परीक्षा दिन आएका थिएनन् । विद्यालयलाई सोध्दा खबर गरेर आएनन् भनेको थियो ।

त्यस्तै प्रधानाध्यापक रोकाया र वि.व्य.स.अध्यक्ष न्यौपानेले २०८०।०२।२३ मा सूचना सार्वजनिक गरेको दाबी गरे पनि शिक्षक पदपूर्तिका लागि दिएका आवेदनहरु दर्ता मिति सबैको २०८०।०३।०५ गते रहेको छ । विज्ञानपनको मिति पुरानो राखेर २०८०।०३।०५ गते सूचना पाटीमा टाँस गरिएको स्थानीय बताउछन् ।

इराजन शाही हुम्ला, दामोदर सापकोटा चितवन, माधबीकुमारी भट्ट कञ्चपुर र बालकृष्ण आचार्यको नागरिकतामा जिल्ला अं खाँ भनेर लेखिएको छ । तर उनले विद्यालयलाई दिएको निवेदनमा ठेगाना खुलाइएको छैन ।
शिक्षक पदका लागि विभिन्न जिल्लाबाट आएका र जुम्ला भित्रका गरी दशजनाले दिएको आवेदनको दर्ता मिति एकै दिन रहेकाले पनि यसमा विद्यालयको नियत माथि स्थानीयले प्रश्न उठाइरहेका छन् र प्रश्न गर्ने आधार पनि धेरै देखिन्छन् ।विद्यालय शिक्षक पदपूर्तिका लागि जारी गरेको विज्ञापनमा न विद्यालयले इमेल राखेको छ । न त विद्यालयको वेवसाइड नै राखेको छ । न अनलाइमा दरखास्त आह्वान गरेको छ ।


स्थानीयका अनुसार बिद्यालयको अहिलेसम्म इमेल समेत छैन । प्रधानाध्यापक रोकायाले आफ्नो व्यक्तिगत इमेलमा बिद्यालयको काम गर्ने गरेका छन् ।आवेदन हुम्ला, कञ्चनपुर, चितवन र अर्घाखाँचीका छन् । तर जुम्ला बाहिरका कुनै पनि परीक्षार्थी परीक्षामा सहभागी भएनन् । जुन रहस्यमय भएको एक स्थानीयले बताए । उनीहरुले आफ्ना फेबरका मान्छेबाट डकुमेन्ट मागेर परीक्षा दिन नआउने स्वार्थमा आफैले दरखास्त दिएका थिए ।

त्यस्तै  शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मक्क बहादुर भण्डारीले नियम अनुसार रिक्त रहेको शिक्षक पदपूर्तिका लागि अनुमति पत्र दिएको बताए । रत्नचुडेश्वर माध्यामिक विद्यालयललाई सो अनुमति पत्र लिन गत जेष्ठ ८ गते आएको बताए । अनुमति पत्र दिएपछि विद्यालयले कुनै सरोकार राखेन । आवेदन कति जनाको परेको हो । परीक्षा कहाँ कसरी गरीएको थियो भन्ने विषयमा थाहा नभएको भण्डारीले बताए ।

‘स्थानीय तहले गरेको भन्ने हल्ला सुनेको हुँ । स्थानीय तहले गरेको परीक्षामा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रतिनिधि पनि पठाइएको छैन । कार्यालयहरुमा हुने तथा हामी मातहतमा हुने परीक्षामा निगरानी गरिन्छ । त्यो परीक्षाको हकमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने हो । हामीले पत्र ल्याएर आएपछि अनुमति दिएका हौँ ।’

विद्यालयले विज्ञापन गरेको अन्तिम मिति सकिए लगत्तै आवेदन दिएका उम्मेदवाारको नाम, लिष्ट र परीक्षा मिति तोकेर सूचना निकाल्नु पर्छ । आवेदन नपरेको खण्डमा फेरी विज्ञापन गर्नुपर्छ । आवेदन परेमा परीक्षा हुने मिति आवेदकको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको भण्डारी बताउछन् । उनले भने, ‘विज्ञापन खोलेपछि सबै प्रक्रिया पुरा गर्नुपर्छ ।

प्रक्रिया पुरा नभएमा त्यो कानूनसम्मत मानिदैन । रत्नचुडेश्वर माध्यामिक विद्यालयलको परीक्षा नगरपालिकामा भएकाले स्थानीय सरकार जिम्मेवारी हुन्छ ।अनियमितता भएको निवेदन हाम्रो कार्यालयमा परेमा छानविन गर्न हामी तयार छौ ।तर शिक्षा समन्वय इकाइले पनि अनुमति दिदा बिद्यालयको आवश्यकता अनुसार भनेर दिइएको पाइएको छ ।त्यहाँ विषय खुलाएको छैन । स्नातकोत्तर तहको विषयको अनुमति दिनु, लेखा विषयलाई नेपालीमा बदल्नुमा शिक्षा विकास तथा समन्वय इकाईको समेत कहीकतै हात रहेको देखिन्छ ।

त्यस्तै चन्दननाथ नगरपालिका १०का स्थानीय तुल बहादुर शाही २०८० ।३। ५ गते आफ्नो नातीको एसईईको को प्रमाणपत्र लिन गएको थियो । त्यहा शिक्षकको लागी बिज्ञापन टाँस गरेको बिषयमा अभिवाबकहरुले बिरोध गरेका थिए ।महिले पनी बुहारी पबित्रा शाहीको कडुमेन्ट लियर आवेदन दिए ।दस्तुरबाफत ३ हजार शुल्क पनि नगत पुझाएको हुँ।पछि उनीहरुले हाम्रो आन्तरिक सेट मिलेको छ,। यो अनुदान कोटा हो सरकारीले बिद्यालयमा दरबन्दी कायम गरेको खण्डमा शिक्षा आयोग निकालेका शिक्षक आउछन भन्ने कुरा गरेका थिए । त्यसपछि पनी महिले नमानेर आवेदन दिए पछि बिद्यालयका प्रधाना ध्यापक ,महेश नेपाली लगाएतले प्रथम श्रेणी उत्र्तिण गरेकालाई मात्रै राख्ने भनेर त्रास देखाएका थिए ।त्यसपछि परीक्षा सामेल नराउने सडयन्त्र गरेर बुहारीलाई परीक्षा सहभागी हुन दिएनन ।

यी हुन् विषय विज्ञहरु

उक्त परीक्षामा उमादेवी उपाध्याय र भुपेन्द्र महत नगरप्रतिनिधि रुपमा आमन्त्रित राखेको छ । विषय नेपाली प्रकाशचन्द्र खत्री जुम्ला बहुमुखी क्याम्पस, रुपा भट्टराइ (महिला) चन्दननाथ मावि खलंगा रहेका छन् ।त्यस्तै बिषय एपीएम जगदीश न्यौपाने बहुमुखी क्याम्पस जुम्ला, मिनाकुमारी गुरुङ कर्णाली मावि अनामनगरमा कार्यारत्त शिक्षक रहेका छन ।

त्यस्तै अर्थशास्त्रका विषय बिज्ञका रुपमा बहुमुखी क्याम्पस जुम्लाका हरिकृष्ण थापा रहेका छन । शिक्षा ऐनमा विषय विज्ञ जिल्लामा नभएको खण्डमा बाहिरबाट ल्याउन पाउने ब्यवस्था छ । तर त्यहा महिला बिषय बिज्ञ नभएको भन्दै मनोमानी तरिकाले गरिएको निर्णयको आधारमा अरु विषयका महिलालाई विषय विज्ञमा राखिएको छ ।

त्यस्तै उनीहरुले गरेको निणर्यमा भनिएको छ ‘अर्थशास्त्र विषयको शिक्षक नियुक्ति गर्नको लागि संघीय शिक्षा ऐन तथा चन्दननाथ नगरपालिकाको शिक्षा ऐनमा स्नातकोत्तर उत्तीर्ण गरेको महिला विषय विज्ञ हुनुपर्ने भनिएता पनि अर्थशास्त्र विषयका महिला विज्ञ जुम्ला जिल्लामा कतै उपलब्ध नभएकाले नेपाली र इ.पि.एम विषयका महिला विज्ञलाई यसमा विषयको शिक्षक नियुक्तिका लागी सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।यो कार्याले चन्दननाथ नथगरपालिकाले बनाएको शिक्षा ऐन र संघीय शिक्षा ऐनमा भएको व्यवस्थालाई लत्याएको प्रष्ट छ ।

यस्तो छ शिक्षा ऐनमा

शिक्षा ऐन २०२८ को सातौं संशोधन को दफा ११(ड) को उपदफा १ मा लेखिएको छ। अध्यापन अनुमति पत्र नलिइ कसैले पनि शिक्षक पदको उम्मेदवार हुन पाउने छैन । ११ (ड) को ४ मा यो ऐन प्रारम्भ हुदाका बखत विद्यालयमा कार्यरत शिक्षकले यो ऐन प्रारम्भ भएको मितिले ६ महिना भित्र अस्थायी अध्यायन अनुमति पत्र लिइ सक्नु पर्नेछ ।अस्थायी अनुमति पत्र आयोगले छुट्टै परीक्षा सञ्चालन गरी दिनेछ  ११ (ड) को ५ मा यसरी अस्थायी अध्यापन अनुमति पत्र पाएका शिक्षकले ५ वर्ष भित्र आयोगबाट स्थायी अनुमति पत्र लिनु पर्नेछ । ११ (ड) को उपदफा ६ मा यो म्यादभित्र अध्यापन अनुमति पत्र लिन नसकेमा अस्थायी शिक्षकको स्वतः अवकाश हुनेछ्न र स्थायी शिक्षकलाई तोकिए बमोजिम अवकाश दिइने छ ।

शिक्षा सेवा आयोग नियमावली २०५७ को पाँचौं संशोधन २०६६÷१०÷९ अनुसार परिच्छेद ३ को नियम ६(घ) को उपनियम २ को (ग) मा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्ति माध्यमिक विद्यालयको शिक्षकको अध्यापन अनुमति पत्रको लागि लिइने परिक्षामा उम्मेदवार हुन सक्ने छ तर त्यस्तो ब्यक्तिले सेवा शुरु गरेको दुई वर्ष भित्र तालिम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमति पत्र स्वत : रद्द हुनेछ।  ६ (च) मा शिक्षक अभाव भएमा दुर्गम क्षेत्रमा विज्ञान, गणित र अंग्रेजी विषयमा मात्र आयोगले अस्थायी अनुमति पत्र दिन सक्नेछ ।

शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३÷३÷१५ ले माध्यामिक शिक्षा भन्नाले कक्षा नौ देखि कक्षा बाह्र (९–१२) सम्म दिइने शिक्षा सम्झनु पर्नेछ भनि दफा २ को (घ) मा स्पष्ट उल्लेख गरेको छ ।सामुदायिक उच्च– माध्यमिक तह शिक्षक ब्यबस्थापन निर्देशिका २०७१, मिति २०७२÷३÷१४ को नेपाल सरकार मा.मन्त्रीस्तरको निर्णयबाट संशोधितको परिच्छेद १ को उपनियम १.३ (क) मा ऐन भन्नाले शिक्षा ऐन २०२८ संशोधन सहित र १.३ (ख) मा नियमावली भन्नाले शिक्षा नियमावली २०५९ संशोधनसहितलाई सम्झनुपर्ने उल्लेख गरिएको छ ्र (हाल उ मा बि को लागि छुट्टै ऐन नियम नभएको ) सामुदायिक उच्च मा.वि. निर्देशिकाको परिच्छेद ३ लाई आधार बनाइ अध्यापन अनुमति पत्र नभएको व्यक्तिलाई शिक्षक मा भर्ना गरिएको छ ।

त्यस्तै सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिकाको परिच्छेद ३ को उपनियम ३.४ मा योग्य व्यक्तिलाइ प्रतिस्पर्धाको आधारमा नियुक्ति गराउनु पर्ने र नियम ३.१० मा यसरी नियुक्त शिक्षकले कक्षा ९–१२ अध्यापन गर्नु पर्ने कुरा उल्लेख गरेको थियो ।

तर शिक्षा ऐन २०२८ को दफा २१ को उपदफा (घ )को १ बमोजिम यस ऐन को २०७३÷३÷१५ को संशोधन अनुसार उच्च माध्यमिक शिक्षा ऐन २०४६ खारेज गरिएको सो ऐन अनुसार नियुक्ति भएका साबिक उमावि शिक्षकले २०७३÷३÷१५ को मितिले ६ महिना भित्र शिक्षा सेवा आयोगबाट अस्थायी अनुमति पत्र लिइ सक्नु पर्नेछ ।उपदफा ६ को २ बमोजिम यसरी अस्थायी अध्यापन अनुमति पत्र पाएका शिक्षकले पाँच वर्ष भित्र स्थायी अनुमति पत्र लिनुपर्ने छ ।

यि हुन शिक्षक पदको जिल्ला बाहिर बाट उम्मेदवार दिएकाहरुको केही प्रमाणहरु

 

 

 

सम्बन्धित समाचार