जुम्लामा असुरक्षित गर्भपतनले जोखिम बढ्दै

जुम्ला : पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला र किशाेरीमा अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्ने हरुकाे संख्या पाइएको हाे ।यसको प्रमुख कारण आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती तथा किशोरीहरु असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर पुजन रोकायाले बताए । उनका अनुसार यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ।उनले भने,असुरक्षित गर्भपतनको बढ्दो समस्याका आधारित रहेर यहाका सरोकारवालाहरु संग छलफल गरिएको हो ।

पछिल्लो समय गर्भपतनको समस्या किन बढ्दै गइरहेको छ ?गर्भपतन धेरै कारणले गर्दा हुनसक्छ। कहिले गर्भवती ज्यान बचाउन पनि गर्भपतन गराउनुपर्छ। कहिले गर्भमा रहेका शिशुमा कुनै विकार भएमा पनि गर्भपतन गर्नु जरुरी हुन्छ भन्ने लगायतका बिषयमा आम साचोको बिषय बनेको छ ।

डाक्टर रोकायाका अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गर्ने कानुनी ब्यवस्था छ । तर गर्भपत गर्नका लागी ब्यत्ति र संस्था दुबै सुचिकृत भएको हुन पर्छ । तर जुम्लामा मेडिकल बाट गर्भपतनको औषधी सेवन गरी रत्तश्रव भएका महिलाहरु उपचारको लागी प्रतिष्ठानमा पुग्ने गरेका छन ।

त्यस्तै जिल्ला सरकारी वकिल रेनुका राईका अनुसार हाड नाता र जबरजस्ती करणीबाट गर्भवतन गराउन पाउने कानुनी मान्यता छ ।उनले भनिन,‘सबै भन्दा समस्या सचेतनाको अभाव हो ।बालिकाहरु माथी दिन प्रति हिंसा बढी रहेका छन ।उनका अनुसार बालविवाह अझै बढ्दोक्रममा छ ।उनले थपिन,‘यहाका अभिभावकले छोरीलाई पनी छोरा सम्मान सोध्न जरुरी छ । नेपाल जस्तो देशमा विशेष गरी छोरा पाउने नाममा पनि धेरैले गर्भपतन गरेको पाइन्छ ।त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्दा अचार्यले महिला माथी हिंसा बढेको बताएको छ । उनका अनुसार मेडिकलबाट बितरण गरिने गर्भपनको औषधी रोक्नु पर्छ । उनले भने, अशिक्षा तथा गर्भ निरोधक चक्कीको प्रयोग बारे जानकारी नहुँदा पनि गर्भपतन गर्नेक्रम बढ्दो छ।

त्यस्तै प्रतिष्ठानका अनुसार आर्थिक वर्ष २०७९। ८०मा गर्भपतन४ सय ९५ वटा रहेका छन । जसमा असुरक्षित गर्भपतन १सय १३ गरेका छन । तिन जनालाई आईस्युमा राखेर उपचार गरिएको छ । त्यस्तै २०८०। ८१मा १सय ५३मा गर्भपतन संख्या रहेको छ ।जसमा ५ जनालाई आइस्युमा राखेर उचार गरिएको छ ।

त्यस्तै मेडिकलबाट गर्भपतन गराउने व्यक्ति सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट आवश्यक तालिम लिएका हुँदैनन्। जसका कारण असुरक्षित गर्भपतनको संख्यामा बढेको छ । गर्भवती भएकैमध्ये पनि करिब १५ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका जटिलता सिर्जना हुन्छन्। त्यस्ता जटिलताकै कारण नेपालमा हुने मातृ मृत्यु दरमध्ये अधिकांश मृत्यु अत्यधिक रक्तश्रावका कारण हुने गरेको पाइन्छ ।

त्यस्तै असुरक्षित गर्भपनमा नजाऔँ र सम्पूर्ण महिलाले परिवार नियोजनका साधनको प्रयोग गरौँ, सकेसम्म बच्चा नबसोस् केही गरी बसिहाल्यो भने सुरक्षित ठाउँमा गएर गर्भपतन गरौँ, असुरक्षित ठाउँमा गएर आफ्नो जिन्दगी बरबाद नगरौँ जस्ता जनहितमा जारी सन्देश फैलाउन आबश्यक रहेको जुम्लाका सरोकारवालाहरुले निष्र्कस निकालेका छन ।

सम्बन्धित समाचार