पुरूषको बराबरीमा आउन महिलालाई चुनौती छ : अधिकारकर्मी भट्टराई

जुम्ला :  लामो समयदेखि मानव बेचबिखन÷तस्करी र लैंगिक हिंसा बिरूद्ध क्रियाशील अभियान्ता)को रुपमा आएकका अधिकारकर्मी इन्द्रराज भट्टराईले समाजमा पुरूषको बराबरीको अवस्थामा आउन महिलालाई चुनौती रहेको बताएका छन । उनले महिलाई खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने जस्ता घरायसी कार्यहरू महिलाको मात्र हो भन्ने धारणा परिवर्तन हुन नसकेको कारण यस्तो चुनौती बढेको बताएका हुन ।

घरासी काममा पुरुषहरुले सहकार्य गर्ने र महिलाको स्वतन्त्रताको सम्मान गर्ने हो भने मात्र महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुँदै जाने उनको भनाइछ । उनका अनुसार यतिवेला नेपाल चाडपर्वमय छ । हामी अहिले दसैं पर्व मनाउने क्रममा छौं। धेरै नेपालीहरूले मनाउने यो पर्व विशेषत सांस्कृतिक रूपले महत्वपूर्ण रूपमा लिने गरिन्छ । उनले थपे ,पितृसतात्मक विश्व परिवेश त्यसमा पनि नेपाल जस्ता विकासशील मुलुकहरुमा महिलामाथि शारीरिक र मानसिक रुपमा मात्र होइन, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक जस्ता हरेक ठाउँमा विभेद र हिंसा भइरहेको छ । त्यसैले हिंसा अन्त्य गर्न छोरा र छोरीबीच हुनेगरेका विभेदपूर्ण व्यवहार अन्त्य गर्न जरूरी छ ।

त्यस्तै महिला सशक्तिकरणको सन्दर्भमा आवाज उठिरहँदा हाम्रो समाजले मूलतः पुरूषले बराबरी अवस्थामा आउन महिलालाई चुनौती दिइरहेका पाइन्छ । चुलोचौखोमा सिमित बनाइ भातभान्छा र सरसफाई तथा अन्य घरायसी काममा पुरुषले भूमिका निर्वाह गर्नुपर्छ भन्ने मानसिकता छैन । उक्त कामप्रति मेरो पनि उत्तिकै दायित्व छ भन्ने पूरुष ठान्नु पर्ने जरूरी छ ।

उनले भने आजैदेखि सोच बदलौं । घरायसी काममा समान सहभागिता जनाऔं । घरभित्रको काम मेरो पनि हो भन्ने कुरा मनन गरौं । यस्तो गर्मा मात्र पक्कै हाम्रो परिवारको महिला सदस्य पनि हामी जत्तिकै खुसीसाथ दसैँमा रमाउनेछन् । उनका अनुसार घरबाटै सुरु गर्न सकेको खण्डमा परिवर्तनको नयाँ चरण आफै आउने छ ।

अधिकारकर्मी भट्टराईले दिएको वडादशैंको शुभकमना सन्देशमा भनिएको छ । सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको सन्दर्भमा दसैंले राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावना जागृत गराओस्। हामी नेपालीहरूको महान् पर्व दसैंको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार