अदालतको सेवा प्रविधिमैत्री बन्दै, जिल्ला बाहिरका सबैकाम भर्चुअलमै हुने

जुम्ला ः उच्च अदालत सुर्खेत जुम्ला ईजलासले न्याय सम्पादनलाई छिटो छरितो र सहज बनाउन लागेको बताएको छ । साविका कर्णालीका ५ जिल्ला लाई न्यायिक सेवा लिनका लागी खचिलो र असज भएको भन्दै यसलाई प्रविधिमैत्री बनाएको हो । यस मुगु , हुम्ला कालिकोट डोल्पाका लागी कुनै व्यक्तिले सम्बन्धीत जिल्ला अदालतमा पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रुपमा बहस,बकपत्र र तरिक बोक्न पाइने छ ।यस हुम्ला बाट जुम्लामा आउदा एह हप्ता लाग्ने गरेको गुनासो आएपछि उनीहरुको सहजताको लागी प्रविधिमैत्री न्याय सम्पदन गर्ने कार्यको थालनी भएको उच्च अदालत सुर्खेत जुम्ला ईजलासका रजिष्टार याम प्रसाद बास्कोटाले बताए ।उनका अनुसार यो प्रविधिले न्याय महंगो भयो,छिटो न्याय पाएनौ भन्ने गुनासो कम हुने आशा समेत गरिएको छ । उनले भने,नियमित वकपत्र गर्न,बहस गर्न तारिख भोग्न भौतिक रुपमा अदालत आईराख्नु पर्ने झन्झटलाई अब अत्ये हुने भएको छ ।
त्यस्तै विहिबार पत्रकार सम्मेलन मार्फत अदा लतले प्रविधिको उच्चतम प्रयोग गरी न्याय सम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउने अभ्यासको थालनी गरेको उच्च अदालत सुर्खेत जुम्ला ईजलासका बरिष्टतम न्यायधिश श्रीमण कुमार गौतमले बताए । उनले भने,अदालतका सबै सेवालाई सकेसम्म प्रविधियुक्त बनाउने प्रयासमा छौ । जसले गर्दा छिटो न्याय सम्पादनमा टेवा पुग्ने छ । अनलाईन प्रविधिबाटै तारिख लिनेदेअि,बकपत्र,मुद्धामा बहस लगायतका काम भर्चुअल रुपमै गर्ने अभ्यास गर्दै छौ । यसले गर्दा भौतिक रुपमै पेसि र तारिखमा आईरहन पर्दैन । खर्च कम हुन्छ । मुद्धासंग सम्बन्धीत व्यक्ति जहाँ भएपनि अनुसन्धान गर्न सहज हुन्छ ।

त्यस्तै वर्षमा ३ पटक पत्रकार संग छलफल गर्ने चौथो पन्चवर्षिय रणनीति पत्रकार संगभेटघाट गरी अदालतले गरेका कामको यहाका नागरिकलाई सुचना प्रभाह गर्ने हाम्रो उद्देश्य हो ।चालु आवदेखि जुम्ला,धनकुटा लगायतका पाँच जिल्लामा प्रविधिमैत्री न्याय सम्पादन हुने भएको छ ।

त्यस्तै नेपालका धेरै जिल्लामा प्रविधिमैत्री सेवाको अभ्यास कोभिड १९ पछि हुदै आएको शाखा अधिकृत तोयानाथ उपाध्यायले बताए । उनका अनुसार अदालत र नागरिकको सम्बन्ध अझै समधुर हुन सकेको छैन् । फैसला र आदेशको कुरा समेत बाहिर आउदैनन् । अदालतका कामलाई जनता सामु पुराउन पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने भएकाले सकरात्मक कामको प्रचार गर्न जरुरी रहेको छ । न्यायीक सम्पादनलाइ थप प्रभावकारी बनाउन लागि परेको उनको भनाई छ ।

 

सम्बन्धित समाचार