काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् क्रान्तिबाट भयानक प्रतिक्रान्तिको जन्म भइरहने बताउँदै क्रान्तिकारीहरूले निरन्तर संघर्ष गर्नुपर्ने बताएका छन् ।
शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री राम कार्कीद्वारा लिखित पुस्तक ‘‘विकल्प, समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै एकपटक क्रान्ति गरेपछि त्यो सधैंका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र प्रतिक्रान्ति रोक्न सकिने र क्रान्तिको रक्षा गर्न सम्भव हुने बताए।
प्रधानमन्त्रीको सम्बोधनका मुख्य बुँदाहरू
▪ माक्र्सवाद सामाजिक क्रान्तिको विज्ञान हो, तसर्थ यो निरन्तर परिवर्तनशील छ । माक्र्सवादले हामीलाई कुनै सुत्र दिएको छैन, जसले आफसेआफ फटाफट क्रान्ति गरोस्, बरू यसले क्रान्तिकारी परिवर्तनका निम्ति महत्वपूर्ण दिशाबोध गरेको छ ।
▪ माक्र्सकै परिभाषामा हरेक प्रत्येक क्रान्तिले शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै अगाडि बढ्छ, संघर्ष गर्दै अगाडि बढ्नुपर्छ । आजको परिस्थिति पनि त्यही हो। एकपटक क्रान्ति गरेपछि त्यो सधैंका लागि हुन्छ भन्नु वैज्ञानिक विचार होइन । त्यसैले आजको विशेषतासहित क्रान्तिको नेतृत्व हाम्रो कार्यभार हो ।
▪ आजको परिस्थितिमा क्रान्ति आजकै विशेषताका आधारमा हुन्छ र हुनुपर्छ । आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका आधार, भूराजनीतिक सन्तुलनका आधारमा अगाडि बढेर मात्र हामी सही निष्कर्षमा पुग्न सक्छौं ।
▪ माक्र्सवादले हामीलाई आलोचनात्मक चेत अवश्य दिएको छ । तर, आलोचना विकल्पसहितको हुनुपर्छ, प्रगतिशील शक्तिको आलोचना गर्दा त्यसबाट प्रतिक्रान्तिकारीहरूले फाइदा नउठाउन् भन्नेमा सतर्क हुनुपर्छ । तर्क मात्रै विकल्प हुन सक्दैन, त्यो तथ्यमा आधारित हुनुपर्छ । व्यवस्था र नेतृत्वको विकल्प पनि त्यही हो । म रहरले मात्र नेतृत्वमा रहिरहेको छैन, नयाँ पुस्ताले नयाँ सोचसहित विकल्प प्रस्तुत गर्दा म खुसी हुन्छ, किनकि हरेक विकल्प पहिलाको भन्दा उन्नत र प्रगतिशील हुनुपर्छ ।
▪ हामीले क्रान्तिको बेला भन्यौं– विद्रोह गर्नु जनताको अधिकार हो । पार्टीभित्र पनि विद्रोह गर्ने अधिकार छ । शान्ति प्रक्रियामा आएपछि धेरै साथीहरूले विद्रोह पनि गर्नुभयो । तर, विकल्प दिन सक्नुभएन । त्यो विकल्प हामी नै रह्यौं । यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।
▪ यो पुस्तक माओवादी केन्द्रका सचिव एवं लेखकले विभिन्न सन्दर्भमा लेख्नुभएको विचारोत्तेजक लेखहरू एवं विभिन्न बौद्धिक एवं वैचारिक कार्यक्रममा उहाँले व्यक्त गर्नुभएको प्रवचन र पेश गर्नुभएको कार्यपत्रहरूको समेत संकलित रचना हो ।
▪ विकल्प पुस्तकमा लेखकले आजको समस्त समस्याहरूको समाधान सामाजवादी व्यवस्थाले मात्रै दिनसक्ने बताउँदै समाजवादभित्र स्वतन्त्रताको मूल्य सबैभन्दा माथि हुनुपर्ने निष्कर्ष निकाल्नुभएको छ ।
▪ पुस्तकमा बीसौं शताब्दीको समाजवादबारे गम्भीर समीक्षा गरिएको छ, जसमा महान् क्रान्तिहरू, कम्युनिस्ट एवं वामपन्थी पार्टीहरूबीच चलेका बहसहरू, अन्तरसंघर्षहरू, भयानक प्रतिक्रान्ति र त्यसका शिक्षाहरूबारे अध्ययन र विश्लेषण गरिएको छ ।
▪ लेखकले आफ्ना रचनाहरूमा आलोचनात्मक दृष्टिकोण राख्नुहुन्छ, विश्व कम्युनिस्ट, मजदुर एवं वामपन्थी आन्दोलनका केस्रा केस्रा केलाउनु र विकल्प प्रस्तुत गर्नु यो पुस्तकको सबैभन्दा ठूलो सफलता हो ।
▪ लेखक उन्नाइसौं र बीसौं शताब्दीको समाजवाद र कम्युनिस्ट आन्दोलनको विश्लेषण र समीक्षा गर्दा परम्परागत सीमारेखाभित्र कैद हुनुभएको छैन, उहाँका कैयौं विश्लेषणमा लेनिनका त्रुटिहरू, रोजा लक्जेम्वर्गका क्रान्तिकारी विचारहरू लगायत ग्राम्स्कीको विचारका समेत महत्वपूर्ण पक्षहरू उल्लेख छन् ।
▪ पुस्तकमा लेखकले माक्र्स, एंगेल्स, लेनिन, माओ र ग्राम्स्कीका विचारहरूलाई मूलतः केन्द्रमा राख्नुभएको छ । तर, उनीहरूको शतप्रतिशत समर्थन छैन । लेनिन र माओसम्म आइपुग्दा उहाँले उनीहरूको मूल विचार र प्रवृत्तिको समर्थन गर्दै कैयौं विचार र प्रवृत्तिहरूको तिखो आलोचना गर्नुभएको छ ।
▪ नेपाली कम्युनिस्ट आन्दोलनमा चौंथो महाधिवेशनको धाराले दक्षिणपन्थी करार गरेका विश्वका वामपन्थी नेताहरूबारे समेत कार्की आलोचनात्मक चेत राख्नुहुन्छ । उहाँ गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्ने मान्यता राख्नुहुन्छ । रोजा लक्जेम्वर्ग, अन्तोनियो ग्राम्स्की मात्र नभएर कतिपय सन्दर्भमा ट्राटस्की, प्लेखानोभहरूका विचारहरू पनि महत्वपूर्ण रहेको र त्यसमाथि नयाँ कोणबाट अनुसन्धान हुनुपर्ने मान्यता लेखकको छ ।
▪ लेखकले नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा समेत गम्भीर समीक्षा गर्नुभएको छ । यो कृति कुनै सैद्धान्तिक प्रस्तावनाको व्याख्या वा समर्थनमा केन्द्रित नभएर समाजवादको विश्वव्यापी मान्यता र अभ्यासहरूको समीक्षामा केन्द्रित छ । उहाँले नेपालका कम्युनिस्ट पार्टी र घटकहरू विकृत रहेको, उनीहरू स्वतन्त्रताको सैद्धान्तिक मान्यतालाई हृदयदेखि आत्मसात गर्न नसकेको, सामन्तवादको प्रभाव पार्टी र नेताहरूमा विद्यमान रहेको निष्कषसमेत निकालेको देखिन्छ ।
▪ पुस्तकमा कार्यदिशाको प्रश्नसमेत महत्वपूर्ण रूपमा उठाइएको छ, जसमा लेखकले क्रान्तिकारी मत राख्नुभएको छ । समाज रूपान्तरणका निम्ति क्रान्तिकारी संघर्षमा जोड दिँदै लेखकको कम्युनिस्ट पार्टीको विचार र आचारले जनतालाई स्वतस्फूर्त संगठित र परिचालन गर्ने सामथ्र्य राख्नुपर्ने मत छ ।
▪ पुस्तकका कतिपय निष्कर्षहरू नेकपा ९माओवादी केन्द्र० को विश्लेषण र संश्लेषणभन्दा अलि पृथक र मौलिक प्रकृतिका पनि देखिन्छन्, जसमाथि खुला बहस हुनुपर्ने लेखकको मत छ । यद्यपि, समग्रमा पार्टी नीति र नेतृत्वको भूमिकाप्रति लेखकको मूलरूपमा समर्थन देखिन्छ ।
▪ एक्काइसौं शताब्दीमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ रु लेखकको आफ्नै मौलिक मत र दावी छ । लेखकले पार्टीको आठौं महाधिवेशन एक्काइसौं शताब्दीमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ? लेखकको आफ्नै मौलिक मत र दावी छ । लेखकले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको पूरक प्रस्ताव लगायतका सामग्रीलाई पनि पुस्तकको अंश बनाउनुभएको छ, नेपाली विशेषताको समाजवादबारे अलि फरक कोणबाट अध्ययन र विश्लेषण हुनुपर्ने आग्रह उहाँको छ ।
■ पुस्तकमा लेखकको निष्कर्ष छ : समाजवाद सबैभन्दा उन्नत र स्वतन्त्र व्यवस्था हो । तसर्थ, कम्युनिस्ट पार्टी र समाजवादी राज्य सबैभन्दा लोकतान्त्रिक हुनुपर्छ, आलोचनात्मक चेतलाई प्रोत्साहन गर्नुपर्छ । फलामे अनुशासन, नेतृत्वको केन्द्रिकरण, अति केन्द्रिकरणले समाजवादको जग कमजोर हुन्छ, उन्मुक्त व्यवस्थाका पक्षपातीहरूले स्वेच्छिक एकता र सामूहिकताका निम्ति संघर्ष गर्नुपर्छ ।
■ उहाँ हाम्रो पार्टीको नेता हो, जसले अक्सर आलोचनात्मक चेतका साथ विषय उठाउनुहुन्छ, अनि हाम्रो पार्टीले उहाँका विचारलाई सधै सम्मान गर्दै आएको छ । यहाँजस्ता आलोचक मात्रै भएर पनि पार्टी चल्दैन, आलोचनात्मक चेत नभएको पार्टी त झन् चल्दै चल्दैन । निष्कर्षमा क्रान्ति र समाजवादबारे उहाँ जुनस्तरको अनुराग र प्रतिवद्धता छ, त्यो उहाँको सबैभन्दा ठूलो सम्पत्ति हो, हाम्रो पनि सम्पत्ति हो ।