सांसद शाहीलाई जुम्लाका पत्रकारका प्रश्न : दरबार हत्याकाण्डका बारेमा मौन किन ?

जुम्ला ः जुम्लाबाट बहुमत पाएर प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)लाई नारायणहिटी दरबार हत्याकाण्डको बिषयमा आवाज नउठाएको बताएका छन । उनलाई जुम्ली पत्रकारहरुले पटक पटक बिदाइ गरेर पठाएको पुर्व राजाको पक्षका संसदमा वकालत गर्दा २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन वीरेन्द्र विरविक्रम शाहको वंश विनास गरिएको बिषयमा मौन किन बस्नु भयो भनेर प्रश्न गरेका हुन ।

वीरेन्द्रको वंश नास भएको २२ वर्ष पूरा भइसेको छ । उनले पत्रकारले गरेको प्रश्जको उत्तर दिर्दै दरबार हत्याकाण्डको बारेमा बिषयमा संसदमा बोल्ने बताए । उनले नारायणहिटी दरबार हत्याकाण्डको बिषय अहिलेका प्रधानमन्त्री पुस्पकलम दाहाल (प्रचण्डले ) गर्नु पर्ने बताए । तेलिवेला आरोप लागेका राजा अहिले नागरिक भइसके उनीसंग कुनै पहुँच र पावर छैन । उनले थपे, त्यसैले वीरेन्द्र विरविक्रम शाहको वंश विनास कसले गर्यो छानविन सरकारले गर्नु पर्छ । उनले पत्रकार भेटघाटमा बोल्दै उल्टै दरबार हत्याकाण्ड प्रधानमन्त्री प्रचण्डले गरेको हुनसक्ने बताए । उनका अनुसार दरबार हत्याकाण्डको छानविन प्रधानमन्त्री प्रचण्डले गर्नु पर्ने र त्यस विषयमा संसदमा बोल्ने अनुसन्धान गर्न सरकारलाई दबाब दिने बताए । यदपी सरकारलाई दरबार हत्याकाण्डको छानविन गर्न कसैले नरोकेको समेत उल्लेख गरे ।

त्यस्तै जुम्लाका पत्रकारहरुले जिल्लाको विकासका लागि भनेर गएका सांसद शाहीलाई हिमानी ट्रस्ट ल्याएर आएको बताए । यस अघि उनले संस्थाको बिरोध गर्दै आउनु भएको थियो । आजफेरी किन त्यो सस्था ल्याएर आएको बताएका हुन । सांसद ज्ञान बहादुर शाहीले मैले यति बजेट र योजना ल्याए भन्दै आफुले प्रचार नगर्ने बताएका छन् ।
जुम्लामा सोमबार पत्रकार महासंघ जुम्लाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले जिल्लाको विकास गर्नु आफ्नो दायित्व भएकोले सामाजिक सञ्जालमा यति योजना र बजेट ल्याए भन्दै प्रचार गर्न जरुरी नरहेको बताएका छन । सांसद शाहीले आफुले गरेको कामको प्रचार गर्दैन भन्ने कुरामा सत्थ्यता छैन ।

जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको काम समेत आफुले गरेको भन्दै समाजिक संञ्जालमा हालेका थिए । २०७८ सालमा जाजरकोटका शक्ति बहादुर बस्नेतको पहल गरेको जाजरकोट ,जुम्ला सुरुङ मार्ग आफुले बनाएको भनि समाजिक संञ्जालमा प्रचार गर्ने सांसद शाही जुम्लामा गरेको बिकासको बिषयमा प्रचार गर्दैन् भन्ने कुरा कसैलाइ पत्यारो लाग्दैन ।

त्यस्तै जुम्ला विमानस्थलको विस्तार,जुम्ला जिल्लाको विद्युतीकरण,कर्णाली राजमार्गको स्तरबृद्धि,बैकल्पीक राजमार्ग निर्माण र जुम्लाको कृषि वस्तुको उत्पादन बृद्धि र बजारीकरण गरी पाँच क्षेत्रमा आफ्नो मुख्य प्रथामिकता रहेको सांसद शाहीले बताए । गणतन्त्रनै उत्तम व्यवस्था र राजतन्त्र खत्तम व्यवस्था भन्ने ठाउँ छैन् । व्यवस्था परिवर्तन पति जनताको अबस्थामा कति परिवर्तन भयो ? मुख्य बहसको विषय यहि हो । यदी जनताले चाहान्छन, भने राजसंस्था स्थापना हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको छ ।

सम्बन्धित समाचार