जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान संञ्चालन हुने


जुम्ला ःजुम्लामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु हुने भएको छ । यसअघि जिल्ला प्रशासन मार्फत भइरहको थियो ।अब अभियानकै रुपमा सुरु भएको हो ।चन्दननाथ नगरपालिकाका १० वटै वडामा एकसाथ अभियान हुने भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।उनका अनुसार प्रशासनबाट नियमित भइरहेको थियो ।अब वडास्तरबाट पनि राष्ट्रिय परिचय पत्र बनाउने काम हुने छ ।

त्यस्तै एक वडामा दुइ जना कर्मचारी आउने छन । उनीहरूले सबै वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका काम सुरु गर्ने भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका शाखा अधिकृत प्रमिला रिजालले बताईन । उहा अनुसार यसअघि जिल्ला प्रशासन कार्यालय बाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गर्ने गरिएको थियो ।जिल्लाको आठ वटा पालिकाका ६० वडामा विवरण भरिने छ । यस संघिय सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो ।

त्यस्तै शाखाअधिकृत रिजालका अनुसार राष्ट्रिय परिचय पत्रको काम जुम्लाको चन्दननाथ नगरपालिका बाट विवरण संकलनअभियान सुरु हुने भएको छ । उनले भनिन,’यहाका स्थानीय जन प्रतिनिधिहरुले अनुरोध गरे अनुसार नजिकै आउने गरेको वडा दशंै मनाए लगत्तै सूरु गरिने भएको हो ।

सम्बन्धित समाचार