ईलाका प्रशासनमा तत्काल कर्मचारी खटाउन प्रशासनको ध्यानकर्षण

कर्मचारी अभावले ईलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएको छ । लामो समयदेखि नागरिकता वितरण रोकिएपछि मानवअधिकार रक्षक सञ्जाल, इन्सेक, पत्रकार महासंघ जुम्लालगायतले तत्काल कर्मचारी खटाउन ध्यानकर्षण गरेका गरेको हो ।

सरकारले स्थापना गरेको ईलाका प्रशासन कार्यालयमा अधिकृत नभएको भन्दै नागरिकता वितरण रोकिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गरेको छ ।

ईलाका प्रशासन कार्यालय जुम्लाको सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई केन्द्र बनाई स्थापना गरिएको थियो । २०७३ मंसिर महिनादेखि अधिकृत स्तरको कर्मचारी दरबन्दी भए पनि हालसम्म कर्मचारी नपठाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनु भयो ।

नायब सुब्बा स्तरको कर्मचारीलाई जिम्मेवारी दिई नागरिकता वितरण गरिदै आएको थियो । उनले भने, “विगत तीन सातादेखि नायब सुब्बा सुरत गिरीको काज सकिएसँगै अनेत्र सरुवा भएकाले ईलाका प्रशासनबाट नागरिकता वितरण हुन सकेको छैन । तत्काल कर्मचारी खटाउन माग गरिएको हो ।”

सरकारले कर्मचारी नपठाउँदा नागरिकता सदरमुकाममा ल्याएर हस्ताक्षर गर्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्ने मानवअधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राज बहादुर महतले बताउनु भयो । उहाँले भन्नुभयो तीन सातादेखि स्थानीय प्रशासन मार्फत पहल गर्दा पनि हालसम्म पनि कर्मचारी खटाउने विषय कार्यन्वयन हुन नसक्नु दुखद कुरा हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, तातोपानी गाउँपालिका ४ गिडिखोलामा ०८० असार १७ घर जलाईएको विषयमा जातीय विभेदको मुद्दा अगाडि बढेर प्रतिवादी हिक्मत गिरी थुनुवा रहेको, दुई जना धरौटीमा छुटेका र कानूनी कारवाही प्रक्रियामा रहेको छ । सो घटनासँग जोडिएको बालिका वेपत्ताको बिषयमा बालिका भगाएर लिने मुकुन्द नेपाली र बालिकाको हालसम्म पनि अवस्था जानकारी नभएकाले उनीहरु के कस्तो अवस्थामा छन् ।

त्यो घटना पनि प्रहरीको अनुन्धान रहेको भन्ने छ । तर लामो समयसम्म पनि उनीहरुको अवस्था पक्ष विपक्ष दुवै परिवारलाई जानकारी छैन भन्ने छ । त्यो विषयमा पनि तदरुक्ताका साथ अनुसन्धान गरी उनीहरुको अवस्था सार्वजनिक गर्न ध्यानाकर्षण गरिएको छ ।

कर्मचारी नहुँदा नागरिकले पाएको सास्ती प्रति सम्वेदनशील भए पनि गृहले तत्काल कर्मचारी पठाउन नसक्ने जानकारी दिएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, गृहले अधिकृत खटाउन नसक्ने बताएको छ । तत्काल कर्मचारी खटाउन मुस्किल छ । तर कर्मचारी खटाउन पहल गरिएको छ ।

सम्बन्धित समाचार