जुम्ला ऐपोर्ट बिस्तारको लागी चार४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैया बिनियोजित

जुम्ला ः जुम्ला एपोर्ट बिस्तारको लागी बजेट बिनियोतिज भएको छ । संघिय सांसद छिरिङ ल्हामु लामा तमाङको पहलमा चार करोड ४२ लाख बजेट बिनियोजित भएको हो ।जुम्लाको ऐपोर्ट बिस्तारको लागी भनेर धेरै चर्चाको बिषय बनेको छ । गत्त वर्ष एक करोड बजेट बिनियोति भएर फ्रिज गएको थियो । संघिय सांसद छिरिङ ल्हामु लामा तमाङका अनुसार जुम्लको ऐर्पोट बिस्तारको लागी सबै नागरिकले चासो लिन अवश्यक छ ।उनले भनिन,हाम्रो धेरै प्रयास को भावजुत पनि हामीले सोचे जतिको बजेट आउन सकेन ।

तर पनि बिगतका वर्ष भन्दा केही बढी रकम बजेट आएको छ । उनले भनिन, ऐपोर्ट बिस्तारको लागी आफुले उठाएको पहिलो मुद्दा भएकाले यसलाई पुर्णता दिनका लागी लागी पर्ने बताइन । उनले भनिन,विमानस्थलको स्तरउन्नती लागी जग्गा अधिकरणको लागी मन्त्री परिषदबाट स्वीकृत भए संगै निति तथा कार्यक्रममा पनि आएको थियो ।उनका अनुसार बजेट भाषण मा ५० लाख छुट्याएको जानकारी पाए लगत्तै हामीले पुःन थप बजेट को पहल गर्दा यस पटक ४ करोड ४२ लाख आएको हो । उनले भनिन,आफ्नो सक्रियता कायम राखे र सम्बन्धित मन्त्रालयमा पुःन दबाब दिदै आएका छौ ।त्येसैको फल स्वरुप अहिले ४ करोड ४२ लाख ४७ हजार ७ ८७ रुपैया थप आएको छ ।

सांसद छिरिङ ल्हामु लामा तमाङले नेपाल सरकार र पर्यटन मन्त्रालय लाइ यो बजटे बिनियोजित गरेको प्रति धन्यवाद ज्ञानप गरेकी छन ।त्यस्तै नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार रन्वे ट्रयाक्सी वे तथा एप्रोन निमार्णका लागी बजेट आएको बताए । उनका अनुसार बिभिन्न बिमास्थलमा क्याटोरी अनुसार भेहिकलमा नियमानुआसरको समयमा पानी भर्ने ब्यवस्थापन गर्नका लागी पनी ४० लाख बजटे आएको छ । जसमा धनगडी ,तुम्लिङगटार ,रामेछाप, जोमसोम ,तुक्ला ,सिमिकोट र जुम्ला बिमास्थलको नाम राखिएको छ । यसको लागी जुम्ला बिमानस्थालको लागी पाँच लाख ७१ हजार ३ सय ३८ रुपौया पाँचसय ७१ पैसा भागमा परेको छ ।

विमान रनवेमै दुर्घटना
त्यस्तै २४ वर्षपहिले ३ माघ ०५५ मा जुम्ला विमानस्थलमा (नेकोन एयरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँचजनाको मृत्यु भयो । त्यस्तै, ७ असार ०६३ मा यती एयरलाइन्सको ट्विनअटर विमान दुर्घटना हुँदा चालकदलका तीन जनासहित आठजनाको मृत्यु भयो ।

सुर्खेतबाट जुम्ला उडेको उक्त विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरवृद्धिको बहस भएको दुई दशकभन्दा बढी भइसक्यो । तर, जोखिमयुक्त विमानस्थलको न त स्तरवृद्धि भयो, न त नियमित उडान भयो । विमानस्थल स्तरवृद्धि गर्ने बहस चलिरहेकै वेला २६ जेठ ०७५ मा नेपालगन्जबाट जुम्ला उडेको तारा एयरको नाइएन एइभी विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो । उक्त विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने क्षति भयो ।

त्यस्तै जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु विमान दुर्घटनाको कारण रहेको जुम्लाका नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । उनका नेकोन विमान दुर्घटना भएको गत मंगलबार २४ वर्ष भयो । शाहीले भने, ‘मैले ०५५ सालमा विमान दुर्घटनाको रिपोर्टिङ गरेको थिएँ ।०५५ सालमा जुम्लामा भएको नेकोन एयरको दुर्घटनामा परी स्वर्गीय क्याप्टेन सुरेन्द्रबहादुर चन्दकी श्रीमती पाइलट सन्जु खतिवडाको ०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्युको थियो  ।

सम्बन्धित समाचार