माओवादी टुक्रदा असफल भयो : प्रदेस इन्चार्ज यादव

जुम्ला ः नेकपा माओवादीका उपमहासचिव तथा तिन महिने अभियानका कर्णाली प्रदेस इन्चार्ज मातृकाप्रसाद यादवले टुक्रादा असफल भएको बताए । उनले जुम्लाको सदमुकाम खलंगामा भएको पाटीको बिस्तारित बैठकमा यस्तो बताएका हुन।उनले यो तिन महिने अभियानले माओबादी साँच्चिकै रुपान्तरण हुन पर्ने बताए । माओवादी केन्द्रले जुम्लामा आयोजना गरेको रुपान्तरण अभियानको बिस्तारित बैठकका क्रममा अव कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्ला एक्लै लडेर जित्ने सम्भावना भएको बताए ।


माओवादीका नेता कार्यकर्ताको कमी नभएको तर एकले अर्काको सफलतालाई नस्विकार्यको, कार्यकर्ता समेत विचलित हुने गरेकाले यसपटक जनमत नल्याएको बताए । उनले भने यो सवै जिल्लामा गुठउपगुट हटाउने र सच्चिने पनि रुपान्तरण अभियान हो ।
उनका अनुसार ईतिहास हेर्दै जादा पार्टी टुक्रा हुदा कोही सफल नभएको तर मिल्दा सफल हुदै गएकोमा देखिएको छ । उनले जनता ठिक ठाउँमा भएको तर वडा देखी माथिल्लो तहको नेताको व्यवहारका कारण पार्टीले धोका खादै आएको औल्याए । यस्ता बिषयलाई ध्यान नदिईएकाले माओवादीलाई असफलता भईरहेको छ । उनले हिजो पार्टी टुक्रा हुदा आफु पनि सफल नभएको र प्रचण्डका गुरु मानिने मोहनवैद्य पनि सफल नभएको बताउदै, माओवादी धार सवै सच्चिएर मिलेर जानुपर्ने आबश्यक छ । उनले थपे ,’संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधीलाई जुम्लाले, अझ पनि माओवादीले भोट हालेर जिताउने काम राम्रो गलत भयो । उनले भने, माओवादीले एक पटक गणतान्त्रिक व्यवस्थाका लागि ज्यान गुमाउने सहिद परिवार र घाईते अपांगता भएका व्यक्तिलाई ध्यान दिनुपर्ने अबस्था आएको छ ।


त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले रुपान्तरण अभियानमा एक अर्काविचमा भएका कमीकमजोरी स्विकार्दै एकमत भएर अगाडि बढ्नको लागीहो । उनले पहिलो दुई महिने पार्टी रुपान्तरण अभियानमा जुम्लाले उत्कृष्ट काम गरेकोमा धन्यवाद दिइन । जुम्ला माओवादी सच्चिएर जानुपर्छ, जिल्लाका आठ वटा स्थानीय तहको निर्वाचन जित्ने गरी रुपान्तरण हुन पर्छ । अध्यक्ष केसीले माओवादीले राजावादीलाई भोट हाल्दा सहिद परिवारले के सोचिरहेका होलान त्यो बिषयमा ध्यान दिन जरुरी रहेको छ । उनले केन्द्रीय समिति, प्रदेश समिति, जिल्लाका नेतृत्वमा रहेका व्यक्तिहरुले अझै बढी यसको जिम्मेवारी हुन पर्छ ।

त्यस्तै जुम्लामा माओवादीले थालेको ३ महिने अभियानको क्रममा गरिएको समिक्षा कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपान्तरण अभियानको जिल्ला ईन्चार्ज छिमी लामाले जुम्लामा अभियान प्रभावकारी भईरहेको जानकारी गराउदै अझ मिहिनेत गर्नुपर्ने आबश्यकछ । माओवादी केन्द्र अहिले अभियानको कार्यतालिका अनुसार वडा हुदै गाउँ बस्तिमा रहेको छ ।

माओवादीले दोस्रो चरणमा पालिका स्तरमा र तेस्रो चरणमा जिल्ला स्तरमा कार्यक्रम गरिने भएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ गत भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले जुम्लामा माओवादीको वर्तमान अवस्थालाई रुपान्तरण सहितको माओवादी बनाउने लक्ष्य लिइएको छ ।

सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेताहरु केन्द्रित भएको देखिन्छ ।माओवादीहरु गाउँ पसेसँगै विकास निर्माणका कार्यमा सहभागिता जनाउनेदेखि जनताका काममा सहयोग गर्नेसम्मका भूमिकामा क्रियाशील भएका छन् । श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु धान गोड्ने, विकास निर्माणका काममा सहभागिता जनाउने गरिरहेका पालिका स्तरमा खटिएका इन्चार्जहरुले बताउदै आएका छन । सबै पालिका इन्चार्जहरुले बिस्तारित बैठकमा रिपोर्ट राखेका थिए ।

सम्बन्धित समाचार