जुम्लामा संविधान दिवस (फोटो फिचर )

जुम्ला :  जुम्लामा संविधान दिवस मनाइएको छ । संविधान दिवस,२०८० जिल्ला समारो समिति जुम्लाले प्रभात फेरी र्याली कार्यक्रम गरी मनाइएको छ ।जुम्लाका सरकारी तथा निजी कार्यालय, राजनीतिक दल, नागरिक समाज, संघ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईएको हो ।


त्यस्तै सघिय सांसद छिरिङ ल्हामु लामा (तामाङ) को प्रमुख आथितिथ्यतामा संविधान दिवस मनाईको छ । उनले भनिन,’नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीयसुवासचन्द्र नेम्वाङ थिए ।उनले भनिन’,हाम्रो नेपाल सङ्घीयता, धर्म निरपेक्षता, राष्ट हो ।

यहा राजबादीका नारा लगाइनु र राजतन्त्रवादीलाई जिताउनु गलत अभ्यास भइरहेको छ । यो हाम्रो अनि राम्रो संविधान जन्ता र सहिदको बलिदानले बनेको संविधान हो ।प्रतिकृया वादीहरुले हामीले ल्याएको ब्यवस्थाको बिरोध गरेका छन । यसको संरक्षको लागी हामी सबै लाग्नु पर्छ ।


कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने, यात अभिव्यक्ति, केही राजतन्त्रबादीका क्रियाकलापबाट यस्ता प्रयास छिटफुट हुने गरेका छन् । त्यस्ता क्रियाकलापप्रति म दुख व्यक्त गर्न चाहान्छु।जुम्ला बिकासको निम्ती यहाका ज्ञान बहादुर शाहीलाई जनताले जिताएको हुन ।तर उहाबाट अहिले राजाको वकालत गर्ने काम भइरहेको छ । जुम्लाका जनताले प्रश्न गर्ने वेला आएको छ । उनले भनिन,’जनताको जिम्म भोट दियर जिताउने मात्रै होइन, खवदारी गर्ने पनि हो ।


त्यस्तै नेकपा माओवादी केन्द्र जुम्लाका समन्वय समितिका संयोजक अध्यक्ष बिर बहादुर कुंवर (सुरेश पाहाडी )ले संविधान दिवस नेपालीको साझा भएको बताए ।उनले संविधान दिवस नेपाली जनताको साझा र सिंगो राष्ट्रको राष्ट्रिय दिवस भएको हो ।उनले भने पछिल्लो समयमा केही रैथिहरुले गणतन्त्रको बिरोध गरेका छन । यो संविधान राज्यबाट औपचारिकता मात्र नभई जनताको तहबाट मनाउन आबश्यक छ ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले ‘यो सरकारी दिवस होइन, यो आम नेपाली जनताको दिवस हो,नेपालको उन्नति हो, नेपाली जनताको उलब्धि हो। उनले भने,‘नेपालको भविष्यको गोरेटो हो यो संविधान, नेपाली जनताका मौलिक र अन्य हकहरुको प्रत्याभूति हो।


त्यस्तै जिल्ला समन्वय समितिका अध्यक्ष गौरी नन्द आचार्यले संविधान दिवस एउटा पार्टी विशेष, विचार विशेष,जाती विशेष भूगोल विशेष, एउटा पेशा व्यवसायको दिवस नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनताको साझा उपलब्धिको साझा दिवस भएको बताए । उनले संविधानले निर्दिष्ट गरेका देशको सार्वभौमसत्ता स्वाधिनता, स्वतन्त्रता,भौगौलिक अखण्डता, राष्ट्रिय हितहरुको संरक्षण–सम्बर्द्धन एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउनुपर्ने वेला आएको छ ।


त्यस्तै संविधान सभा सदस्य डिल्ली काफ्लेले शान्ति सुरक्षा देशमा होस्,कसैले पनि भयको वातावरणमा बाँच्न नपरोस् भनेर संविधान जारी भएको स्मरण गरे । उनले यसको दिगो र प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।

त्यस्तै चन्दननाथ नगरपालिका,नेपाली सेना ,नेपाली प्रहरी ,शसस्त्र प्रहरी ,जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयपत्रकार महासं लगायत सबै निकायले आफ्ने कार्यालयमा दिव प्रज्वलन गरी प्रज्वलन गरी साँझ ६ बजे कृष्ण मन्दिर अगाडी दिवप्रज्वलन कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार